Author: Himalaya Post

अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको भुम्लु गाउँपालिका–८ बन्देउमा र हेलम्बु राजमार्गको पाँचखाल नगरपालिका–४ स्थित फेदीमा सुक्खा पहिरो खस्दा अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान पहिरो खस्दा दुवै राजमार्ग अवरुद्ध भएका हुन् । बाटो खुलाउने प्रयास जारी छ । वैकल्पिक मार्गबाट साना सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको उक्त कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए। उक्त राजमार्गको जिरोकिलो–दोलालघाट खण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ...

Read More

मुग्लिन–नारायणगढ सडकमा बस दुर्घटना

काठमाडौँ – मुग्लिन–नारायणगढ सडक खण्डमा बस दुर्घटनामा परको छ । आइतबार महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको बस चितवनको घुमाउनेमा दुर्घटनामा परेको हो ।  सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस बस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको जनाइएको छ । दुर्घटनामा परी १० जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि भरतपुर लगिएको छ...

Read More

कोशी मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका सबै भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र...

Read More

पार्टीलाई लोकप्रिय बनाउने गरी काम गर्छु : नेता सिंह

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारमा रहँदा पार्टीलाई लोकप्रिय बनाउने गरी काम गर्ने बताएका छन् । कांग्रेस केन्द्रीय समिति बैठकमा आज धारणा राख्दै उनले पार्टीको प्रतिष्ठा बढाउने र लोकप्रिय बनाउने गरी काम गर्ने बताएका हुन्। उनले पार्टीका नेता तथा कार्यकर्तालाई सरकारलाई सफल बनाउन रचनात्मक सल्लाह र सुझाव दिन पनि आग्रह गरे । उपप्रधानमन्त्री सिंहको नेतृत्वमा कांग्रेस वर्तमान सरकारमा सहभागी छ । “पार्टीले जिम्मा दिएर सरकारमा पठाएको छ । पार्टी र पार्टीका साथीहरुको शीर उच्च हुने गरी काम गर्नेछु,” उपप्रधानमन्त्री सिंहलाई उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ । फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले...

Read More

माओवादी बैठक : जनपरिचालनका कार्यक्रम तय गर्न पार्टी नेतृत्वलाई सुझाव

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का नेताहरुले सङ्गठन विस्तारलाई विशेष ध्यान दिन एवं प्रभावकारी तवरले जनपरिचालनका कार्यक्रम तय गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठकमा आफ्नो धारणा राख्दै नेताहरुले पार्टीभित्र आन्तरिक एकतालाई सुदृढ गरेर संगठन विस्तारलाई ध्यान दिनुपर्नेमा जोड दिएका थिए । आजको बैठकमा नेताहरु झक्कु सुवेदी, श्रीकृष्ण अधिकारी, विष्णु सापकोटा, लेखनाथ न्यौपानेलगायत नेताहरुले पार्टीको पछिल्लो अवस्था, संगठन विस्तार एवम् आन्तरिक एकतामा जोड दिएका थिए । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई बलियो बनाउनका लागि...

Read More