Author: Himalaya Post

ट्रयाक खुलेको १८ वर्षपछि जैमिनीका ग्रामीण सडक कालोपत्र गरिँदै

बागलुङ बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा– जैदीछिस्ती ग्रामीण सडक कालोपत्र गर्न थालिएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सरकार र जैमिनी नगरपालिकाले विनियोजन गरेको रु ५० लाख गरी रु एक करोडमा सडक कालोपत्र गर्न थालिएको हो । कुश्मिसेरा बजारदेखि सर्कुवा, ब्यार्थला, बिनामारी, जैदीछिस्ती पुग्ने सडकको कालोपत्रसँगै स्तरोन्नतिको कामसमेत भइरहेको छ । आर्थिक वर्ष २०६२/०६३ सालमा ट्रयाक खुलेको सडक १८ वर्षपछि कालोपत्र हुन थालेपछि स्थानीय हर्षित भएका छन् । जैमनी नगरपालिका–५ का वीरबहादुर खत्रीले लामो समयसम्म सडक कालोपत्र नहुँदा यस क्षेत्रका हजारौँ नागरिकले सास्ती खेपेको सुनाए । उनले भने, “यो बाटो खुलेको धेरै वर्ष भयो, जहिले सडक खुल्यो त्यस बेलादेखि...

Read More

आजदेखि कोशी प्रदेशमा ट्राफिक सप्ताह शुरु

काठमाडौँ– सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि कोशी प्रदेशको १४ वटै जिल्लामा ट्राफिक सप्ताह शुरु गरिएको छ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको संयुक्त आयोजनामा शुरु भएको ट्राफिक सप्ताहमा ट्राफिक नियम र सडक अनुशासन पालना गराउन सचेतना कार्यक्रमहरु संचालन गर्नुका साथै अनुगमन र कारवाही गरिने बताइएको छ । ट्राफिक सप्ताह कार्यक्रमको बिहीबार विराटनगरमा उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्र्कीले सडक दुर्घटनालाई ५० प्रतिशत घटाउने गरी काम गर्नुपर्ने बताउनुभयो । उहाले सडक दुर्घटना र त्यसबाट घाइते हुनेको अवस्था भयावह भएकाले यसको न्युनिकरण गर्न व्यक्ति आफै सचेत...

Read More

छानविन समिति बनेपछि गृहमन्त्रीले राजीनामा नदिएर नैतिकता राखेनन् : सभापति देउवा

काठमाडौँ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महिला उम्मेदवारलाई जित दिलाउने गरी आगामी निर्वाचनमा तयारी गर्नुपर्ने बताएका छन् । नेपाल महिला संघले बिहीबार काठमाडौंमा आयोजना गरेको लैङ्गीक समानता अभिवृद्धिका लागि भावी कार्ययोजना निर्माण बिषयक गोष्टीमा बोल्दै सभापति देउवाले कांग्रेसका महिला उम्मेदवारले कम जित्ने गरेको भन्दै आगामी निर्वाचनमा उनीहरुको जीतको सुनिश्चिता हुने गरि तयारी गनुपर्ने बताएका हुन् । उनले नेपालको राजनीतिक परिवर्तनमा महिलाहरुको ठूलो योगदान रहेको स्मरण गरे । देउवाले समावेशी समानुपातीक रुपमा महिलाहरुलाई बिभिन्न निकायमा उचित स्थान दिइएकाले महिलाहरुको भूमिका सशक्त हुने विश्वास व्यक्त गरे । त्यस्तै कांग्रेस नेता शेखर कोइरालाले पार्टीभित्रको अन्तर्घातलाई अन्त्य गर्दै बलियो बनाउनुपर्नेमा जोड दिए ।...

Read More

प्रतिनिधिसभामा सांसदहरूसँग प्रधानमन्त्रीको सवाल–जवाफ (लाईभ)

काठमाडौँ– प्रतिनिधिसभाको बैठक यतिबेला जारी छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरूले राखेको प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँग पश्नोत्तर गर्नुपर्ने प्रावधान छ । समसामयिक विषय, सरकारका कामकारबाहीलाई लिएर सांसदहरूले सोधेको प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिदैँछन् । यसै सन्दर्भमा आजै प्रधानमन्त्री आफ्नो भारत भ्रमणबारे सदनलाई जानकारी समेत गराएका छन् । प्रधानमन्त्री–सांसदबीचको सवाल जवाफपछि मन्त्रालयगत बजेटमा आजै सदनमा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने अर्को कार्यसूची छ...

Read More

प्रधानमन्त्री दाहालले सदनमा भारत भ्रमणबारे जानकारी गराए

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे प्रतिनिधिसभामा जानकारी गराएका छन् । बिहीबार बसेको बैठकमा उहाले भारत भ्रमणका बारेमा जानकारी गराएका हुन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथ ग्रहण समारोहमा भाग लिन मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री प्रचण्डले गत जेठ २७ र २८ गते भारतको भ्रमण गरेका हुन् । उक्त भ्रमण कुनै पूर्वनिर्धारित कार्यसूचीका आधारमा नभई फरक ढङ्गको भएको उनले स्मरण गराए । यसअघि भारतीय प्रधानमन्त्रीको सपथ ग्रहणमा नेपालका तर्फबाट प्रधानमन्त्री जाने गरेकाले यसपटकको सपथमा आफु गएको उनले बताए । भ्रमणका क्रममा नेपाल भारत सम्बन्धलाई थप बलियो बनाउने, विगतमा भएका सम्झौताको प्रभावकारी कार्यान्वयन, सीम लगाएतका विषयमा छलफल...

Read More