Author: Himalaya Post

आज गङ्गा दशहारा पर्व मनाइँदै

महोत्तरी – हिन्दूधर्मका अनुयायी आज गङ्गा दशहारा पर्व मनाउँदैछन् । पुराणअनुसार सत्ययुगमा सूर्यवंशी राजा सगरका छोराहरूको मुक्तिका निम्ति भगीरथले तपस्याद्वारा गङ्गालाई पृथ्वीमा ल्याएको मानिने ज्येष्ठ शुक्ल दशमीका दिन मिथिला क्षेत्रमा यो पर्व मनाइने परम्परा छ । गङ्गा स्नान गर्न नसक्नेले नजिकका नदी तथा तलाउमा स्नान गरी यो पर्व मनाउँछन् । सूर्योदयअघि स्नान गरेर नुहाएको जलाशयलाई गङ्गा रूप मानेर पूजाअर्चना गरिन्छ । यसैगरी शिवजीलाई जलाभिषेक गरेर यो दिन उपवास बसे कायिक (शरीरबाट हुने), वाचिक (बोलीबाट हुने) र मानसिक (चेतनाबाट जानाजान हुने) १० प्रकारका महापाप यस दिनको स्नान र उपवासले नास हुने जनविश्वास छ । जेष्ठ शुक्ल दशमीका दिन गङ्गा स्नान...

Read More

मेलम्ची बाढीको तीन वर्ष : पुनर्निर्माण सुस्त, स्थानीयवासी चिन्तित

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिका–४ का खिलप्रसाद लामिछानेलाई बर्खायाम सुरु भएसँगै कसरी बच्ने र बचाउने भन्ने चिन्ताले पिरोल्छ । खोलामा सामान्य बाढी आउँदासमेत सडक, विद्यालय र घरहरू उच्च जोखिममा पर्ने भएकाले उनी सहित स्थानीयवासी अहिले चिन्तित छन् । विसं २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा अकल्पनीय बाढी आएको हिजो तीन वर्ष पूरा भएको छ । असार १ र यसपछिका पटक पटकका बाढीका कारण ठुलो जनधनको क्षति भएको थियो । नदी तटीय क्षेत्रका सयौँ घर र खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो भने हजारौँ नागरिक विस्थापित भएका थिए । बाढीले क्षति पुर्‍याएको तीन वर्ष बिते पनि धेरै प्रभावित...

Read More

बैठक स्थगितपछि बालेनको आक्रोश, भने- ‘नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु’ 

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको नगरसभा बैठक स्थगितपछि महानगर प्रमुख बालेन साहले आक्रोश पोखेका छन् । उनले ३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भएको आरोप लगाएका छन् । आइतबार बसेको बैठकमा मेयर साहले नयाँ सडकलाई नो भेकल जोन बनाउने प्रस्तावलाई सभामा पारित गर्ने तयारी गरेका थिए । त्यसअघि उनले आर्थिक वर्ष २०८१÷८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए । लगत्तै कांग्रेस र एमालेका वडाध्यक्षहरुले नगरसभाको बैठक बाहिष्कार गरेर एकाएक सभाहलबाट उठेर गएका थिए । कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेपछि नगरसभाको बैठक स्थगित...

Read More

कार्यपालिका सदस्यहरु बाहिरिएपछि काठमाडौं महानगरको नगर सभाको बैठक स्थगित

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको नगर सभा बैठक स्थगित भएको छ । मेयर बालेन साहले बैठक असार १० गते ११ बजे बस्नेगरी बैठक स्थगित भएको जानकारी दिएका हुन् । आइतबार बसेको बैठकमा मेयर साहले आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए । लगत्तै कांग्रेस र एमालेका वडाध्यक्षहरुले नगरसभाको बैठक बाहिष्कार गरेर सभाहलबाट उठेर गएका थिए । कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेपछि साहले नगरसभाको बैठक स्थगित भएको घोषणा गरेका हुन् । नयाँ सडकलाई नो भेकल जोन बनाउने काठमाडौं महानगरपालिकाका मेयरको प्रस्तावलाई आज बस्ने नगर सभामा...

Read More

राष्ट्रपति पौडेल बर्लिनमा, भोलि औपचारिक भेटवार्ता

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुगेका छन् । उनका आफ्ना समकक्षी डा फ्र्याङ्क–वाल्टर स्टीनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा गएका हुन् । राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई शनिबार अपराह्न बर्लिन ब्रान्डेनवर्ग अन्तरराष्ट्रिय विमानस्थलमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का तथा उनकी धर्मपत्नी, जर्मनीका राष्ट्रपतिको सङ्घीय परराष्ट्रमामिला कार्यालयका वरिष्ठ अधिकारीले स्वागत गरेको बर्लिनस्थित नेपालको राजदूतावासले आज जनाएको छ । राष्ट्रपति पौडेलका साथ प्रथम महिला सविता पौडेल, राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रपतिको कार्यालयका सचिव डिल्लीराम शर्मा तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु छन् । राष्ट्रपति पौडेल...

Read More