Author: Himalaya Post

जनताका अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री दाहाल

दमौली (तनहुँ) – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जनताका आशा र अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँ जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री दाहालले नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार गठन भएपछि जनतामा आशा बढेको उल्लेख गरे । उनले भने, “अहिलेको गठबन्धन सरकारसँग जनताका अपेक्षा पूरा गर्नुपर्ने दायित्व छ । हामी त्यसमा प्रतिबद्ध छौँ । हामी कोही पनि निराशा नभइ सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ ।” मन्त्री दाहालले तनहुँ जिल्ला कमिटीबाट विभिन्न योजनामा माग भएको बजेटको सन्दर्भमा आफूले गर्न सक्ने सहयोगका लागि प्रतिबद्धता जनाए...

Read More

महिला उद्यमीलाई विकास गर्न आवश्यक सहयोग गर्नेछौँ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महिला उद्यमीको प्रोत्साहनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्। मोरङ उद्योग व्यापार सङ्घ महिला उद्यमी समितिद्वारा तीजको उपलक्ष्यमा आज विराटनगरमा आयोजना गरिएको तीनदिने ‘नारी उत्सव–२०८१ व्यापार मेला’को उद्घाटन गर्दै उनले प्रदेश सरकारले यस वर्ष आयोजना गर्ने लगानी सम्मेलनमार्फत महिला उद्यामीहरूको विकासका लागि आवश्यक नीति ल्याउने प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री कार्कीले भने, “महिलालाई व्यापार, व्यवसाय, उद्यम क्षेत्रमा सहभागी गराएमा समाज र मुलुकमा आर्थिक समृद्धि कायम हुनेछ । महिला उद्यमी तथा व्यवसायीलाई सम्मान एवं प्रोत्साहन गर्नु सरकारको नीति नै हो । त्यसैले गत असारमा १४ जिल्लाका महिलालाई नगदसहित सम्मान पनि गरेका...

Read More

समानुपातिक व्यवस्थासहितको संविधानलाई थप सदृढ गर्नुपर्छ : सभापति देउवा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिक व्यवस्था सहितको संविधानलाई थप सदृढ गर्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तक बिमोचन गर्दै सभापति देउवाले अहिलको संविधान समावेशी भएको भन्दै समावेशी समानुपातिक व्यवस्था सहितको संविधानलाई थप सदृढ गर्नुपर्ने बताएका हुन् । उनले जनताका अधिकारलाई थप बलियो बनाउनका लागि सबै दलले आवश्यक ठाने संविधान संशोधन हुन सक्ने धारणा राखे । सभापति देउवाले बहुदलीय व्यवस्थालाई स्थायी रुपमा स्थापित गर्नुपर्नेमा समेत जोड दिए । संविधानमा केही कमिकमजोरी भए सुधार गर्न सकिने उनको भनाइ छ । त्यस्तै उनले टीआरसीका विषयलाई सर्वसम्मत रुपमा पास भइ राष्ट्रपतिबाट प्रमाणिकरण...

Read More

संसदीय सुनुवाई समितिद्वारा प्रस्तावित राजदूतविरुद्ध उजुरी दिनेसँग छलफल

काठमाडौँ – संसदीय सुनुवाई समितिले विभिन्न १७ देशका लागि सिफारिस भएका राजदूतहरुविरुद्ध उजुरी दिने उजुरीकर्तासंग छलफल गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले पाँच जना उजुरीकर्तासंग छलफल गरेको हो । उजुरीकर्तासंगको छलफलपछि अव भदौ १६ गतेदेखि २० गतेसम्म प्रस्तावित राजदूतहरूलाई समितिमा आमन्त्रण गरी सुनुवाइ गरिने समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् । प्रस्तावित राजदूतहरुबिरुद्ध ९ वटा उजुरी परेकोमा उजुरीकर्ता उज्जलकृष्ण श्रेष्ठ, मुक्तिनाथ आचार्य, उद्धवप्रसाद पौडेल, लक्ष्मीप्रसाद कुईकेल र अर्का एक जनाले आफ्नो उजुरीको औचित्य पुष्टि गरेको उनले बताए । राजदूतको सुनुवाई सकिएपछि २४ गते र २५ गते छलफल गरी निर्णय सुनाइने समितिले जनाएको छ । सरकारले साउन १४...

Read More

निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र बेहोस भइ तीन जनाको मृत्यु

मध्यविन्दु(नवलपरासी) – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी–त्रिवेणी गाउँपालिका वडा नं ७ रानीनगरमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र काम गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ । स्थानीय भोला सिंह क्षेत्रीको निर्माणाधीन अवस्थामा रहेको घरको ट्वाइलेटको सेफ्टी ट्याङ्कीभित्र काम गर्ने क्रममा बेहोस भएका तीन जनाको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसारका विनयी–त्रिवेणी गाउँपालिका वडा नं ७ स्थानीय ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र २८ वर्षीय मोहम्मद राजा बेहोस अवस्थामा उद्धार गरी गरिएको थियो । सेफ्टी टङ्कीभित्र तीन जना बेहोस भई लडी रहेको अवस्थामा उपचारको लागि भैरहवा मेडिकल...

Read More