Author: Himalaya Post

लोमान्थाङका २ सय १० परिवारलाई विद्युतीय चुलो वितरण

म्याग्दी – मुस्ताङको लोमान्थाङ गाउँपालिकाको दुईवटा वडाका बासिन्दालाई विद्युतीय चुलो वितरण गरिएको छ । दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण संरक्षणका लागि लोमान्थाङ गाउँपालिकाले चुलो वितरण गरेको हो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार वडा नं ३ फुवा र वडा नं ४ किमलिङका दुई सय १० परिवारलाई निःशुल्क एक–एक थान विद्युतीय चुलो वितरण गरिएको छ । उनले भने, “दाउराको विकल्पमा विद्युतीय चुलोको प्रयोग बढाएर वातावरण संरक्षणको प्रयास गरेका हौँ ।” अध्यक्ष गुरुङ र उपाध्यक्ष छ्युमी विष्टसहित वडाका जनप्रतिनिधिले बुधबार सम्बन्धित वडामा पुगेर चुलो वितरण गरेका हुन्। विद्युतीय चुलो खरिदका लागि गत वर्ष रु...

Read More

पार्टीको विचारलाई सशक्त ढंगले जनतामाझ लैजान माओवादी नेताको सुझाव

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेताहरुले पार्टीको विचारलाई सशक्त ढंगले जनतामाझ लानुपर्ने सुझाव दिएका छन् । पार्टी कार्यालय पेरिसडाडामा बिहीबार सम्पन्न बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको परामर्श बैठकमा उनीहरुले पार्टीभित्र उन्नतस्तरको बहस सिर्जना गर्दै त्यसलाई शसक्त ढंगले जनतामाझ लानुपर्ने सुझाव दिएको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । काठमाडौं उपत्यकामा नयाँ कार्यक्रम विकास गर्नुपर्ने, सूचना प्रविधिका साथै युवाहरुलाई जोड दिदै कार्यकर्तालाई आत्मनिर्भर बनाउनुपर्ने लगायतका सुझाव आएको उनले बताए । उनले पार्टी फुटको तरंग हल भइसकेको भन्दै अहिले नेतृत्वबारे बहस गर्ने बेला नभएको बताए । सापकोटाले सदनलाई प्रभावकारी बनाएर आवश्यक परे सडक संघर्षको कार्यक्रम तय...

Read More

‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’को बक्यौता उठाइन्छ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणको ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’को बक्यौता एक रुपैयाँ नछाडेर उठाउने स्पष्ट गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, “बक्यौता उठाइन्छ, छोडिँदैन, तर उद्योग बन्द गरेर होइन सञ्चालन नै गरेर उठाइन्छ । विगतमा किन समयमै महसुल उठाइएन, किन लाइन काटियो र किन फेरि लाइन जोडियो भन्ने प्रश्न सम्बन्धित निकायसँग जोडिन्छ । यसमा सरकार स्पष्ट छ, लाइन बन्द नगरी बक्यौता उठाइनेछ ।” उनले सरकार र प्राधिकरणबीच कुनै मतभेद नभएको पनि स्पष्ट गरे । उन यस विषयमा अहिले सामाजिक सञ्जाल र कतिपय मिडियामा आधारहीनप्रचार भइरहेको उल्लेख गर्दै विद्युत्...

Read More

साफ यु-२० च्याम्पियनसिप : नेपाल बंगलादेशविरुद्ध २-१ ले विजयी

काठमाडौँ – घरेलु टोली नेपाल समूह विजेता बन्दै साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–१ को गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा नेपालकालागि समीर तामाङ र निराजन धामीले गोल गरे । बंगलादेशका मिराजुल इस्लामले एक गोल फर्काए । खेलको १७ औं मिनेटमै नेपालले सुरुआती अग्रता लियो । नेपालका कप्तान कुशल देउवाले पेनाल्टी बक्सबाट क्लियर गरेको बललाई बंगलादेशका गोलकिपरले रोक्न खोज्दा समीर तामाङले गोल गरेका थिए । त्यस्तै खेलको १९ औं मिनेटमा निराजन धामीले गोल गरे । पहिलो हाफको ४२ औं मिनेटमा मिराजुल इस्लामले बंगलादेशका लागि गोल गरेका...

Read More

भारत भ्रमणले दुई देशको आपसी सद्भाव अभिवृद्धि गर्न सहयोग पुग्यो : परराष्ट्रमन्त्री राणा

काठमाडौँ – परराष्ट्रमन्त्री आरजु देउवा राणाले आफ्नो भारत भ्रमण सफल भएको बताएकी छन् । पाँच दिने भारत भ्रमण सकेर बिहीबार स्वदेश फर्किपछि त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री राणाले भारत भ्रमणले दुई देशको आपसी सद्भाव अभिवृद्धि गर्न सहयोग पुगेको भन्दै भारत भ्रमण सफल भएको बताएकी हुन् ।मन्त्री डा राणाले भनिन्, “भ्रमणले आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरु समेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रबद्र्धन गर्न मार्गदर्शन समेत गरेको मैले विश्वास लिएको छु ।” भ्रमणका क्रममा आफुले भारतीय प्रधानमन्त्रीसंग शिष्टाचार भेट गरेको जानकारी दिँदै उनले भेटका क्रममा प्रधानमन्त्री केपी ओलीका तर्फबाट नेपालको...

Read More