मुलुकको अग्रगतिका लागि अहिलेको सरकार बनेको हो : मन्त्री भण्डारी
महोत्तरी – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वर्तमान सरकार मुलुकको अग्रगतिका लागि बनेको बताएका छन् । स्थिर सरकार नबन्दा जनतामा बढेको निराशा चिर्न वर्तमान गठबन्धन सरकार बनेको उनको भनाइ छ । वैदेशिक रोजगार विभागले आज महोत्तरीको बर्दिबासमा आयोजना गरेको रोजगार अनुमति प्रणाली (इपिएस) सम्बन्धी छलफल कार्यक्रममा उनले वर्तमान गठन्धनको सरकार बनेदेखि नै जनतामा अब राजनीतिक स्थायित्व हुने आशा जागेको पनि उल्लेख गरे । “जनतामा एउटा भरोसा जागेको छ, अब सरकार र राजनीतिक दलले त्यो भरोसालाई विश्वासमा परिणत गरेर देखाउनुपर्छ,” मन्त्री भण्डारीले भने । वैदेशिक रोजगारीमा जाने मधेसको सङ्ख्या उल्लेख्य भए पनि त्यो खाडी मुलुक र मलेसियामा सीमित...
Read More

























