प्रधानमन्त्री कुर्सी जोगाउनेमा केन्द्रित हुँदा प्रभावकारी काम भएन : विप्लव
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कुर्सी जोगाउनेमा ध्यान केन्द्रीत हुदा प्रधानमन्त्रीले प्रभावकारी काम गर्न नसकेको बताएका छन् । बेपता योद्धा परिवार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विप्लवले प्रधानमन्त्रीको ध्यान सत्ता समिकरणलाई मिलाउदै कुर्सी बचाउनमा नै केन्द्रीत भएको भन्दै यसका कारण प्रभावकारी ढंगले काम गर्न नसकेको बताएका हुन् । उनले प्रधानमन्त्री प्रचण्डलाई ५ वर्ष योजना बनाएर काम गर्न दिए सरकारले राम्रोसंग काम गर्न सक्ने धारणा राखे । विप्लवले सबैलाई मिलाउन खोज्दा बजेट पनि राम्रो ढंगले आउन नसकेको धारणा राखे । बजेटप्रतिको असन्तुष्टि हेर्दा मिलेर बाँडेर खाने बाहेक केहि नदेखिएको उनको भनाइ छ । त्यस्तै विप्लवले...
Read More

























