Author: Himalaya Post

असार ७ गते बजेट पारित गर्ने सरकारको तयारी

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षको बजेट असार ७ गते पारित गर्ने तयारी थालेको छ । संघीय संसद सचिवालयले तयार पारेको पाक्षिक संसदीय क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ । बजेटमाथि सामान्य छलफल सकिएको छ । आज मंगलबारदेखि मन्त्रालयगत बजेटमाथि छलफल सुरु हुँदैछ...

Read More

ट्याङ्की निर्माणपछि हात्तीलेटका बासिन्दा भन्छन्– ‘अब मध्यरातमा गाग्री बोकेर इनारतिर जानु पर्दैन’

महोत्तरी – महोत्तरीको बर्दिवास–८ हात्तीलेटका बासिन्दाले खानेपानीको सङ्कट झेल्नु नपर्ने भएको छ । त्यहाँ खानेपानी सङ्कलन गर्न ट्याङ्की निर्माण भइसकेको छ । साथै पानी वितरणका लागि पाइप ओछ्याइन थालिएपछि यहाँका बासिन्दामा खानेपानीको सङ्कट समाधान हुन लागेको हो । बस्तीमा सरकारको तराई मधेस खानेपानी योजनाअन्तर्गत रु एक करोड ५० लाखको अनुदान सहयोगमा ‘ओभरहेड ट्याङ्की’ निर्माण भएको हो । “अब खानेपानी पाइने आशा जागेको छ”, हात्तीलेटको सतखोली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरि रानाले भने, “ अब खानेपानीका लागि सङ्कट झेल्नु पर्दैन ।” योजनाको ओभरहेड, कार्यालय भवन, चौतर्फी पर्खाल र बोरिङ जडानलगायतका काम सम्पन्न भएपछि अहिले धमाधम पाइप ओछ्याउने र...

Read More

प्रकाशमानको स्वास्थ्यवस्था बुझ्न नेता महर भारतमा

नयाँदिल्ली – भारतको गुडगाउँस्थित फोर्टिस हस्पिटलमा उपचाररत नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई भेटेर कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले स्वास्थ्यवस्थाबारे छलफल गरेका छन्। महरसँगै कांग्रेस सन्दीप राना, सागर शाही र रामचन्द्र शाक्यलगायत नेताहरू पार्टीका तर्फबाट हस्पिटल पुगेर सोमबार सिंहको स्वास्थ्यवस्था अवस्थाबारे छलफल गरेको महरको सचिवालयका संयोजक सन्तोष खड्काले बताए। मूत्रप्रणालीमा समस्या देखिएपछि नेपाली चिकित्सकको सिफारिसमा सिंहको नयाँदिल्लीमा जेठ २१ मा अप्रेसन गरिएको थियो। ‘सिनियर नेता बिरामी हुँदा पार्टीका तर्फबाट महर स्वास्थ्यवस्था बुझ्न नयाँदिल्ली पुग्नु भएको हो। उहाँको अवस्था सुधारोन्मुख छ। स्वदेश फर्किएर सिंहको स्वास्थ्यवस्थाबारे महरले पार्टीका नेताहरूसँग कुरा गर्नुहुनेछ’, महरलाई उदृत गर्दै उनको सचिवालयले भन्यो। एक साता दिल्ली बसाइका क्रममा...

Read More

‘आईपीभी खोप’ लगाउन बालबालिकाको उत्साहजनक सहभागिता

पर्सा – पर्सामा पोलियो रोगविरुद्धको आईपीभी खोप शतप्रतिशतकै हाराहारीमा बालबालिकालाई लगाइएको दाबी गरिएको छ । जिल्लास्तरीय खोप समन्वय समिति सचिवालय पर्साले गत यही जेठ १३ देखि २७ गतेसम्म पोलियो खोप अभियान सञ्चालन गरेको थियो । पर्सा स्वास्थ्य कार्यालयका प्रमुख डा मुक्तिनारायण साहले जिल्लामा पोलियो रोगविरुद्धको आईपीभी खोपमा बालबालिकाको उत्साहजनक सहभागिता रहेको बताए । “जिल्लाको १४ वटै पालिकामा आईपीभी खोपमा बालबालिकाको सहभागिता निकै उत्साहप्रद रह्यो”, उनले भने, “हामीले खोप लगाएका बालबालिकाको प्रारम्भिक तथ्याङ्कले पनि शतप्रतिशतकै हाराहारीमा पुग्ने देखिएको छ । अहिलेसम्म अन्तिम तथ्याङ्क भने आइसकेको छैन ।” विसं २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएर पनि आईपीभी खोप लगाउन बञ्चित बालबालिकालाई लक्षित...

Read More

सेवाग्राहीको चाप बढेपछि चितवनमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन बिहानैदेखि

चितवन – राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण सङ्कलन दैनिक बिहान ७ बजेदेखि थालिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि बिहान ७ बाट साँझ ५ बजेसम्म वितरण तथा विवरण सङ्कलन सुरु गरेको हो । कार्यालयका सूचना अधिकारी अन्तिम सिंजालीका अनुसार आगामी असार मसान्तसम्म बिहान ७ बजेबाट विवरण सङ्कलन गर्न लागिएको हो । परिचयपत्रको विवरण सङ्कलन गर्न आउने सेवाग्राहीको चाप बढेपछि एक महिनाका लागि समय थप गरी सेवा दिन लागिएको उनले बताए । जिल्लामा चालु आर्थिक वर्षको वैशाखसम्ममा २८ हजार पाँच सय ६० जनाले राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गराएका छन् । उनले भने, “अहिले दैनिक तीनदेखि चार सय सेवाग्राही राष्ट्रिय...

Read More