नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्नेछ । बैठकमा बजेटको बारेमा समीक्षा गर्ने बताइएको छ...
Read Moreअसार ७, २०८१ |
काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्नेछ । बैठकमा बजेटको बारेमा समीक्षा गर्ने बताइएको छ...
Read Moreअसार ७, २०८१ |
धुलिखेल – जिल्लाको रोशी गाउँपालिकालाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा गरिएको छ । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाको प्रस्तावमा बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका महानिर्देशक दीपेन्द्र सुवेदीले बिहीबार ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा गरेका हुन् । गाउँपालिकाको टोल बस्तीभित्र गरिएको सर्वेक्षणअनुसार ६ हजार सात सय ५२ घरका चार वर्षदेखि १३ वर्षसम्मका विद्यालय उमेर समूहका पाँच हजार सात सय चार बालबालिका विद्यालयमा भर्ना भएका छन् । सबै वडामा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको वडा घोषणा भइसकेकोले गाउँ शिक्षा समितिको असार ५ गतेको निर्णयानुसार बिहीबारदेखि लागू हुनेगरी रोशीलाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको...
Read Moreअसार ७, २०८१ |
काठमाडौँ– नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा मिति २०८१ असार ६ गते भगवान् बुद्धको पूज्य जन्मस्थल र युनेस्को विश्व सम्पदा क्षेत्र लुम्बिनीमा एक बृहत् योग प्रदर्शनको आयोजना गऱ्यो । यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको विषय (थिम) ‘स्वयम् र समाजका लागि योग’ रहेको छ । लुम्बिनीका माननीय मुख्यमन्त्री जोख बहादुर महरा कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित थिए । उनले भगवान् बुद्धको पवित्र जन्मस्थलमा यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा र भारत–नेपाल साँस्कृतिक सम्बन्धलाई बलियो बनाएकोमा भारतीय राजदूतावासलाई धन्यवाद दिए । उनले अझ स्वस्थ र सन्तुलित समाजको निर्माण गर्न अन्तर्राष्ट्रिय योग दिवसले योगबारे अझ बढी चेतना जगाउन मद्दत गर्ने बताए ।...
Read Moreअसार ७, २०८१ |
पर्वत – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न सुरु गरिएको छ । तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको मालढुङ्गा–फर्से पाँच किलोमिटर खण्डमा मात्र कालोपत्र गरिने जोमसोमस्थित कालीगण्डकी करिडोर मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले जनाएको छ । पहिलो चरणमा यो खण्ड कालोपत्र गरिसकेपछि सात किलोमिटर बाँकी रहने छ । सडक कालोपत्र गर्न १३ दिन यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकमा भएको सहमतिअनुसार एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्य सवारी साधनलाई भोलि असार ८ गते शनिबारदेखि २० गतेसम्म अन्य सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने छ । मौसम अनुकूल भएमा १३ दिनमा...
Read Moreअसार ७, २०८१ |
फिक्कल – इलाम जिल्लाको माङसेबुङ गाउँपालिकाले ग्रामीण किसानको जीवनस्तर उकास्न बाख्रा वितरण गरेको छ । माङसेबुङ गाउँपालिकाले बिहीबार वडा नं ४ का तीनवटा बाख्रापालन समूहलाई ७८ वटा उन्नत जातका पाठी र छवटा जातका ‘ब्याडे बोका’ वितरण गरेको हो । कोशी प्रदेश सरकारको बाख्रापालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत ७५ प्रतिशत सरकारको अनुदान र २५ प्रतिशत किसानको लागत साझेदारीमा बाख्रा वितरण गरिएको माङसेबुङ गाउँपालिका ४ नं वडाध्यक्ष नवीन लिम्बूले बताए । उक्त कार्यक्रमअन्तर्गत सो वडाका सगरमाथा बाख्रापालन समूह, सरस्वती बाख्रापालन समूह र मिलीजुली बाख्रापालन समूहले प्रतिसमूह २६ वटाका दरले ७८ वटा उन्नत जातका पाठी र प्रतिसमूह दुईवटाका दरले छ वटा ब्याडेबोका पाएका छन्...
Read More