Author: Himalaya Post

पहिलो महिला मुख्यसचिव बनेपछि गड्तौलाले भनिन् : इतिहास रच्ने कल्पना गरेकी थिइनँ

काठमाडौँ – नवनियनियुक्त मुख्यसचिव लीलादेवी गड्तौलाले आफ्नो नियुक्तिले निकै जिम्मेवारीबोध भएको बताएकी छन् । नेपाल सरकारको पहिलो महिला मुख्यसचिवमा बनेपछि काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रतिक्रिया दिँदै गड्तौलाले मुख्यसचिव आफूले कल्पना गरेको पद नभएको बताइन् । ‘मलाई अहिले एकदमै जिम्मेवारीबोध भएको महसुस गरेको थिइनँ । वास्तवमा मैँले कल्पना गरेको पद पनि होइन’ उनले भनिन्, ‘सायद कर्म र भाग्यले साथ दिएर होला, छोटो समयमा पनि पहिलो महिला मुख्यसचिवको रुपमा नाम राख्न अवसर प्राप्त भयो ।’ उनाले महिलालाई मुख्यसचिव बनाएकोमा धन्यवाद दिइन् भने मन्त्रिपरिषद्मा महिलाका एजेण्डाहरु राम्रोसंग अघि बढिरहेको उल्लेख गरिन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिव बनाएको हो । गत...

Read More

क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य : अस्पताल

काठमाडौँ – दुर्घटनामा घाइते भएका सौर्य एयरलाइन्सका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको काठमाडौँ मेडिकल कलेजले जनाएको छ । अस्पतालका निर्देशक प्राडा मीना थापाले विज्ञप्ति जारी गर्दै उपचाररत केसीको स्वास्थ्यमा अन्य जटिलता नदेखिएको बताएका छन् । बुधबार बिहान सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा दुर्घटनाग्रस्त हुँदा सोही विमानका चालक शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको थियो । विमानमा सवार अन्य १८ जनाको मृत्यु भइरसकेको छ । शाक्यलाई उद्धार गरी सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार सुरु गरिएको थियो । “क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य छ । उहाँको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको छ, ढाडको...

Read More

राष्ट्रिय योजना आयोगमा उपाध्यक्षसहित ६ पदाधिकारी नियुक्त

काठमाडौँ – सरकारले राष्ट्रिय योजना आयोगका पदाधिकारी नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले आयोगका उपाध्यक्ष र सदस्यहरु मनोनयन गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । जस अनुसार आयोगको उपाध्यक्षमा पाल्पाका डा शिवराज अधिकारीलाई नियुक्त गरिएको उनले बताए । अधिकारी त्रिभुवन विश्वविद्यालयमा अर्थतन्त्र प्राध्यापक हुन् । यस्तै बैठकले आयोगका सदस्यहरुमा डा आरपी बिछार, डा रमेशप्रसाद सिंह, डा प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गरेको छ...

Read More

भारतबाट जमुनाह नाका हुँदै १ अर्बको आलु आयात

खजुरा (बाँके) – बाँकेको जमुनाह सीमा नाकाहुँदै भारतबाट गत आर्थिक वर्ष २०८०/८१ मा रु एक अर्ब ११ करोड, ६१ लाखको आलु आयात गरिएको छ । सो अवधिमा चार करोड ४९ लाख ८४ हजार ६ सय ६९ किलो आलु भारतबाट आयात गरिएको हो । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष २०७९/८० भन्दा गत आवमा रु १८ करोडको आलु बढी आयात गरिएको हो । आर्थिक वर्ष २०७९/८० मा रु ९३ करोड ६० लाख ६९ हजार बराबरको तीन करोड ७५ लाख ८५ हजार ८८ किलो आलु आयात गरिएको थियो । आलु आयातबाट आव २०७९/८० मा रु १४ करोड...

Read More

अर्घा दरबार पुनःनिर्माण थालियो

अर्घाखाँची –अर्घाखाँचीको धार्मिक तथा पर्यटकीयस्थल अर्घा दरबार पुनःनिर्माण थालिएको छ । अर्घा अग्लो पहाडको थुम्कोमा अवस्थित प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको रमणीय थलो हो । बाइसे चौबिसे राज्यका समयमा राजकाज चलाउने स्थानको रुपमा रहेको यहाँ हाल महाकाली मन्दिर र दरबार रहेको छ । पन्ध्रौँं शताब्दीदेखि अस्तित्वमा रहेको यो मन्दिरमा विजया दशमीको पूर्णिमाको दिन विशेष मेला लाग्छ । सराये नाचको प्रमुख उदगमस्थलको रुपमा अर्घाको दरबार र अर्घा भगवती मन्दिर रहेको छ । बाइसे चौबिसेराज्य अन्तर्गत पर्ने यस राज्यको दरबार पहिलेकै अवस्थामा रहने गरी पुरानै शैलीमा पुरातत्व विभागले निर्माण कार्य अघि बढाएको हो । पुरातत्व विभागको अन्वेषण र खोजीका...

Read More