Author: Himalaya Post

मन्त्रीस्तरीय बिम्स्टेक सम्मेलनमा भाग लिन मन्त्री भण्डारी भारत प्रस्थान

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा आज नयाँदिल्ली प्रस्थान गरेका छन् । कन्फेडेरेसन अफ इन्डियन इन्डष्ट्रीज्ले विदेश मन्त्रालयसँगको सहकार्यमा आजदेखि आयोजना गरेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) व्यापार शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन बिहीबारसम्म सञ्चालन हुनेछ । सम्मेलनका क्रममा नेपालका तर्फबाट बिम्स्टेकबाट नेपालको व्यापार व्यवसाय प्रवद्र्धनमा लिन सकिने फाइदा र भारतसँगको व्यावसायिक हितका विषयमा छलफल गरिने मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ । सम्मेलनमा मन्त्री भण्डारीको उपस्थितिले नेपालका लागि दक्षिण एसिसाली र पूर्वी एसियाली क्षेत्रीय सौविध्यपूर्ण बजार पहुँच अभिवृद्धि, नेपालको स्तरोन्नति...

Read More

टीआरसी विधेयक संसदको आगामी बैठकमा प्रस्तुत हुन्छ : कानुनमन्त्री चौरासिया

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संसदको आगामी बैठकमा प्रस्तुत गर्ने गरी अघि छलफल गर्न आग्रह गर्नुभएको छ । सिंहदरबारमा मंगलबार बसेको कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा मन्त्री चौरसियाले प्रतिनिधिसभाको साउन २९ गते बस्ने बैठकमा उक्त विधेयक प्रस्तुत गर्ने गरी अघि बढ्न आग्रह गरेका हुन् । सदनले विजनेस नपाइरहेको अवस्थामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका साथै केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफललाई निष्कर्षमा पुराउनुपर्नेमा उनले जोड दिए । मन्त्री चौरसियाले केही नेपाल ऐनलाई संशोधनसम्बन्धी विधेयकमा देखिएका विषयहरुमा सहमति खोज्न आफु गम्भीर भएर लाग्ने जिकिर गरे । त्यस्तै विधायन सम्बन्धी व्यवस्था...

Read More

अविरल वर्षाका कारण काठमाडौँका नदी किनारका अधिकांश स्थानहरु डुवानमा (तस्बिरसहित)

काठमाडौँ– अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका नदि किनारका अधिकांश स्थानहरु डुवान भएका छन् । बर्षाका कारण नजिकैको नदि खोलामा बाढि आएपछि किनारका अधिकांश स्थानहरु डुवान भएका हुन् । ललितपुरको च्यासल, युन एनपार्क काठमाडौंको बल्खु किनारका स्थानमा बाढि पसेको छ भने सडकहरुमा आवतजावतमा समस्या भएको छ । त्यस्तै भक्तपुरको हनुमन्ते खोलामा बाढि आउदा भक्तपुरका बस्ती डुवान भएका छन् । मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाउँदै ती स्थानमा सतर्कता अपनाउन आग्रह गरेको छ । हेर्नुहोस् डुवानमा परेका...

Read More

नारायणगढमा समातिएको बाघ निकुञ्जमा छाडियो

चितवन– नारायणगढको नारायणी नदी किनारबाट नियन्त्रणमा लिइएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा छाडिएको छ । उक्त बाघलाई निकुञ्जको भित्री क्षेत्रमा सोमबार साँझ छाडिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नियन्त्रणमा लिइएको बाघको स्वास्थ्य अवस्था राम्रो रहेको छ । एक रात सौराहामा राखेर स्वास्थ्य अवस्था हेरेर निकुञ्जको भित्री भागमा छाडिएको हो । सूचना अधिकारी तिवारीले भने, “स्वास्थ्य, उमेर र मानिसलाई गरेको हानिको मूल्याङ्कन गरेर जङ्गलमा छाडिएको हो ।” उनका अनुसार बाघ बुढो भएर सिकार गर्न नसक्ने भएमा नरभक्षी हुनसक्छ । बाघले बाटो बिराएर नारायणी किनारमा पुगेको र मानिससँग जम्काभेट हुँदा आक्रमण गरेको उनको भनाइ छ । रातको समयमा बाघ...

Read More

गुल्मीमा पहिरोले दुई घर पुरिंदा ४ जनाको मृत्यु, २ घाइते

गुल्मी– गुल्मीको मुसिकोट नगरपालिकाको वडा नम्बर–१ बिसौनामा गएको पहिरोले २ वटा घर पुरिएका छन् । पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए । पहिरोमा पुरिएर मृत्यु हुनेमा ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षकी मसुरी विक रहेका छन् । पहिरोमा पुरिएका मुना विक र बिष्णु विकलाई भने स्थानीयले उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकीमा पठाएका छन्...

Read More