Author: Himalaya Post

सरकारको भविष्यबारे चिन्ता गर्नुपर्ने बेला भएको छैन : महासचिव पोखरेल

मलेखु (धादिङ) – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकारको भविष्य बारेमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । उनले सत्ता समीकरणमा रहेका एमालेलगायतका सबै दल यही सरकारलाई निरन्तरता दिने पक्षमा रहेको बताए । प्रेस चौतारी नेपाल धादिङले आयोजना गरेको पत्रकार भेटघाटका क्रममा महासचिव पोखरेलले मुलुकलाई सकारात्मक दिशातर्फ अगाडि बढाउन एमालेले यही सरकारलाई निरन्तरता दिने धारणा व्यक्त गरे । उनले भने, “वर्तमान समीकरणबाट मुलुकलाई सकारात्मक दिशामा अघि बढाउन सकिन्छ भन्ने हाम्रो प्रयास हो । त्यहीअन्तर्गत नयाँ समीकरण बनायौँ अहिले पनि हामी यो समीकरणको निरन्तरताका पक्षमा छौँ ।” महासचिव पोखरेल एमाले जिल्ला कमिटी धादिङको तीन दिने प्रशिक्षण...

Read More

टियागो इभिको मूल्य बढ्यो, नयाँ बजेटको असर

काठमाडौँ – टाटा मोटर्सको लोकप्रिय बिद्युतिय गाडी टियागो इभीको मूल्यमा परिमार्जन भई नयाँ मूल्य सार्वजनिक भएको छ । टियागो इभीको सबै मोडलहरुमा एक लाखले मूल्य वृद्धि भएको छ । अब टियागो इभी लङ्ग रेञ्जको सुरुवाती मूल्य रु २,७४९,००० हुनेछ । नयाँ आर्थिक वर्षको बजेट नीतिका कारण रु २.५ लाख देखि ३ लाखसम्म मूल्य बढ्ने भएपनी सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र टाटा मोटर्स लिमिटेडको सहकार्यमा मूल्य धेरै बढदा ग्राहकहरुलाई पर्न जाने भारलाई मध्यनजर गर्दै मूल्यमा न्युनतम वृद्धि गर्न लागिएको हो । कम्पनीको अनुसार अहिले टियागो इभी किन्न सोचिरहेको ग्राहकहरुलाई सिमित स्टक प्रि–बजेट मूल्यमा उपलब्ध गराइने छ । टियागो इभी नेपालको...

Read More

जर्मनीमा राष्ट्रपति पौडेललाई गार्ड अफ अनर

बर्लिन – जर्मनीको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको छ। राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच द्विपक्षीय भेटवार्ता हुनुअघि सो सम्मान दिइएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटनसत्रमा सहभागी भएर जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति यहाँ आएका हुन्।...

Read More

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्ग र अर्थमन्त्री पुनबीच भेट

काठमाडौ – विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन् । ट्रोटसनबर्गले सोमबार सिंहबारस्थित मन्त्रालयमा मन्त्री पुनसँग शिष्टाचार भेट गरेका हुन् । ट्रोटसनबर्ग मंगलबारदेखि काठमाडौंमा सुरु भएर ४ दिनसम्म चल्ने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेश्रो रिप्लेनिसमेन्ट बैठकमा सहभागी हुन नेपाल आएका हुन् । भेटमा ट्रोटसनबर्गसँगै विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र मार्टिन रेजर तथा तथा नवनियुक्त नेपाल निर्देशक डेभिड सिस्लेनलगायत सहभागी थिए । आकी विश्व बैंकको विकास वित्त (डिएफआई) परिचालन र र रेजर दक्षिण एसिया हेर्ने उपाध्यक्ष हुन् । भेटमा मन्त्री पुनले आइडीए–२१ बैठकको आयोजना नेपालमा गर्न पाउँदा खुसी...

Read More

पर्यटकको पर्खाइमा दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्र

खलङ्गा (दार्चुला) – नेपालको सुदूरपश्चिम प्रदेश दार्चुला जिल्लाको उत्तरी भागमा अवस्थित अपी नाम्पा संरक्षण क्षेत्र नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा पर्दछ । यहाँ पुग्ने जोसुकैको पनि मन लोभ्याउने यो शान्त क्षेत्र सुन्दर हिमालले सुशोभित भएकाले पनि थप आकर्षक रहेको छ । शान्त वातावरण, विभिन्न वरपरका विविध क्षेत्रको दृश्य तथा जैविक विविधताले भरिपूर्ण यस संरक्षण क्षेत्रबाट वरपरको प्राकृतिक मनोरम दृश्य पनि सजिलैसँग अवलोकन गर्न सकिन्छ । खनिज पदार्थ, खानी, दुर्लभ पशुपक्षी, बहुमूल्य जडीबुटी, देवस्थल तथा वरपर हिमालको आकर्षण यस क्षेत्रका विशेषता हुन् । यस क्षेत्रलाई देवभूमि पनि भन्ने गरिन्छ । यसै क्षेत्रमा देवीदेउताका प्राचीन मन्दिरहरु पनि यहाँ अवस्थित छन् । यस...

Read More