Author: Himalaya Post

जलविद्युत्मार्फत आर्थिक समृद्धि हासिल गर्न आन्तरिक खपत बढाउनुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौँ – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले जलविद्युत्मार्फत आर्थिक समृद्धि हासिल गर्न आन्तरिक खपत बढाउनुपर्नेमा जोड दिएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र उपाय नामक संस्थाको संयुक्त आयोजनामा आज यहाँ भएको ‘अनलकिङ इन्भेष्टमेन्ट’ कार्यक्रममा उनले ऊर्जा क्षेत्रमा निजी लगानीलाई प्रोत्साहन गर्ने योजना आवश्यक रहेकोसमेत बताए। अर्थमन्त्री पौडेलले सरकारले जलविद्युत् क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको र यस क्षेत्रको विकासका लागि विदेशी लगानी ल्याउन सरकारले वातावरण बनाउने प्रतिबद्धता जनाए । “नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी ल्याउनका लागि सरकारले वातावरण निर्माण गर्नेछ । नेपालको समृद्धिका लागि जलस्रोतको उच्चतम उपयोग गर्न ऊर्जा उत्पादन र आन्तरिक खपतमा जोड दिनुपर्छ”, मन्त्री...

Read More

अड्किएका फाइल २४ घण्टाभित्र छिनोफानो गर्न पर्यटनमन्त्री पाण्डेको निर्देशन

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतका निकायले आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिएका छन् । आज मन्त्रालयको संस्कृति महाशाखाअन्तर्गतका निकायका पदाधिकारीसँग ‘समस्या, चुनौती र समाधानका उपाय’ विषयक छलफल कार्यक्रममा मन्त्री पाण्डेले असोज महिनाभित्र प्रत्येक निकायले कार्य प्रगति विवरण पेस गर्न कर्मचारीलाई निर्देशन दिए । “मन्त्रालयमा कुन फायल कहाँ अड्किएको छ त्यसको २४ घण्टाभित्र छिनोफानो गर्नुहोला । यसैगरी त्रैमासिक समीक्षा गर्ने बेलासम्म बजेट भाषण र रेडबुकमा परेका कार्यक्रमका बारेमा अनिवार्य रूपमा जानकारी गराउनुहोला”, उनले भने, “असोज महिना आउनुअघि नै योजना कार्यान्वयनका लागि के के गर्छौं ? गर्नसक्ने कार्यक्रम केके हुन् ? गर्न नसक्ने...

Read More

एमसिसी कार्यान्वयनको एक वर्ष, अपेक्षाकृत उपलब्धि

काठमाडौँ – संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको एक वर्षमा अपेक्षाकृत उपलब्धि भएको जनाइएको छ । एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनको एक वर्ष पूरा भएका अवसरमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजनाको प्रगतिबारे जानकारी गराएको छ । कार्यक्रममा एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले यस अवधिमा १८ किलोमिटर लामो सीमापार विद्युत् प्रसारण लाइनका लागि ठेकेदार छनोट भएको र ठेकेदारको पहुँचका लागि साइट तयार गर्नमा उल्लेखनीय प्रगति भएको बताए । त्यस्तै दुई सय ९७ किमी प्रसारण लाइनका लागि यस वर्ष पुनःबोलपत्र आह्वान गरिने उनले उल्लेख गरे । तीन वटा सबस्टेशनका लागि ठेक्का सम्झौता सम्पन्न भएको जानकारी...

Read More

रोजगारी र लगानीका नयाँ गन्तव्य बन्दै ‘स्टार्टअप’, यी हुन् सरकारले तोकेका १९ क्षेत्र

काठमाडौँ – नवप्रवर्तनमा आधारित उद्योग सेवा तथा व्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ सरकारले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ कार्यान्वयनमा ल्याएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यान्वयनमा ल्याएको सो कार्यविधिले स्टार्टअप गर्न चाहनेलाई मार्ग प्रशस्त गरेको छ । सो कार्यविधिले नवप्रवर्तनमा आधारित उद्योग व्यवसाय सञ्चालन गर्न चाहनेलाई सहज वातावरण मात्रै बनाएको छैन, रोजगारी र लगानीको थप क्षेत्रसमेत पहिचान गरेको छ । सरकारले गत साउन ३० गते मात्रै उक्त कार्यविधि स्वीकृत गरेको थियो । कार्यविधि अनुसार रु पाँच लाखदेखि २० लाखसम्मको कर्जा परियोजना नै धितो राखेर पाइन्छ । त्यसमा तीन प्रतिशत मात्रै ब्याज लाग्नेछ । पछिल्ला दिनमा यसप्र्रकारको...

Read More

तापक्रम बढेर खुम्बु क्षेत्रका हिमताल फुटेको प्राधिकरणको निष्कर्ष

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तापक्रम वृद्धिका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमताल फुटेर बाढी भएको जनाएको छ । बुधबार सिंहदरबारमा आयोजित छलफल कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले तापक्रम वृद्धिका कारण थामे खोलाको मुहान क्षेत्रमा रहेका हिमतालमा पानी बढेको र तल्लो ताल फुटेर बाढी आएको जानकारी दिए । स्थलगत निरिक्षणका क्रममा पनि हिमाल पग्लेर माथिल्लो तालमा पानीको सतह बढेको र उक्त पानी तल्लो तालमा जम्मा भई भार थेग्न नसकेको फुटेको देखिएको उनले बताए । पोखरेलले स्थानीयहरुले सो समयमा केहि बर्ष भएपनि अहिलेसम्मकै गर्मी महशुस गरेको बताएको समेत जानकारी दिए । उनले सोलु घटनाले...

Read More