Author: Himalaya Post

नेकपा एस महाधिवेशन : विशिष्ट नेताको सुरक्षा जिम्मेवारी राजनीतिक कमिटीलाई

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न राष्ट्रिय महाधिवेशनस्थल तथा विशिष्ट व्यक्तिको सुरक्षा जिम्मेवारी राजनीतिक तथा सुरक्षा समन्वय कमिटीलाई दिएको छ । सो कमिटीलाई महाधिवेशनस्थलमा आउने सबै प्रतिनिधि, शुभकामना दिन आउने विभिन्न पार्टीका नेता, पर्यवेक्षकलगायत विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनको जिम्मेवारी तोकिएको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिए । पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा गठित १६ सदस्यीय कमिटीलाई पूर्णता दिइएको छ । कमिटीको सहसंयोजकमा जयन्ती राई, सचिवमा कृष्णराज पन्त छन् । कमिटीको सदस्यमा जगनाथ खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, विरोध खतिवडा, भानुभक्त जोशी, अमरबहादुर थापा, उदयबहादुर बोहोरा, राजेन्द्रलक्ष्मी गैरे, शर्मिला पौडेल, विनोद मैनाली, वसन्त बस्नेत, हरिप्रसाद शर्मा र सविता अर्याल...

Read More

बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, डटेर लेख्नुहोस् : प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत सूचना प्रवाह गरेर सर्वसाधारण जनतालाई भ्रमित तुल्याउने र समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेहरूले देश र जनतालाई माया नगर्ने बताएका छन् । नेपाल बुद्धिजीवी सङ्गठन छैटौँ राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सिर्जनात्मक र सकारात्मक सोचसहित जनतामा आशा प्रवाह गरेरमात्र समाजलाई सही दिशातर्फ लैजान सकिने बताए । “सबै नेता उस्तै हुन्, यहाँ केही हुँदैन भन्ने भाष्य गलत हो, जसले नकारात्मक भाष्य बनाएका छन्, उनीहरूमा देश र जनताप्रति माया छैन, रहँदैन,” प्रधानमन्त्री प्रचण्डले भने, “इतिहासमा योगदान गर्ने शक्तिहरूको पक्षमा सकारात्मक तवरले सन्देश प्रवाह हुनुपर्छ, गर्नुपर्छ । तपाईँ बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्,...

Read More

गत वर्षको तुलनामा राजस्व सङ्कलनमा सामान्य वृद्धि

काठमाडौँ – गत आर्थिक वर्षको तुलनामा चालु आ.वमा राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ । चालु आवको ११ महिनामा रु ४१ अर्ब १९ करोड राजस्व सङ्कलन भएको छ । आन्तरिक राजस्व विभागका अनुसार गत वर्ष सोही अवधिमा रु ३७ अर्ब सङ्कलन भएको थियो । यो वृद्धि ११ दशमलव ३० प्रतिशतले बढी हो । चालु आवको जेठ मसान्तसम्म रु चार खर्ब ४८ अर्ब राजस्व सङ्कलन भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा नौ दशमलव ६४ प्रतिशतले बढी हो । गत वर्ष जेठ मसान्तसम्मको राजस्व असुली रु चार खर्ब आठ अर्ब थियो । गत वर्षभन्दा चालु आवको यो अवधिसम्म...

Read More

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताएका छन् । विश्व योग दिवस २०२४ को अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरे। योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पुर्‍याउने बताए । “शरीरलाई स्वस्थ र फूर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग हो,”...

Read More

रसुवामा लक्ष्यको ९१ प्रतिशत राजश्व असुली

रसुवा– रसुवा भन्सार कार्यालयले यस अर्थिक वर्षको एघार महिनामा लक्ष्यको ९१ प्रतिशत राजश्व असुली गर्न सफल भएको छ । गत आर्थिक बर्षको तुलनामा यस आर्थिक बर्षको एघार महिना सम्ममा राजश्व अशुलीमा उल्लेख्य सुधार भएकोे जनाएको छ । आर्थिक वर्ष ०७९/०८० मा लक्ष्यको ७७‍.२९ प्रतिशत मात्र असुली भएकोमा यस आर्थिक बर्षमा भने लक्ष्यको ९१‍‍‍‍.३१ प्रतिशत भएको छ । विभागले दिएको साबिकको लक्ष्य ११ अर्ब ९४ करोड रहेकोमा पछि संशोधित लक्ष्य भने करिब २१ अर्ब रहेको छ । जसमा कार्यालयले १९ अर्ब १७ करोड राजश्व असुल गरिसकेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले बताए । उनका अनुसार यस आर्थिक...

Read More