Author: Himalaya Post

टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय

काठमाडौँ – नेपाल सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो । सामाजिक सञ्जाल सञ्चालन निर्देशन, २०८० को दफा ३ अनुसार नेपालमा सूचीकृत हुन तयार रहेको र नेपालका शर्तहरु मान्न तयार भएपछि टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय भएको सकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए । प्रतिबन्ध फुकुवाको निर्णय टिकटकले नेपाल सरकारका शर्तहरु मान्न तयार भएर सम्झौता गरेपछि मात्रै कार्यान्वयन हुने उनले बताए । सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन गत साउन २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनका आधारमा सञ्चार मन्त्रालयले उक्त प्रस्ताव तयार गरेको थियो । सामाजिक व्यवस्थामाथि प्रहार भएको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८० कार्तिक २७ गतेको मन्त्रिपरिषद्ले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो...

Read More

प्रदीप गिरी हामी सबैको मार्गदर्शक : गृहमन्त्री लेखक

सिरहा – गृहमन्त्री रमेश लेखकले समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरी नेपाली राजनीतिमा सबैको मार्गदर्शक रहेको बताएका छन्। आज सिरहाको लहान नगरपालिका–१४ स्थित ‘गिरी आश्रम’मा गिरीको दोस्रो वार्षिक स्मृति समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । “समाज, दर्शन र अर्थशास्त्रमा स्व गिरीको अद्भुत् ज्ञान थियो । जसले हामी राजनीतिकर्मीलाई सधैँ मार्गदर्शन र उत्प्ररित गरिरहन्छ”, गृहमन्त्री लेखकले भने, “हामी त उहाँको अगाडि कुवा हौँ । एउटा कुवाले समुद्रको गहिराइको बखान गर्न सम्भव हुँदैन । त्यसैले प्रदीप गिरी हामी सबैको मार्गदर्शक रहिरहनुभएको छ ।” गिरीको व्यक्तित्व र निष्ठाको कारणले सबै पार्टीका नेता कार्यकर्ता तथा सिङ्गो देश...

Read More

‘वातावरणलाई स्वच्छ राख्न युवाको भूमिका महत्वपूर्ण’

काठमाडौँ – वातावरण प्रदूषण हटाएर स्वच्छ हावा कायम राख्न युवाको भूमिका महत्वपूर्ण रहेको सरोकार भएकाहरुले बताएका छन् । आज स्वच्छ हावा नेटवर्क नेपालले यहाँ आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताले वातावरणलाई स्वच्छ राखी प्रदूषण हटाउन वुवाको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए । नेटवर्कका संयोजकसमेत रहेका वातावणविद् डा भूपेन्द्र दासले बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि स्थानीय तहलाई सक्षम बनाउन आवश्यक रहेकामा जोड दिए । उनले स्वच्छ हावा कायम नराखे सर्वसाधरणको स्वास्थ्यमा नकरात्मक असर पर्दै जाने भएकाले वातावरण स्वच्छ कनाउन युवाले पहलकदमी लिनुपर्ने बताए । “वायु प्रदूषणको असर र न्यूनीकरणका लागि तीनै तहका सरकार, सम्बन्धित विषयमा सरोकार भएका निकायबीच समन्वय र सहकार्य...

Read More

ऋण अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह

काठमाडौँ – सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले सो पत्र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनलाई हस्तान्तरण गरेका छन् । पत्र हस्तान्तरण गर्नु अघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीन नेपालको असल छिमेकी भएको र नेपालको अर्थतन्त्रको अवस्थालाई विशेष ध्यान दिँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा बदल्न चिनियाँ पक्षलाई आग्रह गरेका थिए...

Read More

नियमविपरीत नदीजन्य पदार्थ सङ्कलन गर्नेलाई १६ लाख जरिवाना

गलकोट (बागलुङ) – नियमविपरीत उत्खनन गरी नदीजन्य पदार्थ सङ्कलन गर्नेलाई जिल्ला समन्वय समितिले स्थानीय तहको सहयोगमा कारबाही थालेको छ । बागलुङ नगरपालिकाले कालाखोला बगर, भाटेखोला बगर, दब्ल्याङ बगर, खनियाघाटलगायत बगरबाट अवैध रूपमा उत्खननन गरी बालुवा तथा ढुङ्गा सङ्कलन गर्नेलाई कारबाही गर्न थालेको छ । नगरपालिकाले जरिवानास्वरुप क्रसर व्यवसायी तथा नदीजन्य पदार्थको अवैध दोहन गर्नेबाट रु १६ लाख २२ हजार राजस्व सङ्कलन गरेको छ । असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था तथा कालीगण्डकी नदीमा नदीजन्य पदार्थको ठेक्का लगाउन नपाइने सर्वोच्च अदालतको आदेशविरुद्धमा नदीजन्य पदार्थको उत्खनन भइरहेपछि जिल्ला समन्वय समितिले निगरानी बढाएको छ । जिल्ला समन्वय समितिका...

Read More