Author: Himalaya Post

गृहमन्त्री लेखकसँग भारती राजदूत श्रीवास्तवको शिष्टाचार भेट

काठमाडौँ – गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्वले शिष्टाचार भेट गरेका छन् ।आज सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरूबीच नेपाल भारत सम्बन्धका विविध आयाम तथा द्विपक्षीय हितका बारेमा छलफल भएको थियो । यसैगरी कोरोना महामारीपछि भारतीय सीमानाकाबाट नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकलाई अध्यागमन सेवामा गरिएको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काउन र सीमा व्यवस्थापन तथा सीमा क्षेत्रमा हुने अपराधमा देखिएका चुनौती समाधान गर्न निकायगत समन्वय गर्दै जाने विषयमा उनीहरूबीच सकारात्मक छलफल भएको मन्त्री लेखकको निजी सचिवालयले जनाएको छ । यस्तै भारतीय लगानीमा नेपालमा सञ्चालन भइरहेका आयोजनालाई निर्धारित समयमा सम्पन्न गर्न दुवै पक्ष आपसी समन्वय र समझदारीका साथ...

Read More

स्वास्थ्यमन्त्री पौडेलको नेतृत्वमा स्वास्थ्य क्षेत्रमा सुधार हुने तनहुँवासीको अपेक्षा

दमौली (तनहुँ) – तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी निवासी प्रदीप पौडेल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा नियुक्त भएसँगै गृह जिल्ला तनहुँवासीले स्वास्थ्य क्षेत्रमा सुधार हुने अपेक्षा राखेका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ का शङ्कर पन्तले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा रहेका समस्या समाधान गरी स्वास्थ्य क्षेत्रको सुधार तथा गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको सहज पहुँचका लागि मन्त्री पौडेलले नेतृत्व प्रदान गर्ने अपेक्षा राखेको बताए । “गरिबीको रेखामुनी रहेका जनताको सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच हुने गरी कार्यसम्पादन गर्नेमा हामी विश्वस्त छौँ । उनले गर्ने कामसँग गृह जिल्लाको प्रतिष्ठा जोडिएकाले राम्रो काम गर्न नागरिक तहबाट झक्झक्याइ रहने छौँ”, उनले भने। पन्तले शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा...

Read More

सरकारले जारी गर्‍यो ७३ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन

काठमाडौँ – सरकारले सबै विषयगत मन्त्रालय, प्रदेश र स्थानीय तहलाई चालु आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन पठाएको छ । विभिन्न निकायका लागि विनियोजित बजेटको खर्चमा मितव्ययिता अपनाउने तथा खर्चको प्रभावकारिता र दक्षता बढाउनेलगायत निर्देशनसहित अर्थ मन्त्रालयले मङ्गलबार मार्गदर्शन परिपत्र गरेको हो । बजेट खर्चको अख्तियारी, कार्यक्रम स्वीकृति तथा बजेट बाँडफाँट, कार्यक्रम/योजना हस्तान्तरण र कार्यान्वयन, बजेट खर्च, रकमान्तर, कार्यक्रम संशोधन तथा प्रतिवेदन, वित्तीय पारदर्शिता, जवाफदेहिता, अनुगमनसम्बन्धी व्यवस्थालगायत विषय समेटेर मार्गदर्शन जारी गरिएको हो । मार्गदर्शनअनुसार कुनै पनि निकायलाई एकभन्दा बढी निकायबाट खर्च गर्नेगरी रकम विनियोजन भएकामा त्यस्तो निकायको प्रमुखले आगामी असोज मसान्तभित्र विनियोजन भएको सम्पूर्ण रकम खर्च गर्ने...

Read More

सिमलतालमा बस दुर्घटना अध्ययन कार्यदलले सुरु गर्यो काम

काठमाडौँ – चितवनको सिमलतालमा पहिरोसँगै खसेर त्रिशूली नदीमा खसेका दुईवटा यात्रुबाहक बससँगै वेपत्ता यात्रुहरुको घटनाबारे कार्यदलले काम सुरु गरेको छ । बुधबार घटनास्थल पुगेर गृहमन्त्रालयद्धारा गठन गरिएको कार्यदलले आफ्नो काम सुरु गरेको हो । गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु सहित बेपत्ता भएको थियो । गृहमन्त्री रमेश लेखकले पद बहालीका क्रममा उक्त घटना अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए। दश दिनको कार्यादेश दिइएको कार्यदलले बुधबार घटनास्थल पुगेर अध्ययन थालेको हो । सो क्रममा घटनाको प्रकृती पहिरोको स्रोत, बाटोको भौगोलिक अवस्थाका बारेमा सरोकारवालासंग छलफल गर्दै...

Read More

प्रधानमन्त्रीद्वारा विभिन्न स्रष्टालाई छिन्नलता गीत पुरस्कार प्रदान

काठमाडौँ – छिन्नलता गीत पुरस्कार गुठीले विभिन्न स्रष्टाहरुलाई छिन्नलता गीत पुरस्कारबाट सम्मानित गरेको छ । वरिष्ठ गीतकार रमोलादेवी शाह छिन्नलताको १ सय २ औं जन्मजयन्तीका अवसरमा बुधबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न स्रष्टाहरुलाई छिन्नलता गीत पुरस्कारबाट सम्मानीत गरेका हुन् । सो क्रममा प्रधानमन्त्री ओलीले २०७९ सालको छिन्नलता गीत पुरस्कार गीतकार भूषण खरेल, सङ्गीत पुरस्कार मनराजा नकर्मी, गायनतर्फ शिव परियार र युवातर्फ गायिका मेनुका पौडेललाई प्रदान गरे । यसैगरी प्रधानमन्त्री ओलीले २०८० सालका लागि गीतकार वीरेन्द्र पाठक, सङ्गगीतकार चण्डीप्रसाद काफ्ले, गायनतर्फ मनिता सोताङ र युवातर्फ गायक भुपु पाण्डेलाई पुरस्कार प्रदान गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री...

Read More