Author: Himalaya Post

झापाको घटनाबारे प्रभु बैंकको स्पष्टिकरण, भन्यो– ‘दोषीउपर कानुनी कारवाही अघि बढाइएको छ’

काठमाडौँ– अहिले चर्चाको केन्द्रमा रहेको प्रभु बैंकको झापा शाखामा भएको घटनाको बारेमा बैंकले स्पष्टीकरण दिएको छ । उक्त भटनाबारे हाल आवश्यक छानबिन भइराखेको र दोषीउपर काननी कारवाही अघि बढाइएको बताइएको छ । उक्त शाखा कार्यालयका निक्षेपकर्ता मञ्जुकुमारी नेपालले मुद्दती रसिदको रकम फिर्ता पाउँ भनी पेस गरेको निवेदन बमोजिमको रकम सम्बन्धित खातामा नपाइएपछि सो घटनाक्रममा कानुनी कारवाही अघि बढाइएको जनाएको हो । बैंकको कोशी प्रदेश प्रमुख बद्री कुमार कटवालले भनेका छन्, ‘आवश्यक छानबिन तथा प्रचलित कानुन बमोजिमको कारबाही पश्चात् उक्त घटनाको सत्य, तथ्य र वास्तविकता पत्ता लागी दोषी उपर ठहरे बमोजिमको कारबाही हुने नै छ भन्नेमा बैंक विश्वस्त रहेको छ...

Read More

संविधान जोगाउन दलहरूबीच सहकार्यको खाँचो छ : अध्यक्ष नेपाल

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । नेकपा समाजवादी काठमाडौँ महानगर कमिटीद्वारा कामपा–१८ नरदेवीमा आइतबार अयोजित कार्यक्रममा उहाँले लोकतन्त्र,संविधानको रक्षा एवं राजनीतिक सङ्कटका समाधानमा आफ्नो पार्टीले समन्वयकारी नेतृत्व लिँदै आएको जनाए । उनले भने,“आगामी दिनमा पार्टीलाई आत्मविश्वासका साथ जनताको सेवामा थप सशक्त र केन्द्रित गर्नुपर्छ । आर्थिक समृद्धि र सुशासन कायम गर्नु नै अहिलेको प्रमुख चुनौती हो । लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्र सह्य हुँदैन । वामपन्थी र प्रगतिशील शक्तिबीच एकताको खाँचो छ ।” पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले संविधान र गणतन्त्रको रक्षाका लागि सबै...

Read More

लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण गर्न सहकार्य

लुम्बिनी– बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण एवं थप पर्यटन प्रवर्द्धन गर्न लुम्बिनी विकास कोषले आइतबार लुम्बिनी सांस्कृति नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको छ । लुम्बिनी पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिकोणले नेपालको अमूल्य सम्पत्ति रहेकाले यसको विकास, संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकार र कोषबीच सहकार्य गर्नुपर्नेको खाँचो छलफलका सहभागीले औँल्याएका थिए । कार्यक्रममा कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनीको विकास र संरक्षण आफूहरूले मात्रै गरेर नहुने जनाउँदै स्थानीय सरकार, लुम्बिनीका स्थानीय बासिन्दाको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए । उनले कोषको वर्तमान पदाधिकारी स्थानीयवासीको सवालमा संवेदनशील रहेको जनाउँदै लुम्बिनीलाई बौद्धमार्गी र विश्वशान्तिका अनुयायीहरूको थलोका रूपमा विकास गर्नुपर्ने बताए । उनले स्थानीय...

Read More

जसपा नेपालद्वारा केन्द्रीय समिति बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । बैठक यही साउन २७, २८, २९ र ३० गते ललितपुरको सानागाउँस्थित थसी ब्याङक्वेटमा बस्ने गरी आह्वान गरिएको सो पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए । उनले भने, “बैठकमा पार्टी एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिका, वर्तमान भू–राजनीतिक अवस्था र नेपालको परराष्ट्र नीति तथा सम्बन्धलगायतका विषयहरुमा केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण दिइने छ ।” यसैगरी बैठकबाट पार्टीको आगामी वैचारिक, राजनीतिक, सङ्गठनात्मक कार्ययोजना तथा कार्यक्रमलगायतका विषयहरुमा छलफल गरी आवश्यक निर्णय हुने जनाइएको छ । गत जेठ अन्तिममा महाधिवेशन सम्पन्न गरेको जसपा नेपालको पहिलो बैठकमा केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको शपथ लिने बस्नेतले बताए...

Read More

सर्वोच्च अदालत : मुद्दा फर्स्योटमा सुधार

काठमाडौँ– सर्वोच्च अदालतले आर्थिक वर्ष २०८०/८१ मा १५ हजार चार सय ८४ (३९ दशमलव ८४ प्रतिशत) मुद्दा फर्स्योट गरेको छ । विगत पाँच वर्षका तुलनामा यो सङ्ख्या सबैभन्दा धेरै हो । सो आवमा सर्वोच्चमा ४० हजार ९९२ मुद्दा भएकामा २५ हजार चार सय २५ मुद्दा फर्स्योट गर्न बाँकी छ । आव २०७९/८० मा ३० दशमलव १७ प्रतिशत, आव २०७८/७९ मा १९ दशमलव एक प्रतिशत, आव २०७७/७८ मा १५ दशमलव ८२ प्रतिशत र आव २०७६/७७ मा ३०.५१ प्रतिशत मुद्दा फर्स्योट भएको थियो । सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले सर्वोच्च अदालतमा मुद्दाको फर्स्योट सुधारोन्मुख रहको र सबै मुद्दालाई उत्तिकै प्राथमिकता दिएर...

Read More