Author: Himalaya Post

नेपालको विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तर र थप विश्वसनीय बनाउन सरकारले आवश्यक कानून बनाउन खोजेको छ:शिक्षा मन्त्री पोखरेल

 काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तर र थप विश्वश्नीय बनाउन सरकारले आवश्यक कानून बनाउन खोजेको बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफलका क्रममा मन्त्री पोखरेलले मुलुकको राष्ट्रियस्तरको प्रयोगशालालाई नियमन गर्दै यसलाई अन्तर्राष्ट्रिय स्तर र थप विश्वश्नीय बनाउन सरकारले आवश्यक कानून बनाउन खोजेको बताएका हुन्। नेपालको सबै प्रयोगशालालाई नियमन गर्न खोजिएको हो की भन्ने आशंका उत्पन्न भएको भन्दै उनले छुट्टै प्रयोगशालालाई नियमन गर्न एउटा विशेष विधेयक तयार गरिएको जानकारी दिएका छन्। अपराध, अनुसन्धान तथा...

Read More

नयाँ राजनीतिक दल गठनको घोषणा; राष्ट्रिय प्रजातन्त्र पार्टी महामन्त्री धवलशमशेर राणा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले नयाँ राजनीतिक दल गठनको घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मलेनमार्फत राणाले पार्टी राप्रपा परित्याग गरेको औपचारिक घोषणा गर्दै नयाँ राजनीतिक दल गठन गर्ने जानकारी दिएका छन् । उनले समयको पदचाप र जनभावना अनुरूप, विश्वसनीय राष्ट्रवादी शक्ति निर्माणको अभियान शुभारम्भका लागि राजनीतिक दल नै गठन गरेर अघि बढ्ने बताएका छन् । संस्थापनले नेता, कार्यकर्ताको आत्मसम्मानमा चोट पुग्ने गरी लखेटिरहने, कारबाही गरिरहने, अन्यायविरुद्ध बचाउमा लागिरहनु पर्ने मात्रै काम पछिल्लो चार बर्षमा भएको उनले बताएका छन् । उनले नीजि स्वार्थमा संस्थापनबाट नै स्वःपक्षीय गुट बनाइएको र वैचारिक आदर्शसंग धोका र खेलवाड प्रतिविम्व भएको...

Read More

जातीय विभेद र छुवाछूतविहीन समाज निर्माण गर्दै हरेक नेपालीको मर्यादा, स्वाभिमान र समान अधिकारको ग्यारेन्टी गर्नुपर्ने; सभामुख अर्याल

काठमाडौं – सभामुख डोल प्रसाद अर्यालले जातीय विभेद र छुवाछूतविहीन समाज निर्माण गर्दै हरेक नेपालीको मर्यादा, स्वाभिमान र समान अधिकारको ग्यारेन्टी गर्नुपर्ने बताएका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा दलित आयोगले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभामुख अर्यालले दलित समुदायको अधिकार संरक्षण र प्रवद्र्धनमा थप सक्रिय भूमिका निर्वाह गर्दै जातीय विभेद र छुवाछूतविहीन समाज निर्माणमा लाग्नुपर्ने उनको भनाई छ। दलित समुदायले भोग्दै आएको समस्या, पीडा र चुनौतीप्रति पूर्णरूपले सचेत रहेको भन्दै उनले समस्याको गाम्भीरतालाई महसुस गर्दै संसद यसको समाधानका लागि प्रतिबद्ध रहेको धारणा राखेका छन् । जातीय विभेद र छुवाछूतको अन्त्य केवल सरकार, आयोग वा...

Read More

नेपाली साहित्यले विश्वव्यापी मानव सरोकारहरूलाई स्थानीय वास्तविकताहरूसँग जोड्न निरन्तर प्रयास गरेको छ; सञ्चारमन्त्री डा. तिमिल्सिना

 काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली साहित्यले विश्वव्यापी मानव सरोकारहरूलाई स्थानीय वास्तविकताहरूसँग जोड्न निरन्तर प्रयास गरेको बताएका छन्। बिहीबार ललितपुरमा आयोजित ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कसप २०२६’ को उद्घाटन गर्दै मन्त्री तिमिल्सिनाले साहित्य र सङ्गीतले राजनीति, भूगोल र सामाजिक विभाजनले नपुग्ने ठाउँसम्म सम्बन्ध विस्तार गर्नसक्ने समेत बताएका हुन् ।   उनले साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सबैभन्दा सशक्त माध्यम भएको र साहित्यले नै समाज र मानिसलाई आत्मचिन्तन तथा मानवीय संवेदनालाई जोडेको धारणा राखेका छन् । सञ्चारमन्त्री तिमिल्सिनाले विश्व राजनीति, अर्थतन्त्र र प्रविधिमा आएको तीव्र परिवर्तनका बीच पनि मानिसहरू अर्थ, सम्मान, पहिचान र आशाको खोजीमा रहे+को...

Read More

राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड

काठमाडौँ – नेपालले राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ । बहुपक्षीयताको सुनिश्चितताका निम्ति त्यसो गर्नु अपरिहार्य भएको नेपालको अभिमत छ । राष्ट्रसङ्घीय मुख्यालयमा आज आयोजित ‘बहुपक्षीयताको भविष्यः सन् २०३० पछिका लागि राष्ट्रसङ्घीय विकास प्रणाली निर्माण’ छलफलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सन् २०३० पछिका चुनौती र अवसरलाई सम्बोधन गर्न राष्ट्रसङ्घीय विकास प्रणालीलाइ सक्षम बनाउनुपर्नेमा जोड दिएका छन् । न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले विकास प्रणालीलाई केवल बाँकी रहेका दिगो विकास लक्ष्य एसडिजी  कार्यान्वयनका लागि मात्र नभई भविष्यका चुनौती र अवसरलाई समेत समेट्ने गरी सुदृढ गर्नुपर्ने बताएका छन् ।  उनले...

Read More