Author: Himalaya Post

पहिरोले बगाउँदा त्रिशूलीमा दुई बस बेपत्ता, ६५ यात्रु सवार

चितवन – नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ । घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् । प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, “हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।” उनले...

Read More

जलवायु परिवर्तन जोगाउन अमेरिका पुगेका मिथिला कला

काठमाडौँ – आँपको बगैँचामा झुला । हल्का हावाको बहाव अनि त्यही हावासँगै झुलामा नतमस्त रमाइरहेका नारीहरु । यो आकृति चित्रकार एससी सुमनले ‘आँपको बगैँचामा झुला’ शीर्षकमा केन्द्रित भई कोरेको मिथिला चित्रकला हो । सुमनले तीन वर्षअघि उहाँको गाउँमा देखिएको दृश्यलाई मिथिला चित्रमार्फत क्यानभासमा उतारे । आँप, बगैँचा र नारीसँगको साइनो के छ ? यस्तै थुप्रै जिज्ञासाका साथ यतिबेला उहाँको चित्र अमेरिकाका दर्शकले नियालिरहेका उनले बताए । चित्र अमेरिकामा पठाएर स्वदेशमै रहेका चित्रकार सुमनले भने, “गाउँको मिथिला संस्कृतिले विदेशमा चर्चा बटुल्दा उत्साहित भएको छु । धेरै साथीहरुले सामाजिक सञ्जालबाट चित्रको प्रशंसा गरिरहनुभएको छ ।” सुमनका अनुसार चित्र प्राचीन मिथिला सभ्यतासँग...

Read More

‘श्रीलङ्का र बङ्गलादेशी पर्यटकलाई उनीहरुकै मुद्रामा भुक्तानीको सुविधा दिनुपर्छ’

काठमाडौँ – सरोकारवालाहरुले होटललाई विदेशी मुद्रा सटही सुविधामा लगाइएको सीमा बढाउनुपर्ने, होटललाई उद्योग सरहको मान्यता दिनुपर्ने तथा कर्जाको पुनःसंरचना तथा पुनःतालिकीकरण गर्नुपर्ने माग गरेका छन् । आज यहाँ आयोजित अन्तरक्रियामा होटल सङ्घ नेपालअन्तर्गतको पाँच तारे उपसमितिका संयोजक शशिकान्त अग्रवालले होटलले प्राप्त गरेको विदेशी मुद्रा सहटी सुविधामा सीमा तोक्न नहुनेमा जोड दिए । “हामीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष माग राखिसकेका छौँ, हाल प्रतिपर्यटक प्रतिदिन तीन सय अमेरिकी डलर सहटीको सुविधा रहेकोमा त्यसलाई दुई हजार डलर बनाउनु आवश्यक छ”, संयोजक अग्रवालले भने । उनले हालको तीन सय डलर सटहीको सुविधा ‘हाइ इन्ड’ पर्यटकका लागि पर्याप्त नहुने उल्लेख गरे...

Read More

दोस्रोपटक खोलिँदै भारतको धौलीगङ्गा बाँध, सतर्कता अपनाउन आग्रह

बैतडी –भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध दोस्रोपटक खोलिने भएको छ । एनएचपिसी लिमिटेड र धौलीगङ्गा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रअनुसार यही असार २९ गते शनिबार बिहान ६ बजेदेखि ३० गतेसम्म परियोजनाको बाँध खोलिने जनाएको छ । बाँध खोलेका बेला र त्यसपश्चात्का केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार वर्षात्का कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि भएकाले सरसफाइका लागि बाँधको ढोका खोलिन लागिएको हो । बाँध खोलेका बेला नदी तटीय क्षेत्रका...

Read More

ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघ्यो

काठमाडौँ – ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो । यसले ग्लोबल आइएमई बैंकको नेतृत्व, व्यवस्थापन, ब्राण्ड, वित्तीय अवस्था र सेवाप्रति आम ग्राहकवर्गको विश्वासलाई उजागर गरेको छ । नेपाल राष्ट्र बैंकले गत हप्ता प्रकाशित गरेको विवरणअनुसार वाणिज्य बैंकहरुको कुल निक्षेप ५६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ । बढ्दो वित्तीय समावेशीकरण, आर्थिक गतिविधि र विप्रेषण प्रवाहका कारण बैंकहरुमा निक्षेप बढेको हो । ग्लोबल आइएमई बैंक निक्षेपका साथसाथै धेरै सूचकहरुमा अन्य बैंक तथा वित्तीय संस्थाहरुभन्दा अगाडि रहेको छ । वाणिज्य बैंकहरुको कुल निक्षेपसँग तुलना गर्दा ग्लोबल आइएमई...

Read More