Author: Himalaya Post

बिपी राजमार्ग अवरुद्ध, खोलाले बगाएर महिलाको मृत्यु

काभ्रेपलाञ्चोक– अविरल वर्षाका कारण खहरे खोलाको लेदोका कारण आज बिहान ११ः१५ बजेदेखि रोशीस्थित बिपी राजमार्गअन्तर्गत माम्ती सडकखण्ड अवरुद्ध भएको छ । रोशी गाउँपालिका–११ स्थित माम्ती खोला र भ्याकुरे खोलाको बाढीका कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार राजमार्ग अवरुद्ध हुँदा दुवै तर्फका सयौँ यातायातका साधन रोकिएका छन् । ट्राफिक प्रहरीसहित सुरक्षाकर्मीले अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको जनाइएको छ । वर्षामा उक्त स्थानमा राजमार्ग अवरुद्ध हुँदै आउने गर्दछ । यस्तै वर्षाका कारण आज बिहानदेखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत धुलिखेल पकुचा सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार माथिबाट...

Read More

वर्षाले काठमाडौँ उपत्यकाको जनजीवन प्रभावित

काठमाडौँ–  गएरातिदेखिको लगातारका वर्षाका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत प्रभावित भएको छ । निरन्तरको वर्षाले काठमाडौँ उपत्यका भएर बग्ने खोला, नदीमा पानीको सतह बढ्नाका साथै किनार र आसपासका बस्ती प्रभावित भएका छन् । वर्षाले मुख्य सडक जलमग्न हुँदा सडक यातायात प्रभावित बनेको छ । सिंहदरबार परिसरमा रहेका कतिपय मन्त्रालयको प्रवेशद्वार अगाडि पानी जम्दा असहज भएको छभने नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको कार्यालय परिसर जलमग्न भएको छ । रामशाहपथस्थित राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको कार्यालय भवनमा सेवाग्राही प्रवेश गर्न नमिल्नेगरी पानी जमेको छ । पानी जमेपछि कार्यालयले पानी तान्ने मोटर प्रयोग गरी धमाधम निकास...

Read More

डेङ्गीबाट एकको मृत्यु, ३० जनामा हैजा पुष्टि

काठमाडौँ– देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले डेङ्गीबाट एकजनाको मृत्यु भएको आज जनाएको हो । गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय ६५ जनाबाट सङ्क्रमित छन् । डेङ्गी सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । कोशी प्रदेशमा पाँच सय ३७, मधेसमा ४६, बागमतीमा सात सय ४७, गण्डकीमा पाँच सय आठ, लुम्बिनीमा दुई सय ४७, कर्णालीमा ३८ र सुदूरपश्चिममा दुई सय ४२ जना सङ्क्रमित भएका हुन् । काठमाडौँ उपत्यकामा दुई सय ८७, कास्कीमा एक सय ३७,  झापामा एक सय ३३, चितवनमा एक सय १६ र तनहुँमा एक...

Read More

नेपाल फाइनान्सको लगनखेल शाखा प्रयागपोखरीमा सर्‍यो

काठमाडौँ– नेपाल फाइनान्स लिमिटेडको लगनखेल शाखा कार्यालय प्रयागपोखरीमा सरेको छ । फाइनान्सले श्रावण २१ गतेका दिन संस्थाको ललितपुर महानगरपालिका– ५ स्थित रहेको शाखा कार्यालयलाई प्रयागपोखरीमा स्थानान्तरण गरेको हो । कार्यक्रमको समुद्घाटन संस्थाका संचालक दिप्रश शाक्यले गरेका थिए । नेपाल फाइनान्स निजि क्षेत्रको लगानीमा नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा वि.सं २०४९ सालमा स्थापित अग्रणी वित्तिय संस्था हो । यसको मुख्य कार्यालय काठमाडौ महानगरपालिका–२८ स्थित कमलादीमा रहेको छ...

Read More

जनतामा देखिएको निराशालाई अन्त्य गर्छाै : उपप्रधानमन्त्री सिंह

काठमाडौँ– उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलकोे सरकारले जनतामा देखिएको निराशालाई अन्त्य गर्ने बताएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसंगको छलफलमा सिंहले पटक पटक सरकार परिवर्तनको खेलका कारण जनतामा निराशा छाएको भन्दै त्यसलाई अन्त्य गर्नका लागि ठूला दुई दल मिलेर सरकार बनाएको र वर्तमान सरकारले जनतामा देखिएको निराशालाई अन्त्य गर्ने बताएका हुन् । वर्तमान सरकारले देश र जनताका लागि नतिजामूखी काम गर्ने उहाले बताउनुभयो । सिंहले राजनीतिक स्थायित्व र स्थीरताको जगमा मुलुकको परिवर्तन गर्न ध्यान केन्द्रित गर्ने धारणा राखे । यस्तै उपप्रधानमन्त्री सिंहले देशभरका सहरी क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न नीतिगत सुधारका साथ अघि बढ्ने उल्लेख गरे...

Read More