Author: Himalaya Post

राष्ट्रपति पौडेलसँग ओमानका विदेशमन्त्री अल्बुसइदीद्वारा शिष्टचार भेटवार्ता

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसँग ओमानका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अल्बुसइदीले शिष्टचार भेट गरेका छन्। नेपालको दुई दिने औपचारिक भ्रमणका क्रममा सोमबार यहाँ आएका विदेशमन्त्री अल्बुसइदीले राष्ट्रपति भवन शीतल निवासमा आज राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । भेटका क्रममा राष्ट्रपति पौडेलले नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति भइ सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिएको उल्लेख गर्दै त्यसका लागि ओमनबाट सहयोगको अपेक्षा गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । नेपाल र ओमानको परराष्ट्र नीतिमा धेरै समानता रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले दुई देशबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा...

Read More

साफ यू-२० च्याम्पियनसिप : फाइनल अघि के भन्छन् कप्तान र प्रशिक्षक ?

काठमाडौँ – साफ यू-२० च्याम्पियनसिपको फाइनल खेलमा बुधबार नेपाल र बंगलादेश भिड्दैछन् । फाइनल खेल सातदोबाटो स्थित एन्फा कप्लेक्समा दिउसो साढे दुई बजे सुरु हुनेछ । नेपाल र बंगलादेश दुवै टोली पहिलो पटक साफ यू-२० च्याम्पियनसिपको उपाधि हात पार्ने रणनीतिका साथ मैदान उत्रने तयारीमा छन् । फाइनल अघि मंगलबार एन्फा कप्लेक्समा आयोजित प्रिम्याच कन्फ्रेन्समा नेपाली यू–२० राष्ट्रिय टोलीका कप्तान कुशल देउवाले फाइनलको तयारी निकै राम्रो भइरहको बताए । उनले बंगलादेशसंग समूहचरणमा निकै राम्रो खेल खेलेको भन्दै फाइनलमा पनि बलियो रणनीतिका साथ मैदान उत्रने धारणा राखे । त्यस्तै नेपाली यु–२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले यसअघिका सबै खेलका...

Read More

त्यो रुन्चे सुमनको ‘कमेडी’ यात्रा

काठमाडौँ– “तँ त साह्रै रुन्चे थिइस्, अहिले कसरी बोलेरै मान्छे हँसाउने भइस है ?” ठूलो बुबाकी छोरी (दिदी) को यो प्रश्नले सुमनलाई अझै लज्जित बनाउँछ । आजभन्दा २३–२४ वसन्तअघि गाउँलेहरु शौच गर्न बाँसको झ्याङ, खोला, खोल्सी र कान्लातिर धाउँथे । सरसफाइ नहुँदा पखालाले गाउँलेका धेरैको ज्यान लिन्थ्यो । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–२ बाक्साको ठूलाबारी गाउँ । गाउँभन्दा तल सुसाइरहने दूधकोसी । गाउँको सिरानमा उभिएको बडेमान लिब्जु डाँडा । बाक्सामा भर्खरै एउटा अभियान चलेको थियो, ‘घरमा चर्पी बनाउने, चर्पीमा शौच गरिसकेपछि र खाना खानुअघि साबुन पानीले हात धुने । नङ काट्ने, दाँत माझ्ने ।’ यो अभियान बालबालिकामा केन्द्रित थियो । प्रत्येक...

Read More

पहिरोले विद्यालय भवन भत्किएपछि पठनपाठनमा समस्या

पर्वत– फलेवास नगरपालिका–१० मा रहेको शारदा माध्यमिक विद्यालयको भवन पहिरोले भत्किएको छ । निरन्तरको वर्षापछि भवन पछाडिको भिरबाट झरेको पहिरोले चार कोठे भवन भत्किनुका साथै अन्य कोठासमेत पुरिएका छन् । भवन भत्किएपछि दैनिक पठनपाठनमा समस्या भएको विद्यालयले जनाएको छ । गत साउन ३१ गते राति ११ बजे झण्डै २० मिटर लामो पहिरो झरेर भवन भत्किएको हो । चार कोठे भवनमा क्षति पुगेपछि अहिले बाँकी रहेका अन्य कक्षाकोठामा मुस्किलले पठनपाठन सञ्चालन गरिरहेको विद्यालयका प्रधानाध्यापक जीतबहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार पहिरोले तीन शौचालय प्रयोग नै गर्न नसकिने गरी पूर्ण रूपमा भत्किएका छन् भने चार कोठे भवनको दुई वटा कोठामा पूर्ण रूपमा क्षति भएको छ । ती कोठामा रहेका झन्डै २५ डेस्क र बेन्च पनि भवनसँगै पुरिएका छन् । भूकम्पपछि विद्यालयमा प्राप्त भएको अर्को चार कोठे भवन पनि सोही पहिरोले उच्च जोखिममा रहेको प्रधानाध्यापक थापाले जानकारी दिए । रातिको समयमा पहिरो गएका कारण मानवीय क्षति हुन नपाएको हो । ठूलो भौतिक क्षति भएपछि विद्यालय समस्यामा परेको बताउँदै प्रअ थापाले दिउँसोको समयमा पहिरो झरेको भएमा ठूलो मानवीय क्षति हुने अवस्था रहेको बताए । “रातिको समयमा पहिरो आएकाले भौतिक क्षति भए पनि मानवीय क्षति हुन पाएन”, प्रधानाध्यापक थापाले भने, “विद्यालय रहेको जमिन पनि कमजोर र भिरालो भएकाले सधैँ जोखिममा रहनुपरेको छ ।” पहिरोले भत्किएका चार कोठे भवनको दुई कोठामा विद्यार्थी राख्न सकिने अवस्था रहेको भए पनि जोखिमकै कारण त्यसलाई प्रयोगमा ल्याउन मिल्ने अवस्था नरहेको प्रअ थापाले बताए । तत्कालका लागि केही कक्षालाई...

Read More

दुई तिहाईको सरकारमाथि ठूलो घण्टी बजिसक्यो : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले राजनीतिक दलहरु सच्चिनुको विकल्प नरहेको बताएका छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानले राजनीतिक दल र नेताहरु प्रति जनताको आक्रोश देखिन थालेको भन्दै सच्चिनुको विकल्प नरहेको बताएका हुन् । आम नागरिकहरुले राजनीतिक दलहरुलाई चासोका साथ हेर्न थालेको भन्दै हस्तक्षेप गर्न सुरु गरिसकेको आभाष सोमबारको टुँडीखेल घटनाबाट देखिएको उनले बताए । लामिछानेले दुई तिहाईको सरकारमाथि ठूलो घण्टी बजिसकेको र अव नतिजामूखी काम गर्न सक्नुपर्ने धारणा राखे । ‘अब आम नागरिकले पनि राजनीतिमा हस्तक्षेप गर्न थाले भन्ने संकेत प्राप्त भएको छ ।’ उनले भने, ‘दुई तिहाईको सरकारमाथि यो भन्दा...

Read More