Author: Himalaya Post

एक हजार ४२० वर्ष पुरानो पनौती–जात्रा मनाइँदै

राजकुमार पराजुली, काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको ऐतिहासिक पनौती नगरमा एक हजार ४२० वर्षदेखि मनाइँदै आएको हिले जात्रामा सामेल हुनैपर्ने परम्परागत तथ्य रहेको छ । त्रयोदशीदेखि पूर्णिमाको रात रहुञ्जेल मनाइने हिलेजात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने यहाँको प्रचलन हो । “जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपुर्‍याउनेले कहिल्यै सुख पाउँदैन”, स्थानीय बूढापाकाको भनाइमा हिले जात्रामा सामेल हुनैपर्ने मान्यता रहेको छ । त्रयोदशीको तीन दिनअघि आज पनौतीको ऐतिहासिक क्षेत्रमा अवस्थित भैरवनाथ, भद्रकाली, इन्द्रेश्वरी र ब्रमहायणी मातालाई मन्दिरको आसनबाट केही तल सारेपछि औपचारिक रुपमा जात्रा सुरु भएको मानिन्छ । विशेष रुपमा यस वर्ष असार ६ गतेअर्थात् बिहीबारदेखि शुक्रबारसम्म...

Read More

बजेट जनता र राष्ट्रको पक्षमा : प्रधानमन्त्री

चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा रहेको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले बजेट समग्रमा सन्तोषजनक रहेको बताए । उनले भने, “मलाई लाग्छ यो प्रतिनिधिसभाबाट पारित हुन्छ ।” सुशासन, न्याय र सामाजिक समृद्धिको क्षेत्रमा पनि थुप्रै सकारात्मक पहल भएको उनको भनाइ छ । “यो सन्तोषजनक छ । राष्ट्र र जनताको अपेक्षा अनुसार अझै गति दिनुपर्छ भन्ने आवश्यकता म ठान्छु”, उनले भने । प्रहरी महानिरीक्षकको परिवर्तनका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले कुनै परिवर्तन नहुने बताए । उनले भने– “मैले अस्तिको दिन मात्रै तीनैजना आइजिपिहरुलाई बोलाएर केही परिवर्तन हुँदैन...

Read More

‘खुम्बु क्षेत्र’ मा थप पूर्वाधार विस्तार गरिँदै

सोलुखुम्बु । सगरमाथा पदयात्रा पदमार्ग (एभ्रेस्ट ट्रेकिङ ट्रेल) क्षेत्रको पूर्वाधार निर्माणसँगै त्यस क्षेत्रको पर्यटक आवगमन सहज बन्दै गएको छ । पदमार्ग क्षेत्रका जीर्ण बनेको पूर्वाधारको निर्माणसँगै यस क्षेत्रको पर्यटन आवगमन सहज बनेको हो । चालु आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेश सरकार सोलुखुम्बुको सगरमाथा पदयात्रा पदमार्ग क्षेत्रमा पर्ने प्रमुख पर्यटन पदमार्गको पूर्वाधार निर्माणका लागि मात्रै रु एक करोड २५ लाख रकम विनियोजन गरेको थियो । यसमा लार्चा दोभानदेखि नाम्चे बजार जाने सगरमाथा पर्यटकीय पदमार्गको पूर्वाधार निर्माणमा रु २५ लाख, गोक्यो पर्यटकीयस्थल तथा चोयु हिमाल जाने पदमार्ग पूर्वाधार निर्माणमा रु २५ लाख, फोर्चेदेखि सगरमाथा जाने पदमार्ग निर्माणमा रु २५ लाख,...

Read More

विकट गाउँका नागरिकलाई पुलको चिन्ता

बागलुङ – भौगोलिक विकटताका कारण पिछडिएको बागलुङको तमानखोलाका धेरै गाउँमा बर्खायाममा गाडी चल्दैनन् । एउटा गाउँ पुग्न दर्जन खोला छिचोल्नुपर्छ । तर बर्खामा सबै खोलानालामा पानीको बहाव बढ्ने हुँदा गाडी तर्न सक्दैनन् । केन्द्र बोङ्गादोभान बजारदेखि वडा नम्बर ६ को नर्जाखानी गाउँमा हिउँदको समयमा साढे दुई घण्टा लाग्छ । यस गाउँमा पुग्न पाँच वटा पुल तर्नुपर्ने हुन्छ । गाउँपालिकाले चालु आर्थिक वर्ष एउटा घाटमा पुल निर्माण गरेको छ भने अन्य चार स्थानमा बन्न सकेका छैन । पुल नबनेपछि यस वर्षको बर्खामा पनि नर्जाखानीमा गाडी चल्ने छैनन् । विसं २०७६ मा सडकले जोडिएको बागलुङको सबैभन्दा टाढाको बस्ती हो । हिउँदको...

Read More

बकर इद त्याग, समर्पण र बलिदानको प्रतीक : कार्यवाहक राष्ट्रपति

काठमाडौँ – कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ‘इद–उल–अज्हा’ (बकर इद), २०८१ को अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले खुसी, भाइचारा, सद्भाव, मेलमिलाप र सामूहिकतामा एकताको प्रतीकका रुपमा रहेको ‘इद–उल–अज्हा’, पर्वले सबैलाई एकापसमा मिलेर बस्न सन्देश दिनुका साथै गरिब र सहयोगको आवश्यकता रहेकालाई मद्दत गर्न उत्प्रेरित गर्ने उल्लेख गरेका हुन् । यो पर्व त्याग, समर्पण र बलिदानको प्रतीकका रुपमा पनि मनाइन्छ । कार्यवाहक राष्ट्रपति यादवले समाजमा समानताको भावनालाई पनि उत्तिकै बढावा दिने यो पर्व धार्मिकसँगै सामाजिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण रहेको बताए । यसले समाजमा...

Read More