Author: Himalaya Post

बङ्गलादेशमा १३ वर्षयताकै उच्च मुल्यवृद्धि

काठमाडौँ – बङ्गलादेशको मुद्रास्फीति दर जुलाईमा ११.६६ प्रतिशत पुगेको छ । यो बङ्गलादेशमा १३ वर्ष यताकै सबैभन्दा बढी बृद्धि दर रहेको बङ्लादेशको तथ्याङ्क विभाग (बीबीएस) ले सोमबार जनाएको छ। मुख्यतया खाद्यान्नको मूल्य बृद्धिका कारण मुल्यवृद्धिदर अस्वभाविक रुपमा बढेको विभागको तथ्याङ्कले जनाएको छ । गत जुन महिनामा मुल्यवृद्धि दर ९.७२ प्रतिशत रहेको बीबीएसको तथ्याङ्कले देखाएको छ । बीबीएसका अनुसार खाद्य मुल्यवृद्धि जुलाईमा १४.१० प्रतिशतले बढेको छ, जुन एक दशकको अवधिमा सबैभन्दा बढी हो । यसै गरी जुन महिनामा पनि खाद्य मुल्यवृद्धि दर १०.४२ प्रतिशत थियो । गैर–खाद्य पदार्थको मुल्यवृद्धिदर पनि जुनमा ९.१५ प्रतिशतबाट बढेर जुलाईमा ९.६८ प्रतिशत पुगेको तथ्याङ्कले देखाएको...

Read More

सातै प्रदेशमा मानव अंग प्रत्यारोपण उप केन्द्र बनाउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अंग प्रत्यारोपणका लागि उप केन्द्र खोलिने घोषणा गरेका छन् । विश्व अंगदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अंगदान गर्नेहरुलाई सम्मान गर्दै मन्त्री पौडेलले आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा पनि यो विषय समेटिएको बताए । ‘मानव अंगदानका लागि सबै प्रदेशमा यसै केन्द्रको शाखाका रुपमा उप केन्द्र सञ्चालन हुनेछन्,’ मन्त्री पौडेलले भने, ‘तत्काल कोशी प्रदेशबाट यो काम थालिनेछ ।’ ‘यस(केन्द्र)ले मात्र देशैभर सेवा दिन सक्दैन,’ उनले भने, ‘त्यसैले भक्तपुरलाई केन्द्र बनाएर सातै प्रदेशमा अंग प्रत्यारोपण उप केन्द्र खोल्ने तयारी गरेका छौं ।’ उनले कोशीमा छिट्टै उप केन्द्र...

Read More

१७ देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया प्रारम्भ

काठमाडौँ– संसदीय सुनुवाइ समितिले विभिन्न १७ देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ । संसद भवन नयाँ बानेश्वरमा मंगलबार बसेको समिति बैठकले प्रस्तावित राजदूतका सम्बन्धमा १० दिनभित्र सार्वजनिक सूचनामार्फत उजुरी आह्वान गर्ने निर्णय गरेको समितिका सभापति पशुपतिशम्शेर जबराले जानकारी दिए । सरकारले यही साउन १४ गते डा शङ्कर शर्मा (भारत), प्राडा कृष्णप्रसाद ओली (चीन), लोकदर्शन रेग्मी (संयुक्त राज्य अमेरिका), चन्द्रकुमार घिमिरे (संयुक्त अधिराज्य), डा शिवमाया तुम्बाहाम्फे (दक्षिण कोरिया), प्रा धनप्रसाद पण्डित (इजरायल), रामकृष्ण भट्टराई (श्रीलङ्का) र रीता धिताललाई (पाकिस्तान) का निम्ति आवासीय नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो । त्यस्तै नरेशविक्रम ढकाल (साउदी अरेबिया), प्राडा कपिलमान...

Read More

रास्वपा सांसदले बोल्दाबोल्दै सभामुखले माइक काटेपछि सदनमा विपक्षी दलको विरोध

काठमाडौँ– रास्वपा सांसदले आकस्मिक समयमा बोल्दै गर्दा सभामुखले माइक काटेपछि विपक्षी दलले विरोध जनाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद हरि ढकालले डेडिकेटेड र ट्रंक लाइनको विवादको विषयमा बोलिरहदा सभामुख देवराज घिमिरेले माइकको लाइन काटेका थिए। सभामुखले लाइन काटेपछि माओवादी केन्द्र, रास्वपा र राप्रपाका सांसदहरू सिटबाट उठेर विरोध गरेका थिए । सभामुख घिमिरेले भने विषयभन्दा बाहिर गएर बोलेकाले माइक काटेको बताउदै यो सभामुखको अधिकारको विषय भएको बताएका थिए । तर विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि केहिबेर सदनको कामकारवाही प्रभावित भएको थियो । विरोधकैबीच सभामुख घिमिरेले रास्वपा सभापति रवि लामिछानलेलाई बोल्न समय दिएपनि लामिछानेले हरि ढकालले नै...

Read More

नयाँ सरकारलाई नजिकबाट नियाल्दैँ छौँ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ सरकारलाई नजिकबाट नियालिरहेको बताएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानले सरकारको सुरुवाती संकेतलाई जनताले मुल्याङ्कन गरिरहेको भन्दै पार्टीले पनि नजिकबाट नियालिरहेको बताएका हुन् । उनले छिटै पार्टीका तर्फबाट सरकारको कामकारवाहीका बारेमा धारणा सार्वजनिक गर्ने जिकिर गरे । लामिछानले विद्युत प्राधिकरणको बक्यौतामा रकम उठाउनुपर्नेमा कुनै दुइमत नरहेको जनाए । त्यस्तै उनले भ्रष्टाचार कसुरका लागि पाँच बर्षे हदम्याद स्वीकार्य नहुने भन्दै जुनसुकै समयमा भएको भ्रष्टाचारको अनुसन्धान हुनुपर्नेमा जोड दिए...

Read More