Author: Himalaya Post

केही व्यक्तिको बदमासीले सहकारी क्षेत्र बदनाम बन्यो : श्रममन्त्री अर्याल

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले केही व्यक्तिको बदमासीका कारण बद्नाम बनेको सहकारी क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने बताएका छन् । आइतबार ललितपुरमा सहकारी रोजगार मेला समापन कार्यक्रमका बोल्दै मन्त्री अर्यालले समाजमा रहेका केही मानिसहरुले गरेको अपराधका कारण समग्र सहकारी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको र यस क्षेत्र बद्नाम भएको भन्दै सहकारी क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने बताएका हुन् । उत्पादनलाई बजारीकरण गर्नका लागि नेपालमा सहकारी क्षेत्रले गरेको योगदान बिर्सन नहुने उनले बताए । मन्त्री अर्यालले सहकारी अभियन्ता भनिनेहरु नै ठगि प्रकरणमा मुछिनु दुखद भएको धारणा राखे । केही व्यक्तिहरु आफूले राखेका अवैध सम्पत्ति लुकाउनका लागि सहकारीकै बदनाम गरिरहने प्रयासमा...

Read More

खेलमार्फत् अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण हस्तक्षेप गर्न विशेष पहल भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलमार्फत् अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण हस्तक्षेप गर्न विशेष पहल लिँदै आएको बताएका छन् । अन्डर–१९ भलिबल प्रतियोगिताको आइतबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले युवा तथा खेलकूदको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै आएको भन्दै खेलाडीहरूको वृत्ति विकास, उनीहरूलाई प्रोत्साहन र खेलमार्फत् अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण हस्तक्षेपका निम्ति विशेष पहल लिँदै आएको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा विशेष प्रस्ताव राखेर भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको स्मरण गरे । उनले उक्त ऐतिहासिक घोषणाले नेपालको भलिबल क्षेत्रका खेलाडीहरूलाई राम्रो उत्प्रेरणा मिलेको विश्वास व्यक्त गरे । आगामी आर्थिक वर्ष राष्ट्रियस्तरका ८० खेलकुद प्रतियोगिता आयोजना गर्ने,...

Read More

मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर

काठमाडौँ – अन्तःशुल्क स्टिकर प्रकरणमा बहालवाला मुख्यसचिवसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अन्तःशुल्क स्टिकर छपाइमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव वैकुण्ठ अर्यालसहित अन्य १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुख्य सचिव अर्याल सञ्चार मन्त्रालयका सचिव हुँदा अन्तःशुल्क स्टिकर छपाइमा हिनामिना भएको अख्तियारको निष्कर्ष छ । त्यस्तै अख्तियारले अर्यालसहित हाल अर्थमन्त्रालयका सहसचिव रितेश कुमार शाक्य, हाल भन्सार विभागका उपनिर्देशक टंक पाण्डेविरुद्ध पनि मुद्दा दायर गरेको छ भने आन्तरिक राजश्व विभागका तत्कालीन निर्देशक गणेशविक्रम शाह र आन्तरिक राजस्व विभागका शाखा अधिकृत रविन्द्र प्रसाद पौडेल अख्तियारले प्रतिवादी बनाएको छ । त्यस्तै सुरक्षण...

Read More

एनसेल एपमा अब माछापुच्छ्रे बैंकको प्लेटफर्ममार्फत भुक्तानी सुविधा

काठमाण्डौँ – माछापुच्छ्रे बैंक लिमिटेड र एनसेलबीच डिजिटल प्लेटफर्म मार्फत सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र माछापुच्छ्रे बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले गत हप्ता एनसेल आइकन, लैनचौरमा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार अब माछापुच्छ्रे बैंक लि.मा आफ्नो खाता भएका एनसेलका ग्राहकहरुले बैंकको मोबाईल बैकिङ्ग एप एमबीएल एम–स्मार्ट को चेकआउट सर्भीस प्रयोग गरी एनसेलको मोबाइल एप, रिटेलर्स एप, वेबसाइटमार्फत सजिलै ब्यालेन्स रिचार्जका साथै सेवा, सुविधाहरु खरिदका लागि भुक्तानी गर्न सक्ने भएका हुन् । यसैगरी एनसेलका वितरक तथा खुद्रा बिक्रेताहरुले पनि रिटेलर्स एपमार्फत...

Read More

राष्ट्रिय सुरक्षा परिषदलाई सशक्त र प्रभावकारी बनाउन जरुरी : रक्षामन्त्री उप्रती

काठमाडौँ – रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय सुरक्षा परिषदलाई सशक्त र प्रभावकारी बनाउनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयमाथि विनियोजित बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री उप्रेतीले मुलुकमा सुरक्षा चुनौती बढ्दै गएको भन्दै तीन वटै सुरक्षा संयन्त्रबीच समन्वय गर्दै राष्ट्रिय सुरक्षा परिषदलाई सशक्त र प्रभावकारी बनाउनुपर्ने बताएका हुन् । उनले अहिले विदेशबाट आएको सुरक्षाकर्मीले इन्काउन्टर गर्दा नेपालका सुरक्षाकर्मीलाई जानकारी नरहने अवस्थाको अन्त्य गर्नुपर्ने धारणा राखे। रक्षा मम्न्त्रालयको विशेष चासोमा राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयक अघि बढेको उनले बताए । मन्त्री उप्रेतीले विदेशमा गएर एउटै राहदानी र मूद्रा भए हुन्छ भन्ने र नेपालमा आएर सेनाको विरोध गर्ने कुरालाई पनि नयाँ...

Read More