Author: Himalaya Post

भ्रष्टाचार कसुरका लागि पाँच वर्षे हदम्याद रास्वपालाई स्वीकार्य छैन : सचेतक परियार

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचार कसुरका लागि पाँच वर्षे हदम्यादको विरोध जनाएको छ । सिंहदरबारमा मंगलबार बसेको रास्वपा संसदीय दलको बैठकले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचार मुद्दामा अनुसन्धानका लागि पाँच वर्षे हदम्याद स्वीकार्य नहुने निष्कर्ष निकालेको हो । रास्वपा प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचारमा हदम्याद स्वीकार्य नहुने दलको निष्कर्ष रहेको बताए। त्यस्तै उहाले जलनसम्बन्धी गैरसरकारी विधेयकका बिषयमा बैठकमा छलफल भएको छिटै सदनमा दर्ता गर्ने जानकारी दिए । बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टीआरसी विधेयकको समर्थन गर्दै सदनमा उक्त विधेयकको समर्थनमा धारणा राख्ने उनले बताए । त्यस्तै बैठकमा सदन र संसदीय समितिमा थप प्रभावकारी भूमिका निर्वाह...

Read More

सुस्त मनस्थितिकी किशोरी बलात्कार गर्ने युवक कारागार चलान

खोटाङ–  सुस्त मनस्थितिकी १४ वर्षीया किशोरीलाई जबरजस्ती बलात्कार गरेर फरार भएका साकेला गाउँपालिका–२ रतन्छाका ३६ वर्षीय नरदेश राई पक्राउ परेका छन् । विसं २०७२ माघ १८ गते राति आफन्तको घरबाट घर फर्कंदै गरेकी सुस्त मनस्थितिकी किशोरीलाई बाटो छेकेर सामूहिक बलात्कार गरेर फरार भएकामध्ये १३ वर्ष कैद तोकिएका नरदेश पक्राउपछि सोमबार साँझ कारागार चलान भएका हुन् । सुस्त मनस्थितिकी किशोरी बलात्कृत भएको दुई दिनपछि विसं २०७२ माघ २० गते आफन्तले दिएको जाहेरीका आधारमा जिल्ला अदालतले विसं २०७९ चैत ३० गते नरदेशसहित घटनामा संलग्नलाई कैद सजाय सुनाएको थियो । जिल्ला अदालतले कैद सजाय सुनाएको तीन वर्षपछि नरदेशलाई घरमा आएको मौका पारेर...

Read More

झापामा थप बाह्र सय हेक्टर जमिनमा सिँचाइ सुविधा

भद्रपुर (झापा)– झापा भूमिगत जलसिँचाइ आयोजनाबाट जिल्लामा भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०/८१ मा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको छ । योसँगै झापामा छ सय हेक्टर जमिनमा किसानको पहुँच पुगेको हो । आयोजनाका सूचना अधिकारी ईश्वर थापाका अनुसार गत आवका लागि विनियोजित रु १० करोड ४५ लाखको वित्तीय प्रगति शतप्रतिशत हुनुका साथै भौतिक प्रगति एक सय ३४ दशमलव १७ प्रतिशत रहेको छ । गत आवमा विनियोजित बजेटमा आयोजनाले लिएको लक्ष्यभन्दा बढी काम भएकाले भौतिक प्रगति बढेको छ । गत आवमा कृषि उत्पादन बढाउन नदी तथा...

Read More

नेपाली क्रिकेट टोली भारतको बैंगलोरमा, दुई साता लामो प्रशिक्षण लिदैँ

काठमाडौँ– नेपाली क्रिकेट टोलीले बैंगलोरस्थित राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए) प्रस्थान गरेको छ । क्यानले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)सँग सहकार्य गरेको पहिलो औपचारिक सहमति अन्र्तगत एकदिवसीय विश्वकप क्रिकेटको छनोट रहेको लिग–२ अन्तर्गत सेप्टेम्बरमा हुने त्रिकोणात्मक शृंखलाको अन्तिम तयारी गर्ने उद्देश्यका साथ नेपाली राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको हो। क्यानले यस पहलको नेतृत्व गरेकोमा भारतीय क्रिकेट बोर्डका सचिव जय शाह र सम्बन्धित निकायप्रति कृतज्ञता व्यक्त गरेको छ । यस साझेदारीसँगै भविष्यमा क्रिकेट भ्रमणहरू हुने तथा नेपाललाई क्रिकेट राष्ट्रको रूपमा विकास गर्ने अवसरहरू प्रदान हुने क्यानको विश्वास छ...

Read More

फरार प्रतिवादीबाट एक वर्षमा ६ करोडभन्दा बढी राजस्व

इनरुवा )सुनसरी)– गत आर्थिक वर्ष २०८०/८१ मा फरार प्रतिवादीबाट सुनसरीमा रु छ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको फरार प्रतिवादी नियन्त्रण अभियानअन्तर्गत सो आवमा रु छ करोड ६६ लाख ३० हजार नौ सय ९१ राजस्व तथा जरिवानाबाट असुल भएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए। फैसला कार्यान्वयनमा फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने क्रममा प्रहरीले एक सय ४५ जना प्रतिवादीलाई नियन्त्रणमा लिँदा एक सय ९३ वर्ष छ महिना छ दिन कैद भुक्तानी भएको छ भने राजस्व तथा जरिवानाबाट रु छ करोड ६६ लाख ३० हजार नौ सय ९१ असुल भएको प्रनाउ भण्डारीले जानकारी...

Read More