Author: Himalaya Post

संस्कृत भाषाको लोकप्रियता विश्वमै बढ्दै गएको छ : राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषाको लोकप्रियता नेपाल र भारतमा मात्र नभई विश्वमै बढ्दै गइरहेको बताएका छन् । जयतु संस्कृतम् संस्थाले शीतल निवासमा आज आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विश्वका विभिन्न विश्वविद्यालयमा संस्कृत वाङ्मयको पठनपाठन हुनुले यसको महत्व विश्वव्यापी हुँदै गएको पुष्टि हुने बताए । उनले संस्कृत अमृत भाषा भएको उल्लेख गर्दै यसभित्र अमर सन्देश छन्, जसबाट अहिले पनि मानव जगत् आल्हादिन भइरहेको छ भने । “संस्कृत भाषा र संस्कृत वाङ्मय ज्ञान विज्ञानको भण्डार हो, यो भाषा र वाङ्मयको विस्तार आवश्यक छ”, राष्ट्रपति पौडेलले भन्नुभयो । शुक्लयजुर्वेदलगायतका कयौँ ग्रन्थ नेपालमै लेखिएका थिए भन्ने अनुसन्धाताको...

Read More

कानुनको अपव्याख्या गर्दै कित्ताकाट रोकेको भन्दै लेखापढी व्यवसायी एशोसिएशनको आपत्ति

काठमाडौँ – नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशनले भूमिसुधार तथा मालपात कार्यालयले जग्गाको उपयोग, खण्डीकरण नियन्त्रण र चक्लाबन्दीको नियमनको उद्देश्यले राज्यले भू-उपयोग ऐन र नियमावलीको अपव्याख्या गरी जग्गाको कित्ताकाट रोकेको भन्दै आपत्ति जनाएको छ । बिहीबार एक विज्ञप्ती जारी गर्दै एशोसिएशनले नियमावलीमा भएका व्यवस्थाको गलत व्याख्या गर्दै केही भूमिसुधार तथा मालपात कार्यालयले सेवाग्राहीलाई दुःख दिएकार जनतामा भ्रम छरेको भन्दै ध्यानकर्षण जनाएको हो । जग्गाको उपयोग, खण्डीकरण नियन्त्रण र चक्लाबन्दी नियमनको उद्देश्यले राज्यले भू-उपयोग ऐन, २०७६ र सो ऐनको दफा ३२ को व्यवस्था बमोजिम भूउपयोग नियमावली, २०७९ पहिलो संशोधन, २०५०) लागू भएपनि उक्त कानुनले कुनै पनि अवस्थामा जग्गा कित्ताकाट नहुने वा...

Read More

सहकारी विकास बोर्डको सदस्य सचिवमा खगराज खड्का नियुक्त, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ – सरकारले सहकारी विकास बोर्डको सदस्य सचिव पदमा डा खगराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ । भाद्र ६ गते बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले बोर्डको रिक्त सदस्य–सचिव पदमा खगराज शर्मा, रुपन्देहीलाई नियुक्त गर्ने निर्णय गरिएको जानकारी दिए । बैठकले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक तोकिएका शर्तको पालना गर्ने गरि हटाउने निर्णय गरेको छ भने विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा गरी १६ अधिकृतस्तरको अस्थायी दरवन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय गरेको प्रवक्ता गुरुङले बताए । बैठकले आयल निगम लिमिडेटलाई जितपुर सिमरा उपमहानगरमा रहेको...

Read More

सवारी चलाएरै बहिनीलाई डाक्टर बनाउने किशोरीको सपना

मङ्गलबारे (इलाम) – छेकी शेर्पा १९ वर्षकी भइन् । उनी इलामको कच्ची सडकमा सवारी चलाउँछिन् । साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता निरन्तर बोलेरो जिपमा यात्रु बोक्ने काम गर्दै आएकी छन्। त्यसो त सवारी चलाउने महिला नभएका हैनन् । तर पहाडी जिल्लाको कच्ची बाटोमा सार्वजनिक यातायातको साधन चलाउने महिलाको सङ्ख्या नगण्य छ । यात्रुसहितको सवारी चलाउने उनी इलाम जिल्लाको मात्र नभई पूर्वी पहाडीकै एकमात्र किशोरी हुन् पहाडको कच्ची सडकमा खोलानाला र भिरालो सडकमा गाडी चलाउन जो कोहीले हिम्मत गर्दैनन् । घरपरिवारले गाडी खरिद गरिदिएपछि उनले गाडी चलाउन थालेकी हुन् । बोलेरो डबल क्यापको जिपमा यात्रु र भारीसहित उनी...

Read More

निःशुल्क र स्वास्थ्य शिक्षा जनताको संवैधानिक अधिकार कार्यान्वयन हुनुपर्छ : नैनसिंह महर

टीकापुर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभागका प्रमुख नैनसिंह महरले निःशुल्क स्वास्थ्य र शिक्षा संविधान प्रदत्त अधिकार कार्यान्वयनका लागि सरकार जिम्मेबार बन्नुपर्ने बताएका छन् । टीकापुरस्थित विरेन्द्र विद्यामन्दिर क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले संविधानले ग्यारेन्टी गरेको विषय कार्यान्वयनमा ल्याउन संयुक्त सरकार ठूलो दल काँग्रेसले समेत महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए। ‘संविधानको शिक्षासम्बन्धी मौलिक हकमा नागरिकले निस्शुल्क स्वास्थ्य शिक्षा पाउने कुरा उल्लेख छ। तर, हाम्रा विद्यार्थी चर्को शुल्क तिर्न बाध्य छन्। यसको अन्त्य हुनुपर्छ’, महरले भने। संवैधानिक व्यवस्था कार्यान्वयनमा कांग्रेस लागेको र निःशुल्क स्वास्थ्य शिक्षाका कार्यान्वयनका लागि आधार तयार पारिरहेको उनले जानकारी दिए। उनले यस...

Read More