Author: Himalaya Post

संक्रणकालीन न्याय सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौँ – संक्रणकालीन न्याय सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएको छ । बिहीबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ सर्वसम्मतिले पारित गरेको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त विधेयक पारित गरियोस भन्ने राख्नुभएको प्रस्तावलाई राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले निर्णयार्थ प्रस्तुत गरेका थिए । बैठकले उक्त प्रस्ताव सर्वंसम्मतिले पारित गरेको हो । राष्ट्रियसभाले पारित गरेसंगै अव यसको सन्देश प्रतिनिधिसभामा सुनाएपछि सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइने व्यवस्था छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयक राजपत्रमा प्रकाशित भएसँगै कानुनका रुपमा कार्यान्वयनमा आउनेछ...

Read More

रुइसेको लोभलाग्दो सुन्दरता

म्याग्दी – रूखबिरुवा नभएको हरियाली भिरालो पाखोको पृष्ठभूमिमा देखिने हिमशृङ्खला । पाखाको चरनमा रमाइरहेका गाईभैँसी, भेडाबाख्राका बथान । घाम, पानी र बादलको लुकामारी । कोलाहलमुक्त र एकान्त वातावरण । चराहरुको चिरबिर, चिरबिर आवाज । सिरसिरे बताससँगैको शीतलता । समुन्द्री सतहदेखि दुई हजार दुई सय आठ मिटर उचाइमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित रुइसेमा पुग्दा कुनै चित्रकारले मेहनतका साथ तयार पारेको क्याभासको जस्तो आभास हुन्छ । रुइसेको सौन्दर्यले समय बितेको पत्तै नहुने बेनीबाट त्यहाँ घुमेर आएका व्यवसायी कृष्णराज पौडेलले बताए। “गर्मी छल्न, बजारको कोलाहल, व्यावहारिक र व्यावसायिक तनाबाट मुक्त हुनका लागि रुइसे उपयुक्त ठाउँ रहेछ,” हालै दुई दिन रुइसेमा बिताएका...

Read More

मुहार फेर्दै बलेवाको कालभैरव मन्दिर

बलेवा (बागलुङ) – विसं १७८० मा स्थापना भएको यहाँको बलेवास्थित कालभैरव मन्दिरको विसं २००० को दशकमा छानो फेरियो । डाँडाको टुप्पोमा बनेको सानो मन्दिर पौराणिक कलाकौशलले भरिपूर्ण छ । बलेवा कालभैरव मन्दिर पुग्ने जो–कोहीले पौराणिक संरचना देख्न पाउँछन् । देशभरका शक्तिपीठहरुमा आधुनिकताको लहर चल्दा पनि यो मन्दिरको मुहार फेरिएको थिएन । पत्थर माथि बनेको मन्दिर परिसरमा लगाइएको ढुङ्गामाटोको पर्खाल उस्तै छन् । मन्दिर छेउको मौलो, मूर्ति हिजो जुन अवस्थामा थिए, आज पनि उस्तै छन् । विभिन्न कालखण्डमा मन्दिरको संरक्षण र प्रवर्द्धनका लागि बनेका समितिले मन्दिरको गरिमा जोगाए । मन्दिरलाई आस्थाको केन्द्र बनाए । तर यहाँ अन्य संरचना निर्माण हुन...

Read More

असन्तुष्टिका नाममा जनतालाई भड्काउने प्रयत्न भइरहेका छन् : प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टिका नाममा जनतालाई भड्काउने प्रयत्नहरु भइरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले राजनीतिक दलहरुको अस्वस्थ प्रतिष्पर्धा वा अहिलेको प्रणालीलाई मन नपराउनेहरुले असन्तुष्टिका नाममा जनतालाई भड्काउने प्रयत्न गरेको बताएका हुन् । सबै कुराहरुलाई ध्यानामा राखेर जनतामा रहेका निराशालाई आशामा बदल्ने प्रयासमा सरकार रहेको र छाटो अवधिमा पनि सकारात्मक परिणामहरु देखापर्न थालेको उनले बताए । अहिलेको सरकारलाई काम नगर्ने छुट नरहेको भन्दै जनतामा आशा जगाउनका लागि गम्भीर भएर काम गर्ने बताएका हुन् । शिक्षा स्वास्थ्य लगायतका क्षेत्रका धेरै अघिदेखिको समस्या समाधानका लागि सरकार दतचित्त भएर लागेको उनले बताए । नेपालको राजनीतिमा...

Read More

सटर खाली हुन थालेको विषयमा प्रधानमन्त्रीको तर्क : नेपालीले मलमा गएर किनमेल गर्न थाले

काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले नेपालीहरुमा मलमा गएर किनमेल गर्ने बानीको विकास भएका कारण सहरका सटर खाली हुन थालेको तर्क गरेका छन् । बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सांसदका प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्रीले उक्त जिकिर गरेका हुन् । यस विषयमा माओवादी केन्द्रकी सांसद नारायणी शर्माले प्रश्न सोधेकी थिइन् । उनले भनेकी थिइन्, ‘आज सहरका प्राय सटरमा टु–लेट (भाडामा) लेखिएको देखिन्छ । यसरी धराशयी बन्दै गएको व्यापार व्यवसायको उत्थान गर्न र देशको अर्थतन्त्र बलियो र आत्मनिर्भर बनाउन सरकारको योजना के छ ?’ जवाफमा प्रधानमन्त्रीले सटर खाली हुँदैमा अर्थतन्त्र धरायशी भयो भन्ने नमिल्ने बताए । ‘पहिले यस्ता महलहरु खुलेका थिएनन् ।...

Read More