Author: Himalaya Post

युएसएडद्वारा २४ वर्षमा करिब दुई खर्ब सहयोग

काठमाडौँ – संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड)ले सन् २००० देखि नेपालको विकासका लागि विभिन्न क्षेत्रमा रु एक खर्ब ९६ अर्ब सहयोग गरेको छ । युएसएडले नेपालको स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालबालिकाको शसक्तिकरण, मानवीय सहायता, सुशासन, वातावरण, नागरिक समाज र सञ्चारका क्षेत्रमा डेढ अर्ब अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरेको जनाएको छ । सन् २०२३ मा स्वास्थ्य, शिक्षा, र आर्थिक वृद्धिका कार्यक्रममार्फत १० लाखभन्दा बढी महिलाको जीवनमा प्रत्यक्ष योगदान पु¥याएको र थप ५० लाख महिला माझ अप्रत्यक्ष रुपमा आमसञ्चार माध्यमका अभियानलगायत गतिविधि पुगेको युएसएडको तथ्याङ्क छ । युएसएडद्वारा आज यहाँ आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा...

Read More

किरीबाससँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ – प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ । यो सँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको सङ्ख्या एक सय ८३ पुगेको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त समझदारीपत्रमा आज उक्त नियोगमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र उक्त विश्व संस्थाका लागि किरीबासका स्थायी प्रतिनिधि टेबुरोरो टिटोले हस्ताक्षर गरे । साथै दुवै देशका राजदूतले नेपाल र किरीबासबीच कूटनीतिक सम्बन्ध कायम भएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी दिने पत्रमा पनि हस्ताक्षर गरे । त्यस अवसरमा दुवै...

Read More

रथी सिग्देलको उमेर सम्बन्धमा कैफियत नरहेको सेनाको प्रष्टोक्ति

काठमाडौँ – नेपाली सेनाले रथी अशोकराज सिग्देलको उमेर (जन्ममिति) का सम्बन्धमा कुनै कैफियत नरहेको स्पष्ट पारेको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा सेनाका सूचना अधिकारी सहायक रथी गौरवकुमार केसीले रथी सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रमा उल्लेखित जन्ममितिसम्बन्धी विवरणमा आशङ्का गर्ने ठाउँ नरहेको बताए । रथी सिग्देलले जिल्ला प्रशासन कार्यलय रुपन्देहीबाट पहिलो पटक लिएको नागरिकता र ‘प्रथम प्रतिलिपी’ मा उमेर, प्रमाणपत्र नम्बर र जारी मितिमा कुनै फरक नरहेको उनले स्पष्ट पारे । रथी सिग्देलले नेपाली सेनामा भर्नाका क्रममा पेस गरेको प्रवेशिका परीक्षा (एसएलसी) को प्रमाणपत्र (२०४० भदौ २९ गते परीक्षा नियन्त्रण कार्यालय भक्तपुरबाट जारी) मा जन्ममिति...

Read More

अल्ट्रा ट्रेल दौडमा चम्कँदै नेपाली नारीहरु

काठमाडौँ – उनीहरु अधिकांशको बाल्यकाल पहाडी र हिमाली क्षेत्रमा घाँसदाउरालगायतका दैनिकीमै बित्यो । पहाडका उकाली र ओराली छिचोल्दै अघि बढेका उनीहरुका पाइला कतिबेला दौडिन थाले उनीहरु आफैँले मेसो पाएनन् । गाउँघरका अप्ठ्यारा बाटोमा हिँड्न सिकेका उनीहरुका पाइला यतिबेला विश्वका विभिन्न देशमा आयोजना हुने प्रतियोगितामा दौडिरहेका छन् । कति लहैलहैमा त कतिपय रहरले दौडिन सुरु गरेका उनीहरु अहिले यसैमा करिअर खोजिरहेका छन् । त्यति मात्रै होइन, दौडिएरै नेपाल र नेपालीको नाम विश्वमा चम्काइरहेका छन् । धावकका रुपमा करिअर बनाउँदै गरेका उनीहरुलाई थप प्रतिष्पर्धी बनाउन र अन्तर्राष्ट्रियस्तरमा अवसर दिलाउने सहयोगी भूमिका निर्वाह गरिरहेको छ, मञ्जुश्री ट्रेल रेसले । मञ्जुश्रीले विभिन्न आयोजनामार्फत...

Read More

प्राकृतिक जीवाणु मलको माग बढ्यो

झापा – विर्तामोड नगरपालिका–२ चैतुबारीमा हाई हिमालयन अर्गानिक प्रालिले उत्पादन गरेको जीवाणु मलको माग बढ्न थालेको छ । प्रालिले थ्री स्टार ब्रान्डका चार प्रकारका प्राकृतिक जैविक मल उत्पादन गरिरहेको छ । यहाँबाट उत्पादित मलको प्रयोगले रासायनिक मलको आयातलाई प्रतिस्थापन गर्नाका साथै माटोको उर्वरा शक्तिलाई बढाउने हुँदा यसको माग बढेको प्रालिका अध्यक्ष प्रदीप घिमिरेले बताए । उनका अनुसार कारखानाबाट पातमल, जरामल, धुलोमल र माछामल उत्पादन भइरहेको छ । यहाँ उत्पादित मल झापा, इलाम, सुनसरी र मोरङमा प्रयोग हुँदै आएको छ । दुई वर्षअघि करिब एक बिगाहा जमिन भाडामा लिएर रु ६० लाखको लागतमा सुरु गरिएको कारखानामा हाल रु तीन करोड...

Read More