Author: Himalaya Post

संसद् भवन निर्माण समयमै पूरा गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन

काठमाडौँ – उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधिन संसद् भवन नौ महिनाभित्र पूरा गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा निर्माणाधिन संसद् भवनको आज निरीक्षणपछि उनले कामको गति सुस्त भएको उल्लेख गर्दै समयमै काम सक्न निर्देशन दिए । “सिफ्ट बढाएर भएपनि तोकिएको समयमा भवन निर्माण सम्पन्न गर्नुपर्यो । केही अप्ठ्यारा छन् भने मन्त्रालय सहजीकरण गर्न तयार छ । समयमा सबै काम सकियोस् । आउँदो हिउँदे अधिवेशन यही भवनमा गर्ने गरी तत्परताका साथ काम गर्नुहोस्”, उनले भने। तोकिएको समयावधिमा काम सम्पन्न नहुने गुनासो सुनिएपछि निरीक्षणका लागि आएको बताउदै उपप्रधानमन्त्री सिंहले कामलाई तिब्रता दिन निर्देशन दिए । त्यस अवसरमा मन्त्रालयका...

Read More

बेतबाँसका सामग्रीबाट आत्मनिर्भर ललिता

कैलाली – धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी ललिता चौधरीले लामो समयदेखि व्यावसायिक रुपमा बेतबाँस हस्तकला उद्यम सञ्चालन गर्दै आएकी छन् । बेतबाँसबाट विभिन्न सामग्री उत्पादन गर्दै आएकी उनलाई श्रीमान् र परिवारको साथ सहयोग छ । बेतका सामग्री बनाउने उनले अहिलेसम्म कुनै पनि तालिम लिएकी छन् । सुरुमा दिदीको काममा सहयोग गर्दै आएकी उनले काम सिकेपछि उद्यम सुरु गरेकी हुन् । विसं २०७५ मङ्सिरमा घरेलु कार्यालय धनगढीमा फार्म दर्ता गरी उनले उद्यम सुरु गरेकी हुन् र उनको घरपरिवारको सम्पूर्ण खर्च धान्ने स्रोत यही बेतबाँस उद्योग बनेको छ । दुई छोरी, एक छोरा, श्रीमान् र आफूसमेत गरी पाँच जनाको उनको परिवार छ ।...

Read More

सचिवलाई प्रधानमन्त्रीको निर्देशन : सरकार ढल्ने त के ढलपल पनि हुँदैन, ढुक्कले काम गर्नुहोस्

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक गम्भीर परिस्थितिबाट गुज्रिरहेका बेला दुई प्रमुख दलको सहकार्यमा वर्तमान सरकार गठन भएकाले यसलाई कुनै हालतमा पनि सफल बनाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट जनचाहनाअनुसार काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाइमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा पनि स्पष्ट पारिसकेको स्मरण गराए । “यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन् । राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलन लडेर आएका यी पार्टी मुलुकको विकास र परिवर्तनका लागि सधैँ मुख्य भूमिकामा छन् । त्यसकारण यो...

Read More

देशको विकासमा युवाहरुको भूमिका महत्वपूर्ण : अध्यक्ष नेपाल

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देशको विकासमा युवाहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । मंगलबार काठमाडौंमा अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा उनले नेपाली युवाहरु देश र बिदेशमा जुनसुकै क्षेत्रमा अव्वल गरेको भन्दै देशको बिकासमा परिचालन हुनुपर्ने बताएका हुन् । उनले २०५१ सालमा आफु रक्षा मन्त्री भएकैबेला महिलाहरुलाई नेपाली सेनामा भर्ती गर्ने प्रचलनको सुरुवात गरेको बताए । उनले सोही समयमा नै तत्कालीन प्रधानसेनापतिले भ्रष्टाचार गरेपछि उनलाई बर्खास्त गरेको समेत स्मरण गरे । उनले छोरा र छोरीबीच कसैले पनि भेदभाव गर्न नपाइने भन्दै समान अधिकारका लागि पनि आवाज उठाउनुपर्नेमा जोड दिए...

Read More

राहुघाट जलविद्युत् आयोजना : मुख्य सुरुङको ‘ब्रेक थ्रु’

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङको आज ‘ब्रेक थ्रु’ भएको छ । प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको राहुघाटको ६ हजार दुई सय ७० मिटर लामो सुरुङको ‘ब्रेक थ्रू’ भएको हो । रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा रहेको बाँधदेखि वडा नं ३ तिल्केनीचौरसम्म जोड्ने सुरुङ जोडिएको आयोजनाका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए । सो सुरुङ मार्ग खन्ने क्रममा चारवटा पहुँच मार्ग (अडिट) खण्डीकृत गरी ‘ब्रेक थ्रु’ गरिएको आयोजनाले जनाएको छ । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र प्रबन्ध सञ्चालक केसीले बाँध र अघेरीखोलाको अडिट नं २ जोड्ने...

Read More