Author: Himalaya Post

कृषिमन्त्री अधिकारीद्वारा अर्थोडक्स चिया बजारीकरणमा जोड

काठमाडौँ– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा उत्पादित अर्थोडक्स चिया बजारीकरणलाई आवश्यक सहजिकरण गर्ने बताएका छन् । नेपालमा उत्पादित अर्थोडक्स चिया प्रतिस्पर्धा एवम ५८ कारखानाका एकसय बढी प्रकारकोे चिया प्रदर्शनी कार्यक्रमको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै अधिकारीले अर्थोडक्स चियाले विश्वका उत्कृष्ट चियासंग प्रतिष्पर्धा गर्न सक्ने भएकाले यसको बजारीकरणलाई सहजीकरण गर्ने बताएका हुन् । उनले नेपाली चियाको बजारिकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्नेमा जोड दिए । नेपालको अर्थोडक्स चिया परम्परा र संस्कृतिमा गहिरो सम्बन्ध भएको एक सम्पदा समेत भएको उनको भनाई छ । उनले नेपाली चियाको आन्तरिक खपत बृद्धि गर्नका लागि गुणस्तर सुधारमा केन्द्रित हुनुपर्ने बताए...

Read More

जहाँ अलिकति आशा र सम्भावना छ, प्रधानमन्त्रीलाई त्यही समस्या छ : प्रचण्ड

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदमा प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीलाई सम्भावना भएको क्षेत्रमा आपत्ति रहेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘सरकारका प्राथमिकता हेर्दा यसले गर्न नपर्ने सबै गर्ने तर गर्न नपर्ने सबै गर्नेजस्तो देखिन थालेको छ’ उनले भने । अघि थप्दै उनले भने, ‘म छक्क पर्छु यस्तो के समस्या छ प्रधानमन्त्रीज्यूलाई जहाँ अलिकति सेतो छ । जहाँ अलिकति सफा छ आशा छ, सम्भावना छ, त्यही प्रधानमन्त्रीज्यूलाई समस्या छ । जहाँ बेथिती छ, विकृति छ, त्यहाँ प्रधानमन्त्रीलाई समस्या छैन । त्यसमा त्ति...

Read More

प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडरमा इन्दु बर्मा

काठमाडौं – आज नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मा प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीमा ब्रान्ड एम्बासडरको रुपमा नियुक्त भएकी छन् । उनी पहिलो पटक कम्पनीको ब्रान्ड एम्बासडर बनेकी हुन् । उनलाई कन्सल्टेन्सीले दुई वर्षका लागि ब्रान्ड एम्बासडरमा चयन गरेको हो । सम्झौता भएको मूल्य उल्लेख नगरेको भए पनि इन्दुको यात्राको खर्च पनि बेहोर्ने कन्सल्टेन्सीले जानकारी दिएको हो । कर्पोरेट क्षेत्रको यो सहयोगले आफ्नो खेल जीवनमा सहयोग पुग्ने इन्दुले बताइन् । नेपाली क्रिकेटमा महिला खेलाडीलाई पनि प्रोत्साहन गर्नका लागि हात अघि बढाएको कन्सलटेन्सीले जानकारी दिएको छ । नेपाली महिला क्रिकेट टिममा रहेका खेलाडीमध्ये व्यापारिक घरानाको ब्रान्ड एम्बासडर सम्झौता गर्ने इन्दु...

Read More

प्रस्तावित राजदूतहरुको सुनुवाई भाद्र १४ गतेदेखि सुरु हुने

काठमाडौँ– संसदीय सुनुवाई समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई भाद्र १४ गतेदेखि सुरु गर्ने भएको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले प्रस्तावित राजदूतहरुको सुनुवाईको कार्यतालिका पारित गरेको हो । कार्यतालिका अनुसार भाद्र १४ गते समितिले उजुरीकर्ताहरुहरुसंग छलफल गर्नेछ भने भाद्र १६ देखि २५ गतेसम्म विदाको दिनबाहेक प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाई हुने समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् । उनले राजदूत सिफारिसका बिषयमा परराष्ट्रमन्त्रीसंग पनि छलफल गर्ने निर्णय भएको बताइन् । संविधान अनुसार समावेशीताको आधारमा राजदूत सिफारिस भए–नभएको र नभएको भए त्यसको कारणबारे परराष्ट्रमन्त्रीसंग जानकारी लिइने उनले बताइन् । बैठकमा समिति सदस्यहरुले राजदूत सिफारिस गर्दा समावेशीतालाई ख्याल नगरेको...

Read More

मुलुकको अर्थतन्त्र चलायमान हुदैँछ : अर्थमन्त्री पौडेल

काठमाडौँ– अर्थमन्त्री अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र चलायमान हुदै गएको बताए । मंगलबार काठमाडौंको भृकुटिमण्डपमा नाडा अटो शो २०२४ को उद्घाटन गर्दै मन्त्री पाडैलले वर्तमान सरकारले गरेको सहज नीतिगत व्यवस्थाका कारण मुलुलकको अर्थतन्त्र चलायमान हुदै गएको बताएका हुन् । नीतिगर स्थीरता राजनीतिक स्थीरतासंग जोडिएको भन्दै अहिलेको सरकार भनेको स्थीर सरकार भएको उनले बताए । उनले व्यवसायीहरुको नीतिगत समस्यालाई समाधान गर्ने गरी सरकार अघि बढ्ने उल्लेख गर्नुभयो । अब अटो उत्पादनतर्फ ध्यान केन्द्रित हुनुपर्ने र यसमा सरकारले साथ दिने उनको भनाइ छ । उनले नेपालमा गुणस्तरीय उत्पादन गर्न सके विदेशी बजारमा पनि नेपालको उत्पादनले स्थान लिन सक्ने जिकिर गरे ।...

Read More