Author: Himalaya Post

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ -स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन तोलामा रु २०० र चाँदी रु ८५ ले घटेको छ। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु तीन लाख ११ हजार १०० कायम भएको छ । एक तोला चाँदीको मूल्य रु पाँच हजार २८५ निर्धारण भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४६१ र त्यति नै परिमाणको सेतो धातुको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ...

Read More

राप्रपा पदाधिकारीसहित १८३ ले छोडे पार्टी

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय पदाधिकारी सहित १८३ जनाले पार्टी परित्याग गरेका छन् । महामन्त्री डा. धवलशमशेर राणा पक्षधर नेता कार्यकर्ताले राप्रपा परित्याग गरेको घोषणा गरेका छन् । शीर्ष तहमा रहेका अन्य नेताहरू मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायण प्रसाद कोइराला लगायतले राप्रपा परित्याग गरेका छन् । राप्रपा परित्याग गर्नेहरूमा पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्य लगायत छन् । बिहीबार पार्टी परित्याग गर्नेहरू पहिलो चरणको भएको असन्तुष्ट पक्षले जानकारी गराएको छ । मूल नेतृत्व ९अध्यक्ष राजेन्द्र लिङ्देन० को हिनभाव, कमजोरी एवं आत्मकेन्द्रीत शैलीका कारण राप्रपाले आफ्नो नीति छोडेको राजीनामा दिनेहरूले आरोप...

Read More

डिशहोमको विश्वकप अफर २०२६ सार्वजनिक : सिजन पास खरिदमा ३ महिनासम्म निःशुल्क सुविधा

काठमाडौं – नेपालको एक मात्र डिटिएच टेलिभिजन तथा अग्रणी ईन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोमले आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष सुविधा योजना सार्वजनिक गरेको छ । यस योजनामार्फत ग्राहकहरूले थप आकर्षक लाभसहित विश्वकपको रोमाञ्चक खेलहरू उच्च गुणस्तरमा हेर्न सक्नेछन् । डिशहोमले सार्वजनिक गरेको विशेष योजनाअनुसार डिटिएच कम्बो तथा आइपिटिभि कम्बो सेवाका ग्राहकहरूले आफ्नो ६ महिना वा १२ महिनाको कम्बो प्याकेज रिचार्ज गरी रु. ९९९ मा फिफा विश्वकप २०२६ सिजन पास खरिद गरेमा थप ३ महिनासम्मको निःशुल्क सदस्यता सुविधा प्राप्त गर्नेछन् । उक्त योजना २०२६ जुन १ देखि जुलाई २१ सम्म लागू रहने कम्पनीले जनाएको...

Read More

दुई भुटानी राजबन्दी रिहाइको स्वागत गर्दै बाँकी २८ जनाको तत्काल रिहाइको लागि भुटानी विश्वव्यापी अभियानले गर्‍यो माग

द हेग, द नेदरल्याण्ड्स – भुटानमा राजनीतिक कैदीहरूको रिहाईका लागि विश्वव्यापी अभियान (जीसीआरपीपीबी) १८ वर्षभन्दा बढी समयदेखि भुटानको चामगाङ केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेका चतुरमान तामाङ र हस्तबहादुर राईलाई गत सोमबार (१ जुन २०२६) मा रिहा गरिएकोमा त्यसको स्वागत गरेको छ। भुटानका राजा जिग्मे खेसर नामग्येल वाङचुकले दिएको माफी एक महत्वपूर्ण उपलब्धि भएको अभियानले जनाएको छ। “संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्का विशेष प्रक्रियाहरू, युरोपेली संघ, तथा ह्युमन राइट्स वाचलगायत अन्तरराष्ट्रिय मानवअधिकार साझेदारहरूसँग वर्षौंदेखि गरिएको निरन्तर वकालत र कूटनीतिक पहलको परिणामस्वरूप यो उपलब्धि सम्भव भएको हो। यस घटनाले भुटानका राजनीतिक कैदीहरूको मुद्दामा अन्तरराष्ट्रिय समुदायको निरन्तर चासो र संलग्नताले सकारात्मक प्रभाव पार्न...

Read More

आईएमई लाइफ इन्स्योरेन्सद्वारा बालक्ष्य डेभलपमेन्ट एण्ड केयरलाई सहयोग

काठमाडौं – आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालक्ष्य डेभलपमेन्ट एण्ड केयर प्रा.लि.लाई आर्थिक सहयोग प्रदान गरेको छ। उक्त सहयोग न्यूरो डेभलपमेन्टल डिसअर्डरबाट प्रभावित बालबालिकाको उपचार तथा पुनस्र्थापना सेवाका लागि उपयोग गरिनेछ । यस कार्यक्रम अन्तर्गत आईएमई लाइफ इन्स्योरेन्सले रु. ३ लाख आर्थिक सहयोग उपलब्ध गराएको छ, जसबाट प्रभावित बालबालिकाले आवश्यक थेरापी तथा विशेष हेरचाह सेवा प्राप्त गर्नेछन । न्यूरो डेभलपमेन्टल समस्याबाट प्रभावित बालबालिकालाई समयमै आवश्यक उपचार तथा थेरापी उपलब्ध गराउन सके उनीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। यस सहयोगले आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका परिवारलाई राहत पुग्ने अपेक्षा...

Read More