Author: Himalaya Post

सिमलताल दुर्घटनाः १७ शव फेला, ९ जनाको पहिचान

काठमाडौँ – चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये अहिलेसम्म १७ शव फेला परेका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । सशस्त्र प्रहरी बल नेपालकानुसार तीमध्ये नौ जनाको सनाखत भइसकेको र बाँकी आठ जानाको सनाखत हुन बाँकी छ । सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले आजसम्म १७ जनाको शव फेला परेका र बाँकीको खोजीकार्य जारी रहेको जानकारी दिए। “भारतका ऋषिपल साह, चितवन माडीका विकास परियार, सर्लाहीका रमितकुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदीप विक, रौतहटका फिरोज राहुपमिया, बराका परमानन्द पण्डित र चन्द्रनिगापुरका किशोरकुमार...

Read More

बैंकरलाई अर्थमन्त्रीको ढाडस : विश्वास बोकेर फर्किनुस्, सरकार तपाईंहरूसँगै छ

काठमाडौँ – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजनीतिक अस्थिरताका कारण मुलुकको अर्थतन्त्रमा समस्या देखिएकाले स्थिर सरकार बनेसँगै समस्या समाधान हुँदै जाने बताएका छन्। आज सिंहदबारस्थित अर्थमन्त्रालयमा नेपाल बैंकर्स सङ्घका पदाधिकारीसँगको भेटमा उनले हरेक क्षेत्रका समस्या समाधानका लागि सरकारले दृढताका साथ काम गर्ने बताएका हुन् । अर्थमन्त्री पौडेलले स्थिर सरकार बनेकाले अब सम्पूर्ण ध्यान देशमा रहेका समस्या समाधानमा केन्द्रीत हुने भन्दै सोहीअनुसार बजारमा सकारात्मक सन्देश सम्प्रेषण गरिदिन बैंकरहरूसँग आग्रह गरे । “अर्थतन्त्र बिग्रनुमा विश्वव्यापी परिघटना र केही आन्तरिक कारण होलान् तर राजनीतिक अस्थिरता प्रमुख कारण हो । हाम्रो शासन प्रणालीअनुसार बन्नसक्ने सबैभन्दा स्थिर सरकार यहि हो”, उनले भने, “यो बलियो...

Read More

घान्द्रुक र सिक्लेसको पोखरासँग यातायात सम्पर्क विच्छेद

कास्की – यहाँको प्रमुख ग्रामीण पर्यटकीय गन्तव्य सिक्लेस र घान्द्रुकको पोखरासँग सिधा यातायात सम्पर्क विच्छेद भएको छ । अन्नपूर्ण गाउँपालिका–११ स्थित घान्द्रुक र मादी गाउँपालिका–१ सिक्लेस जाने सडकमा पहिरो जाँदा सडक सम्पर्क विच्छेद भएको हो । सडक सञ्चालन हुन नसक्दा गाउँमा पर्यटकीय गतिविधि प्रभावित बनेको छ । पोखरा–घान्द्रुक सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–१० को क्लियूमा गत असार २० गते रातिको पहिराले सडक बगाउँदा पोखरादेखि घान्द्रुकसम्मको यातायात सम्पर्क टुटेको थियो । घान्द्रुकका पर्यटन व्यवसायी किशम गुरुङले सडक अवरुद्ध हुँदा पर्यटक आवतजावत रोकिएको बताए । “पहिला वर्खायाममा पनि पर्यटक आउनुहुन्थ्यो तर अहिले बाटोका कारण सुनसान छ । बाटोको अवस्था बुझेपछि आउन चाहने पर्यटकले...

Read More

अन्नपूर्ण क्षेत्रमा एक वर्षमा दुई लाख २२ हजार पर्यटक

गण्डकी – पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्र भ्रमण गर्न गत आर्थिक वर्ष २०८०/८१ मा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक आएका छन् । जसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ पर्यटक रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार सबैभन्दा बढी गत चैतमा ३५ हजार दुई सय ६५ र सबैभन्दा कम साउनमा जम्मा पाँच हजार चार सय एक पर्यटकले सो क्षेत्रको भ्रमण गरेका हुन् । आयोजना प्रमुख डा रविन कडरियाले अघिल्लो आव २०७९/०८० को तुलनामा झण्डै ५० हजार बढी पर्यटक गत...

Read More

बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान गर्दै बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले आज साँझको मौसमी बुलेटिन प्रकाशित गर्दै सतर्कता अपनाउनसमेत आग्रह गरेको छ । महाशाखाका मौसमविद् गोविन्द झाले बुधबार बिहानसम्म बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढीपहिरोको जोखिम बढ्नसक्ने बताए । “मुलुकको अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ, जमिनको माटो गलिसकेको हुन सक्छ, भारी वर्षा भएमा चनाखो हुनुपर्छ”, उनले भने, “अहिले पनि बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ ।” महाशाखाका अनुसार हाल देशभर...

Read More