Author: Himalaya Post

महर्जनले मन्त्रालयको जिम्मेवारी पाएसंगै खेलकुद क्षेत्र उत्साहित

काठमाडौँ– बागमती प्रदेश सरकारले पूर्णता पाएसँगै खेलकुद क्षेत्रलाई चिनेको, लामो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदलाई नजिकबाट नियालिरहेका, थुप्रै अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सफल बनेका र खेलाडीहरुका लागि मनोबल बढाउन आफ्नै बलबुताले राष्ट्रिय स्तरका धेरै खेलकुद प्रतियोगिताहरु निरन्तर गर्दै आएका मीन कृष्ण महर्जनलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएसँगै खेलकुद क्षेत्रमा उत्साह र उमंगका साथै खुशियाली छाएको छ । खेलाडीहरुको मनोबल बढाउन आफ्नै बलवुतामा राष्ट्रलेसमेत गर्न नसकेका राष्ट्रियस्तरका प्रतियोगिताहरु गर्दै आइरहेका महर्जनलाई बागमती प्रदेश सरकारले खेलकुद क्षेत्रको योगदानको कदर गर्दै युवा तथा खेदकुद मन्त्रालयको जिम्मेवारी दिएपछि विभिन्न सामाजिक सञ्जाल, फोनमा स्वदेशदेखि विदेशमा रहेका खेलाडी र खेलकुद क्षेत्रमा लागेकाहरुले प्रत्यक्ष भेटेर...

Read More

राष्ट्रपतिद्वारा नेपालमा लगानी गर्न जापानीहरूलाई आग्रह

काठमाडौँ–  राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको उक्त भेटमा राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत, पर्यटन र कृषिजस्ता क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण भएको बताए । उनले सरकारले हालैमात्र कानुनमा सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सृजना गरेको उल्लेख गर्दै नेपालमा लगानीका लागि जापानीहरूलाई आग्रह गरे । नेपालमा जापानको निःसर्त र निःस्वार्थ सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै राष्ट्रपति पौडेलले एसियाका ज्योति गौतमबुद्धका माध्यमले जापानसँग नेपालको सम्बन्ध सांस्कृतिक रुपले पनि जोडिएको जनाए । नेपाल–जापानबीचको जनस्तरमा समेत सम्बन्ध सुदृढ रहेको उनको भनाइ थियो...

Read More

विशेष समिति सरकारका लागि मार्गनिर्देशक : गृहमन्त्री लेखक

काठमाडौँ– गृहमन्त्री रमेश लेखकले सहकारी बचत रकम अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने बताएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको भवनमा आज बसेको समितिको बैठकमा गृहमन्त्री लेखकले सहकारीको समस्याको दिगो समाधानका पक्षमा सरकार रहेको स्पष्ट पारे । “सहकारी समस्या समाधानको विषय सरकारले प्राथमिकतामा राखेको छ । यसका लागि सरोकारवासँग छलफल भइरहेको छ”, उनले भने, “सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने विश्वास लिएको छु ।” समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने गृहमन्त्री लेखकले प्रतिबद्धता व्यक्त गरे । देश–विदेशमा फरार रहेका सहकारीको रकम अपचलन र हिनामिनाका आरोपीलाई यथाशीघ्र पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि...

Read More

सहकारी ठगीमा संलग्नलाई नेपाल ल्याउन गृहमन्त्रालयलाई निर्देशन

काठमाडौँ– सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा संलग्नलाई नेपाल ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख लगाएतसंग छलफल गर्दै समितिले सहकारी ठगीमा संलग्न १८ जना देशबाहिर रहेको पाइएको भन्दै उनीहरुलाई नेपाल ल्याउन निर्देशन दिएको हो । देशबाहिर रहेका १८ जनाको नाम समितिले गृहमन्त्रीलाई उपलव्ध गराएको र उनीहरुलाई नेपाल ल्याउन निर्देशन दिइएको समिति संयोजक सूर्य थापाले जानकारी दिए । त्यस्तै सहकारी ठगीको आरोपमा थुनामा रहेका व्यक्तिसंग पनि छलफल गर्ने भन्दै यसका लागि आवश्यक वातावरण बनाउन पनि निर्देशन दिइएको उनले बताए । समिति संयोजक थापाले छानविन समिति गठन भएपछि केहि सहकारी...

Read More

धार्चे पहिरो : बेपत्ताको खोजी जारी

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरूको आज बिहानैदेखि खोजी सुरु गरिएको छ । भीषण पहिरोमा परेर बेपत्ता भएका पाँचजनाको आइतबार दिनभर खोजी गरिए पनि फेला पार्न नसकिएपछि आज बिहानैदेखि खोजी गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । बेपत्ता भएकाको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयवासी जुटेको उनले बताए । “पहिरोले घर तथा कृषि फार्म धेरै पुरिएकाले बेपत्ता भएकाको अवस्था पत्ता लगाउन कठिन भइरहेको छ”, उनले भने, “हिजो दिनभर खोजी गर्दा केही पत्ता लागेन, आज फेरि बिहानैबाट खोजीकार्य थालेका छाँै ।” बेपत्ताको खोजीका...

Read More