Author: Himalaya Post

क्रसर व्यवसायीद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौँ – क्रसर उद्योग नवीकरणको माग राख्दै क्रसर व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । क्रसर बालुवा तथा खानी उद्योग नियमानुसार नवीकरण नगरिएको भन्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सोमबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले दुरी सम्बन्धी मापदण्ड २०७७ अव्यवहारिक भएकाले खारेज गर्नुपर्ने र २०७९ माघ ११ गते मन्त्रीपरिषद्को ढुङ्गा गिट्टी सम्बन्धी भएको निर्णय कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् । सरकारलाई असार १ गतेसम्म क्रसर उद्योग नविकरणको लागि सरकारलाई अल्टिमेटम दिएको महासंघले मागको सुनुवाई नभएकाले सडक आन्दोलन सुरु गरिएको महासंघका अध्यक्ष सीताराम न्यौपानेले जानकारी दिए । सरकारले आफूहरुलाई कानुनी अधिकारबाट बञ्चित गरेको उनले बताए ।...

Read More

लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना

म्याग्दी – मुस्ताङको लोमान्थाङमा पश्मिनाको कच्चापदार्थका रुपमा प्रयोग हुने च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना भएको छ । नेपाल पश्मिना उद्योग संघले लोमान्थाङमा सञ्चालन गरेको भुवा संकलन केन्द्रमा प्रशोधन गर्ने उपकरण जडान गरेको हो । संघका अध्यक्ष धनप्रसाद लामिछानेले पश्मिनाको गुणस्तर सुधार गर्न भुवाको धुलो र फोहर झार्ने (डिडस्टिङ) औजार जडान गरिएको बताए । ‘किसानले संकलन केन्द्रमा ल्याउने भुवालाई तत्कालै प्रशोधन गरेर काठमाडौंका उद्योगमा पठाउने व्यवस्था मिलाएका हौँ,’ उनले भने, ‘काठमाडौं लगेर भुवा प्रशोधन गर्दा तौल घट्ने र झन्झटिलो थियो । अबदेखि किसानले आफै भुवा प्रशोधन गरेर केन्द्रमा बेच्न सक्छन् ।’ भुवा प्रशोधन गर्ने उपकरणको उद्घाटन आइतबार नेपालका लागि बेलायती...

Read More

‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द गर्छौं’

काठमाडौँ – मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरिएको जनाएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी गरिएको हो । समितिले गत जेठ ३१ गते आयोजना बन्द गर्ने तयारी गरेको थियो । बागमती प्रदेशमा मनसुन सक्रिय हुन समय लाग्ने भएपछि खानेपानी वितरणलाई निरन्तरता दिइएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बागमती प्रदेशमा मनसुन सक्रिय भएसँगै वर्षा हुन थालेको छ । मनसुन सक्रिए भए पनि ठूलो वर्षा नभएकाले मलम्ची बन्द नगरिएको समितिले जनाएको छ । यदी...

Read More

धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो

खोटाङ – खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा (पिल्लर) बाङ्गिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाट पुलको खोटाङतर्फको खम्बा नदीतर्फ ढल्किएको हो । वर्षा सुरू नहुँदै नदीको पानीले जग्गा कटान गरेपछि खम्बा बाङ्गिँदै गएको प्रत्यक्षदर्शीले बताएका छन् । निर्माण कम्पनी रसुवा एसएनएस पप्पु जेभीले ठेक्का लिएको पुल तत्कालीन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७४ साल भदौ ३१ गते शिलान्यास गरेका थिए । विसं २०७६ मै बनिसक्नुपर्ने पुलको २०८० साल फागुन २८ गतेदेखि ‘पाइल’ फाउन्डेसनको काम भइरहेको छ । त्यही ‘पाइल’ फाउन्डेसन बनाउने क्रममा खोटाङतर्फ फर्काइएको पानीले...

Read More

संसद सचिवालयका कर्मचारी आन्दोलित, सभामुख र राष्ट्रियसभाका अध्यक्षद्वारा छलफल

काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा छलफल गरेका छन् । सिंहदरबारमा घिमिरे र दाहालले विभिन्न दलका मुख्य सचतेकसहित कर्मचारीहरु आन्दोलनका विषयमा छलफल गरेका हुन् । सो क्रममा उनीहरु कर्मचारीको माग सकारात्मक भएकाले सम्बोधनका लागि पहल गर्ने भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए भने कर्मचारीहरुले भने लिखित प्रतिवद्धता नआएसम्म आन्दोलन जारी राख्ने जानकारी गरएका थिए । छलफल कांग्रेस मुख्य सचेतक रमेश लेखकले संसदमा काम गर्ने समय यकिन नभएकाले सोही अनुसारको कर्मचारीको सेवा सुविधा उपलब्ध हुनुपर्नेमा एकमत रहेको जानकारी दिए । उनले संसद सञ्चालन गर्नको लागि सरकारले आवश्यक अर्थको व्यवस्था...

Read More