Author: Himalaya Post

पोखरामा अन्तर्राष्ट्रिय योग दिवस उत्सव

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको १० औं संस्करण मनाउन भारतीय राजदूतावासले पोखरास्थित फेवा तालको किनारामा योग प्रदर्शनको आयोजना गरेको छ । स्वास्थ्य र कल्याणका लागि योगको प्राचीन अभ्यासलाई प्रवर्द्धन गर्न हेतु उक्त कार्यक्रममा स्थानीय प्रशासनका अधिकारी, विभिन्न स्थानीय योग संस्थाका सदस्य, भारतीय सेनाका अवकाशप्राप्त गोर्खा सैनिक, पोखरास्थित दूतावासको पेन्सन भुक्तानी कार्यालयका कर्मचारी सदस्य लगायत स्थानीय समुदायको उत्साहजनक सहभागीता रहेको थियो । विभिन्न आसन, प्राणायाम (श्वासप्रश्वास व्यायाम) र ध्यान विधिहरु प्रस्तुत गरिएको सो कार्यक्रम अनुभवी प्रशिक्षकको नेतृत्वमा योग सत्रको श्रृङ्खलासँगै बिहान सबेरैबाट सुरु भएको थियो । शारीरिक र मानसिक स्वास्थ्यका लागि योगको समग्र दृष्टिकोणमाथि जोड दिदै सहभागीहरुलाई प्रत्येक अभ्यासको शारीरिक र...

Read More

स्वदेश फर्किए नेपाली क्रिकेट टोली, सन्दिप दुई दिनपछि फर्किने

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टीम स्वदेश फर्किएको छ । टी–२० विश्वकपमा सहभागी भएका टोली हिजो राति र आज बिहान गरी दुईवटा समूहमा बाँडिएर फर्किएको हो । कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, करन केसी र अविनाश बोहरालगायतको समूह हिजो राति १० बजे विमानस्थलमा ओर्लिएको थियो । कप्तान रोहित कुमार पौडेल लगायत बाँकी रहेका खेलाडी तथा अफिसियल आज आएका हुन् । स्पीनर सन्दीप लामिछाने भने दुई दिनपछि फर्किने बताइएको छ । टीमका अन्य सदस्य अमेरिका भएर नेपाल आएपनि सन्दीपसँग अमेरिकाको भिसा नभएकाले उनी अर्को रुटबाट आउनु परेकाले उनी फर्किन दुई दिन ढिलो भएको क्यानको स्रोतले बताएको छ । स्रोतका अनुसार...

Read More

जीबी राई मलेसियामा भएको पत्ता लागिसक्यो : गृहमन्त्री लामिछाने

काठमाडौँ– गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीको आरोप लागेका जीबी राई मलेसियामा भएको पत्ता लागेको बताएका छन् । श्री एयरलाइन्सको परीक्षण उडानका लागि भरतपुर आएका लामिछानेले पत्रकारसँग कुराकानी गर्दै राईको लोकेसन पत्ता लागेको र उनलाई नेपाल ल्याउने विषयमा पहल थालिएको बताए । मन्त्री लामिछानेले राईको मलेसियास्थित लोकेसन कन्फर्म गरिएको दाबी गरे । ‘उनी कहाँ छन् भन्ने कुरा जानकारी भइसक्यो,’ गृहमन्त्री लामिछानेले भने, ‘मलेसियाको गृहमन्त्रीसँग पनि मेरो कुराकानी भएको छ ।’ दर्जनभन्दा बढी सहकारी ठगी आरोप लागेका राई ग्लालेक्सी टिभीको अध्यक्ष रहँदा उनीसंगै लामिछाने प्रवन्ध निर्देशक भएर काम गरेका थिए...

Read More

शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने

काठमाडौँ – मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ । बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द सम्भावना रहेको समितिले जनाएको हो । योसँगै उपत्यकावासी यही शुक्रबार (भोलि) देखि मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन् । मनसुन अवधिमा विपत्तिको जोखिम कायमै रहने भन्दै मनसुन कम भए मात्रै मेलम्चीको पानी उपत्यका पठाउन सुरु गर्नेगरी तयारी गरिएको खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए ।...

Read More

सिधाकुरा अनलाइनको विवाद बृहत् पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौँ – सर्वोच्च अदालतले सिधाकुरा डटकममा प्रसारित समाचार र अडियोका विषयमा बृहत् पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीशहरू कुमार चुँडाल र विनोद शर्माको संयुक्त इजलासले आज न्यायिक व्याख्याको आवश्यकता भएको उल्लेख गर्दै बृहत् पूर्ण इजलासमा सुनुवाइका लागि आदेश गरेको हो । आदेशमा भनिएको छ, “प्रस्तुत मुद्दामा पेस हुन आएको भिडियो क्लिप, मोबाइल फोनमा डाउनलोड गरिएको विवादित संवादका सम्बन्धमा वैज्ञानिक परीक्षण प्रतिवेदनबाट उक्त संवाद कपोकल्पित रूपमा सृजित भई सोही विवादास्पद संवादको आधारमा सर्वोच्च अदालतका न्यायाधीश, विद्वान् कानुन व्यवसायी, सञ्चार क्षेत्र एवं सम्मानित व्यक्तित्वउपर लाञ्छना लगाउने, मानमर्दन गर्ने कार्य भएको हो वा होइन रु तथ्यपरक एवं सत्य, साँचो विचार...

Read More