Author: Himalaya Post

पार्टीभित्र कुनै वैचारिक मतभेद छैन : उपाध्यक्ष पाण्डे

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टीभित्र कुनै वैचारिक मतभेद नरहेको बताएका छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पाण्डेले महाधिवेशनमा एउटै दस्तावेज प्रस्तुत हुने भन्दै कुनै वैचारिक मतभेद नरहेको बताएका हुन् । उनले महाधिवेशन पूर्णरुपमा अधिकारसम्पन्न हुने भएकाले नेतृत्वमा पुरानोलाई दोहोर्याउन वा नयाँलाई नेतृत्व दिनसक्ने धारणा राखे । पार्टीलाई उपयुक्त हुने पात्रलाई नेतृत्वमा राख्न महाधिवेशनले उपयुक्त निर्णय गर्ने उनको भनाइ छ । पाण्डेले महाधिवेशन प्रतिनिधि जोसुकैले पनि आफू अध्यक्ष वा कुनै पदको उम्मेदवार भन्न पाउने धारणा राखे । त्यस्तै उनले राजदूत परिवर्तन गर्ने बिषय नितान्त सरकारको विषय भएकाले यसलाई स्वभाविक रुपमा लिनुपर्ने बताए...

Read More

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ अधिवेशनमा भाग लिन स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् । राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् । त्यसअघि उनलाई त्रिभुवन विमानस्थलको अति विशिष्ठ कक्षमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगाएतले विदाई गरेका थिए भने नेपाली सेनाले सम्मान गारत सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेलले जेष्ठ ३१ गते उच्चस्तरीय सत्रमा आयोजना हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा उनले जेठ ३० गते स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता...

Read More

नेपाल र श्रीलङ्काबीचको खेल भोलि बिहान, के भन्छन् कप्तान ?

काठमाडौँ – आइसिसी पुरुष टी–२‍० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफनो दोस्रो खेलमा नेपालले भोलि टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलङ्कासँग खेल्दैछ । अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार भोलि बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ । सिनियर क्रिकेट प्रतियोगितामा नेपाल र श्रीलङ्का पहिलो पटक आमनेसामने हुन लागेका हुन् । त्यसो त उमेर समूहमा भने यी दुई टोलीबीच पटक–पटक भेट भएको थियो । नेपालले टेष्ट राष्ट्र श्रीलङ्कालाई हराउँदै आफ्नो विश्वकप यात्रालाई अगाडि बनाउने कोसिसमा रहनेछ । त्यसैगरी लगातार दुई खेलमा पराजित श्रीलङ्काले पनि नेपाललाई हराउदै विश्वकपको अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवितै बनाउन चाहन्छ । नेपाललाई विश्वकपको सुपर...

Read More

भरत ताल निर्माणमा ३० करोड भ्रष्टाचार, मेयरसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगले मङ्गलबार भ्रष्टाचार गरेको आरोपमा मेयर थापा सहित ६ जना विरुद्ध ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । अख्तियारले बागमती नगरपालिकाका उपप्रमुख लीलाकुमार मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।...

Read More

मोरङका खोलामा भेटियो गैरदेशीय माछाको नयाँ प्रजाति

मोरङ – मोरङको बेलबारी र धनपालथानमा माछाको एक गैरदेशीय प्रजाति फेला परेको छ। दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने ‘टेरिगोप्लिक्थिस डिसजन्किटिभस’ वैज्ञानिक नाम रहेको उक्त माछा नेपालमा पहिलो पटक बेलबारीस्थित नदीमा चार वर्षअघि देखापरेको थियो। नयाँ प्रजातिको माछा भन्ने शंका लागेर त्यही समयदेखि स्थानीय अनुसन्धानकर्ताहरू जसहाङ लिम्बू, दीपक राजवंशी, अस्मित सुब्बा र लक्ष्मण खनाल यसलाई पछ्याउन थालेका थिए। पछि दुई चिनियाँ अनुसन्धानकर्ताहरू जिनक्वान याङ र चेनहोङ लिको सहयोगमा उनीहरूले यो अतिमिचाहा स्वभाव भएको र नेपालका लागि नयाँ प्रजाति हो भन्ने पुष्टि गरे। यो माछाको बासस्थान, शारीरिक र आनुवंशिक बनोट तथा आनीबानी र नेपालमा पहिलो पटक भेटिएको भन्ने पुष्टि गर्दै अनुुसन्धानकर्ताद्वारा...

Read More