Author: Himalaya Post

प्रचण्डलाई रघुजी पन्तको जवाफ : सत्ता माग्ने नैतिक आधार र जनाधार छैन

काठमाडौँ – नेकपा एमालेका नेता रघुजी पन्तले सरकारमा नजाने निर्णय केन्द्रीय कमिटीबाट गर्न माओवादी अध्यक्ष प्रचण्डलाई चुनौती दिएका छन् । मंगलबार प्रतिनिधिसभामा प्रचण्डले ८४ अघि सरकारमा नजाने उद्घोष गरेपछि पन्तले सरकारमा नजाने निर्णय केन्द्रीय कमिटीबाट गर्न चुनौती दिएका हुन् । ठूला दल मिलेर सरकार बनाएपछि अब अर्को सरकारको सम्भावना नभएको भन्दै पन्तले यही सम्भावनालाई देखेर प्रचण्डले सरकारमा नजाने भनेको तर्क समेत गरे । उनले यसअघि धोका पाएका एमाले र कांग्रेसले सरकारमा सहभागी हुन प्रचण्डलाई फकाउन नजाने जिकिर गरे । प्रचण्डसँग सत्ता माग्ने नैतिक आधार र जनाधार समेत नभएको उनले बताए । त्यस्तै पन्तले सरकारबाट बाहिर बस्दा प्रचण्ड र माओवादीमा...

Read More

सत्ताको खेलमा लाग्दिन, जनताको अधिकारका लागि अघि बढ्छु : अध्यक्ष प्रचण्ड

काठमाडौँ– प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताको खेलमा नलाग्ने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले सत्ताको खेलभन्दा जनताको अधिकारका लागि अघि बढ्ने बताएका हुन् । पछिल्ला केही वर्षदेखि यो देशमा माओवादी र प्रचण्ड नै अस्थिरताको मुख्य कारक भएको भाष्य बनाउन एकदमै धेरै मेहनत भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले ३२ सिट भएको पार्टीले एक्लै कसरी अस्थीरता ल्याउन सक्छ ? भन्दै प्रश्न गरे । उनले माओवादीले पालैपालो कांग्रेस र एमालेलाई प्रयोग गरेर धोका दिएको आरोप लगाइने गरेको भन्दै माओवादीले पटकपटक कांग्रेस र एमालेलाई सरकारको नेतृत्वमा पु¥याएको विगत स्मरण गर्न सुझाव...

Read More

अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना सीमित गर्दै अष्ट्रेलिया सरकार

एजेन्सी – अष्ट्रेलियाली सरकारले सन् २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायक माझ नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुईलाख ७० हजारमा सीमित गर्ने मङ्गलबार घोषणा गरेको छ । घोषणा अनुसार अष्ट्रेलियाले आगामी नयाँ वर्षमा सार्वजनिक वित्त पोषित विश्वविद्यालयमा एक लाख ४५ हजार व्यावसायिक शिक्षा र प्रशिक्षण (भिईटी) क्षेत्रमा ९५ हजार तथा अन्य विश्वविद्यालय र गैर–विश्वविद्यालय उच्च शिक्षा प्रदायकहरूमा ३० हजार अन्तर्राष्ट्रिय विद्यार्थीलाई अनुमति दिनेछ । शिक्षा मन्त्री जेसन क्लेयरले विश्वविद्यालयलाई सन् २०१९ को तुलनामा १५ प्रतिशत बढी अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न अनुमति दिइने तथा भिईटी प्रदायकका लागि २० प्रतिशतले कटौती गरिने जनाएका छन् । उनले निर्धारित सीमाहरू, संसदले पारित गर्ने...

Read More

राष्ट्रपति पौडेलद्वारा भगवती रथजात्रा अवलोकन

लुम्बिनी– राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको ऐतिहासिक रणउजिरेश्वरी भगवतीको २०५औँ रथजात्रा (खटयात्रा) को आज अवलोकन गरेका छन् । उनलाई आज पाल्पा आइपुग्दा प्रथम महिला सविता पौडेलसहित लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका थिए । पाल्पाको ऐतिहासिक रणउजिरेश्वरी भगवती रथजात्रा अवलोकनका लागि पहिलो पटक राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति पौडेल पाल्पाको तानसेन पुगेका हुन् । जात्रामा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र रक्षामन्त्री मानवीर राईसमेत पाल्पा पुगेका थिए। जात्राको अवलोकनसँगै राष्ट्रपतिले भगवती मन्दिरमा पूजा–आराधना गरे । त्यसपछि राष्ट्रपति पौडेलले ‘द फेमस महिन्द्र दल गण’को निरीक्षण गर्नुका साथै पाल्पाका निर्वाचित जनप्रतिनिधिलगायतका सरोकारवाला निकायसँग भेटघाट गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण...

Read More

प्रतिनिधिसभा : बाढीपहिरो र सडक दुर्घटनाका बिरामीको निःशुल्क उपचार गर्न माग

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले अविरल वर्षाका कारण देशभर भइरहेको बाढीपहिरो र सडक दुर्घटनाका घाइतेको निःशुल्क उपचार तथा पुनः स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको आकस्मिक समयमा सांसद सुशीला थिङले सिन्धुली जिल्लामा यही भदौ ७ गतेको अविरल वर्षाका कारण हायु बस्तीका पाँच घर भत्किएका र १५ परिवार विस्तापित भएकाप्रति ध्यानाकर्षण गराउँदै क्षतिपूर्ति र पुनःस्थापनाको माग गरिन् । “लोपोन्मुख हायु बस्तीमा पाँच घरधुरी भत्किएका छन्, १५ परिवारलाई अन्यत्र सारिएको छ” उनले भनिन्, “जोखिमका परेका लोपोन्मुख जाति हायुको बस्तीलाई सुरक्षित ठाउँमा सारेर एकीकृत बस्ती निर्माण तथा जीविकोपार्जका लागि सहयोग गर्न आग्रह गर्दछु ।” सांसद थिङले सडक दुर्घटना, चट्याङ्मा परेका...

Read More