Author: Himalaya Post

राजदूत फिर्ता गर्ने सरकारको निर्णय पूर्वाग्रही : प्रवक्ता महत

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पूर्वाग्रही ढंगले सरकारले राजदूत फिर्ता गर्ने निर्णय गरेको बताएका छन् । मंगलबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै महतले विभिन्न देशमा नियुक्त भएका केही राजदूतहरुले देशको हितको पक्षका निकै राम्रा कामगरेपनि सरकारले उनीहरुलाई पूर्वाग्रही ढंगले फिर्ता बोलाउने निर्णय गरेको बताएका हुन् । अत्यन्त व्यवसायीक हैसियत राख्ने राजदूतहरुलाई फिर्ता बोलाउनु उचित नभएको उनको भनाइ छ । उनले देशका लागि नभएर आफ्ना लागि काम गर्ने मान्छेलाई राजदूतका नियुक्त गर्न खोजेको आरोप लगाए । प्रवक्ता महतले फजुल खर्चमा बजेट विनियोजन भएको भन्दै कार्यान्वयन हुनेमा आशंका व्यक्त गरे...

Read More

पाइलट पन्तको उडान निलम्बन फुकुवा

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमका विमान चालक भावना पन्तमाथिको निलम्बन फुकुवा गरेको छ। पन्तले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा निषेधित काम गरेको उजुरीका आधारमा ‘एक्टिभ ड्युटी’बाट हटाइएको थियो। तर छानबिनका क्रममा पन्त दोषी नदेखिएपछि उडान निलम्बन फुकुवा गरिएको क्यानका प्रवक्ता हंसराज पाण्डेले जानकारी दिए। उनले भने, ‘पाइलट पन्तविरुद्ध निषेधित क्षेत्रमा निषेधित कार्य गरेको भन्ने उजुरी परेको थियो, छानबिन गर्दा गम्भीर र सुरक्षा असर नपर्ने देखिएकाले उहाँको उडान निलम्बन फुकुवा गरिएको हो।’ नेपाल वायुसेवा निगमको न्यारो बडी जहाज ‘ए३२०–२००’ का पाइलट पन्तलाई क्यानले यही जेठ २१ गते ‘एक्टिभ ड्युटी’ बाट हटाएको थियो। पन्तसँगै पाइलट विजय...

Read More

सिटिजन्स बैंक र ग्राण्ड नोरलिङ होटेल रिसोर्टबीच छुटसम्बन्धी सम्झौता

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मूलपानी, काठमाडौं स्थित ग्राण्ड नोरलिङ होटेल रिसोर्ट बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले ग्राण्ड नोरलिङ होटेल रिसोर्टका सेवाहरुमा १०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू...

Read More

कोशी प्रदेशका ४५ प्रतिशत जनसंख्या बीमाको पहुँचमा

विराटनगर – कोशी प्रदेशमा ४५ दशमलव १६ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनमा कोशी प्रदेशमा ४५ दशमलव १६ प्रतिशत मानिस बीमाको पहुँचमा रहेको उल्लेख छ । त्यस्तै, हाल देशभर बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ११ हजार पाँच सय ९४ वटा रहेकोमा कोशी प्रदेशमा मात्र १६ दशमलव ०६ प्रतिशत अर्थात् एक हजार आठ सय ६२ वटा शाखा छन् । बैंक तथा वित्तीय संस्थामा रहेको कूल निक्षेपको सात दशमलव १३ प्रतिशत अर्थात् चार खर्ब ४१ अर्ब बराबर कोशी प्रदेशमा छ । त्यस्तै, कूल कर्जाको ११ दशमलव २६...

Read More

निजी गुठीमध्येकै धनी श्रीरामचन्द्र मन्दिरसँग छैन जग्गाको अभिलेख

काठमाडौं – दाताले निजी गुठी राखेर सञ्चालन गर्नेमा नेपालकै धनी मन्दिरमध्येमा पर्छ श्रीरामचन्द्र मन्दिर । काठमाडौं महानगरपालिका– ९ बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरको जग्गा कहाँकहाँ कति छ भन्ने अद्यावधिक अभिलेख निजी गुठी सञ्चालकसँग नै नरहेको पाइएको छ । निजी गुठी सञ्चालकको समिति त छ, तर समितिसँग गुठीको नाममा कहाँ–कहाँ कति–कति जग्गा छ भन्ने अभिलेख नै छैन । उक्त निजी गुठीका सञ्चालकले समितिको लाल ढड्डामा अभिलेख भएको बताए पनि लामो समयदेखि खोजी गर्दा पनि उपलब्ध भने हुन सकेको छैन । मन्दिरका नाममा काठमाडौंको बत्तीसपुतली, हाँडीगाउँ, साँखु र नाङ्लेभारेलगायत विभिन्न स्थानमा तीन सय ७३ रोपनी जग्गा भए पनि गुठीको आयस्ता भने नआएको श्रीरामचन्द्र...

Read More