विश्वकपको प्रदर्शनबारे कप्तान रोहित : ब्याटिङ कमजोर भयो, दक्षिण अफ्रिकासँग हार्दा निकै दुःखी छौँ
काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी टी–२० विश्वकपमा तुलनात्मक रुपमा व्याटिङ कमजोर देखिएको बताएका छन् । नेपाल क्रिकेट संघले बिहीबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा कप्तान पौडेलले बलिङ्मा नेपालले धेरै राम्रो गरेपनि विश्वकपमा तुलनात्मक रुपमा व्याटिङ कमजोर देखिएको बताएका हुन् । यद्दपी उनले पिचको कन्डिसनले पनि ब्याट्सम्यानले चाहेजस्तो प्रदर्शन गर्न नसकेको जिकिर गरे । आईसीसी टी–२० विश्वकप अन्तर्गतका अन्य खेलहरुमा पनि पिचकै कारण धेरै रन बन्न नसकेको उनको भनाइ छ । उनले भने, ‘अमेरिका र वेष्ट इण्डिजका कतिपय खेलमा पनि उच्च स्कोरको खेल भइरहेको छैन । ब्याट्सम्यानका लागि चुनौतीपूर्ण थियो । सबै टोलीलाई १२० रन...
Read More

























