Author: Himalaya Post

वर्षाले काठमाडौँका खोलामा पानीको बहाव बढ्यो, टेकुदेखि बल्खुसम्म डुबानमा

काठमाडौँ– काठमाडौँमा रातिदेखि परेको लगातार वर्षाले यहाँको खोलामा पानीको बहाव बढेको छ । पानीको बाहव बढेसंगै यहाँका विभिन्न क्षेत्र डुबानमा परेको छ । भीषण वर्षाले वागमती नदीको पानीको सतह बढेसंगै विशेषगरी काठमाडौँ महानगरपालिका वडा नम्बर १४, बल्खुको टेकु दोभानदेखि बल्खु तरकारी बजारसम्मका क्षेत्र डुबानमा परेको छ । यसैगरि कुलेश्वर फलफूल बजार क्षेत्र, बल्खु तरकारी बजारको उत्तर तथा दक्षिण भाग तथा सुकुम्बासी बस्ती क्षेत्रमा समेत पानी पसेको छ । त्यस्तै माछापोखरी क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप लाइन फुटेर घरहरू डुबानमा परेको छ भने कीर्तिपुर नगरपालिका-६ चोभारमा पनि पहिरो गएको छ । नदी तथा खोला किनारमा रहेका बस्ती बाढी र डुबानको...

Read More

खेलकुद मन्त्री महर्जन र फुटबल संघका अध्यक्ष नेम्वाङबीच भेटवार्ता

काठमाडौँ– बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र अखिल नेपाल फुटबलको संघ अध्यक्ष पंकज बिक्रम नेम्वाङ बीच भेटघाट गरेका छन् । उनिहरु बीच गोदावरी नगरपालिका वडा नम्बर १० मा अवस्थित गोदावरी मिनि रंगशाला निर्माणको बिषयमा छलफल भएको मन्त्री महर्जनले बताए। गोदावरी नगरपालिका भित्र नमुनाको रुपमा रहेको उक्त रंगशाला गोदावरी नगरपालिकाले डिपिआर तयार पारी नगरपालिकाले केही निर्माण कार्य अगाडि बढाई सकेको छ। करिब २५ करोड लागतमा निर्माण हुन लागिएको उक्त रंगशाला बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय, र एन्फाको सहकार्यमा निर्माण हुने मन्त्री महर्जनले बताए । निर्माण कार्यको पहिलो सुरुवात एन्फाले गर्नेछ। अब केहि दिनमा गोदावरी नगरपालिका र...

Read More

वीर अस्पतालमा चरम अनियमितता, के गर्दै छ सतर्कता केन्द्र ?

काठमाडौँ– वीर अस्पतालमा व्यापक अनियमितताका कारण अस्तव्यस्त भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रबाट छानविन सुरु भएको छ । अस्पतालमा आउने सेवाग्राही र कर्मचारीले अस्पताल सुधार, सेवाको सहजता र भ्रष्टाचार रोक्न छानबिन तथा कारवाहीका लागि प्रधानमन्त्री कार्यालय, राज्य ब्यवस्था तथा सुशासन समिति, शिक्षा तथा स्वास्थ समिति, अक्तियार दुरुपयोग अनुसन्धान आयोग, स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिव, राष्ट्रिय सर्तकता केन्द्र, सम्पत्ति शुद्धीकरण विभागसमेतमा उजुरी दिएका छन् । त्यसमध्ये सतर्कता केन्द्रले छानविन सुरु गरेको स्रोतको भनाइ छ । केन्द्रले पटक–पटक अनियमितता तथा गुनासो बारेमा अस्पतालसँग जवाफ माग गरेको थियो । तर, अस्पतालले जवाफ नदिएपछि केन्द्रले छानबिन समिति नै गठन गरेर छानबिन...

Read More

आज देशभर वर्षा हुने

काठमाडौँ– हाल देशका अधिकांश भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाउँदै ती स्थानमा सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ । विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहने तथा सबै प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सबै प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ । साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मुसलधारे वर्षाको...

Read More

सडक डिभिजन दमकद्वारा गतआवमा ३३ किमी सडक कालोपत्र

भद्रपुर (झापा)– सडक डिभिजन दमकले गत आर्थिक वर्षमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । सडक डिभिजनले ३७ किमी सडक कालोपत्र गर्ने लक्ष्य राखे पनि लक्ष्य राखेको थियो । सडक डिभिजन दमकका सूचना अधिकारी इन्जिनियर गौतमकुमार देवका अनुसार गत आवमा दुईवटा मोटरेबल पुल निर्माणको काम सम्पन्न भएको छ । “राजमार्गका १४ किलोमिटर सडक आवधिक मर्मत र पाँच किमी राजमार्ग पुनःनिर्माण तथा स्तरोन्नति भएको छ”, उनले भने । सडक डिभिजन दमकका अनुसार जिल्लामा निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि विनियोजित रु २२ करोड ८५ लाख ५८ हजारमध्ये सबै अर्थात् शतप्रतिशत खर्च भएको छ । दमक–चिसापानी सडकका लागि विनियोजित रु छ करोडमध्ये...

Read More