Author: Himalaya Post

बिपीन जोशीको रिहाइका लागि सक्दो प्रयास गरिरहेका छौँ : परराष्ट्रमन्त्री डा राणा

काठमाडौँ – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी बिपीन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएकी छन्। जोशीका बुबा महानन्द जोशी र उनको परिवारका सदस्यहरुलाई मन्त्री डा राणाले सो जानकारी दिएकी हुन् । बिपीन जोशीका बुबासहित परिवारका सदस्यहरुले आज परराष्ट्रमन्त्री डा राणालाई उनको कार्यकक्षमा भेटेर बिपीनको रिहाइका लागि पहल गरिदिन अपिल गरेका थिए । उक्त भेटमा मन्त्री डा राणाले जोशी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको जानकारी आफूले पाएको बताइन् । इजरायलमा भएको आक्रमणपछि बिपीन जोशीसहित नियन्त्रणमा लिइएका सबैलाई हमास समूहले सुरक्षित राखेको जानकारी प्राप्त गरेको र उनको सकुशल रिहाइका लागि परराष्ट्र मन्त्रालयले सक्दो...

Read More

सरकारले व्यवसाय गर्न सहज वातावरण बनाउने प्रयास गर्दैछ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ – उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले व्यवसाय गर्न सहज वातावरण बनाउने प्रयास गरेको बताएका छन् । कार्गो दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सिंहले मौद्रित नीतिका साथै अन्य नीतिबाट पनि व्यवसाय गर्न सहज वातावरण बनाउने काम सरकारले गरेको बताएका हुन् । उनले अब कुरा भन्दा पनि काम गरेर देखाउनुपर्ने अवस्था आएको धारणा राखे । कार्गो क्षेत्रको समस्या समाधानका लागि सरकारले गर्नुपर्ने कामका लागि आफूले सहजीकरण गर्ने उनको भनाइ छ । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो...

Read More

पेरिस ओलम्पिक : जुडो खेलाडी मनिता श्रेष्ठ प्रारम्भिक चरणबाटै बाहिरिइन्

काठमाडौँ – नेपाली जुडो खेलाडी मनीता श्रेष्ठ प्रधान पेरिस ओलम्पिक २०२४ को प्रारम्भिक चरणबाटै बाहिरिएकी छन् । च्याम्प–डे–मार्स एरेना म्याट १ मा सोमबार उनले महिला ५७ केजीमुनिमा प्रतिस्पर्धा गरेकी थिइन् । तर, उनी सर्बियन खेलाडी मारिका पेरिसिकसँग पराजित हुदै प्रारम्भिक चरणबाटै बाहिरिएकी हुन् । पेरिसिकले उनलाई एकै मिनेटमा पराजित गरेकी हुन् । योसँगै परेसिकले अन्तिम १६ मा स्थान पक्का गरेकी छन् । यससँगै पेरिस ओलम्पिकमा नेपालबाट सहभागी ७ मध्ये ४ खेलाडी समूह चरणबाटै बाहिरिएका छन्...

Read More

प्रतिनिधिसभा : विद्यालय बसको गति नियमन गर्न सुझाव

काठमाडौँ– सांसदहरुले कास्कीको पोखरा महानगरपालिका–२१ मा दुर्घटनामा परेको विद्यार्थी बोकेको स्कूल बसको विषयबारे सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद शिव नेपालीले तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको निष्कर्ष रहेको उल्लेख गर्दै विद्यालयको बसको गति सीमित तुल्याउन र नियमन गर्न सरकारलाई सुझाव दिए । उनले भने, “चालकले तीव्र गतिमा बस कुदाउने गर्दछन्, त्यसकारण नेपाल सरकारले कडाईका साथ विद्यालयका बसको गति सीमिततालाई कार्यान्वयन गर्न जरुरी छ ।” कास्कीको पोखरा महानगरपालिका–२१ मटिखान नजिकै एलपी देवकोटा मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको बस आज बस दुर्घटनामा परेको थियो । दुर्घटनामा ६ वर्षीय प्रिन्स विक र ३३ वर्षीया आरती विकको मृत्यु...

Read More

निर्वाचन आयुक्तमा सिफारिस भएका प्रधानद्वारा नाम फिर्ताका लगि निवेदन

काठमाडौँ – निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानले आफ्नो नाम सिफारिसबाट फिर्ता गर्नका लागि निवेदन दिएका छन् । सोमबार संसदीय सुनुवाइ समितिमा निवेदन दिँदै प्रधानले आफ्नो नाम सिफारिसबाट हटाउन माग गरेका हुन् । उनीविरुद्ध यौन हिंसा र दुर्वव्यवहारको उजुरी परेकाले संसदीय सुनुवाई समितिले उनको नाम स्वीकृत नगर्ने करिब पक्का भएपछि प्रधानले त्यसअघि नै नाम फिर्ताका लागि निवेदन दिएका हुन् । उनले आफू र आफ्नो परिवारविरुद्ध सामाजिक रुपमा अतिरञ्जना र भ्रम फैलाएको जिकिर गर्दै आफू उम्मेदवार बन्न नचाहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘नेपालको संविधान र संसदीय सुनवाई समितिको प्रकृयाको सम्बन्धमा मेरो उच्च विश्वास व्यक्त गर्दछु । मेरो...

Read More