Author: Himalaya Post

जीवी राईलाई छिटो भन्दा छिटो पक्राउ गरी स्वदेश ल्याइयोस् : ज्ञानेन्द्र शाही

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सहकारी प्रकरणमा फरार जीवी राईलाई छिटो भन्दा छिटो पक्राउ गरि स्वदेश ल्याउन माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद शाहीले अहिलेको अवस्था हेर्दा देश भन्दा ठूलो जीवी राई देखिएको भन्दै उनलाई छिटो भन्दा छिटो पक्राउ गरि स्वदेश ल्याउन माग गरेका हुन् । आकास पाताल जहाँबाट भएपनि राईलाई पक्राउ गरेर ल्याउछौ भनेर गृहमन्त्रीले भनेकाले कहिले पक्रेर ल्याउने हो हेरेर बसेको उनले बताए । शाहीले आज साना साना कुरा मात्रै नभई ठूला ठूला भ्रष्टाचार र अनियमितताका फाइल खोल्न सुझाव दिए । उनले गिरीबन्धु प्रकरणका बिषयमा पनि छानविन गर्दै सत्यतथ्य संसदलाई जानकारी गराउन माग...

Read More

प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन सभामुखबाट रुलिङ होस् : रघुजी पन्त

काठमाडौँ– नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयमा सदनलाई जानकारी गराउन सभामुखको रुलिङ माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले आजै सदनलाई भ्रमणको बारेमा जानकारी गराउन माग गरेका हुन् । उनले भने, ‘भातरसँग सीमाको समस्या त्यतिकै छ, ईपीजीको प्रतिवेदन त्यतिकै छ, भारतसँग थाती रहेका समस्याहरू जस्ताको तस्तै छ । त्यसैबारे प्रधानमन्त्रीको भ्रमणको बिषयमा के कुराकानी भए सदनलाई जानकारी गराउन सभामुखबाट रुलिङ होस्...

Read More

बजेटको मन्त्रालयगत छलफल अवधिभर सांसदहरुले छुट्टी नपाउने

काठमाडौँ– बजेटको मन्त्रालयगत छलफलमा सांसदहरुले छुट्टी नपाउने भएका छन् । संसद सचिवालयले तयार पारेको क्यालेन्डर अनुसार बजेट पारित भएपछि सांसदहरुले पाँच दिन छुट्टी पाउनेछन् । असार ७ गतेपछि प्रतिनिधि सभाको अर्को बैठक असार ११ गते राख्ने कार्यतालिका छ । प्रतिनिधि सभामा आजदेखि बजेटको मन्त्रालयगत छलफल सुरु हुँदैछ । असार ७ गतेसम्म हरेक दिन निरन्तर छलफल चलाउने र बजेट पारित गरेपछि मात्रै प्रतिनिधि सभाको अर्को बैठकका लागि केही दिन ग्याप राख्ने गरी संसदीय क्यालेन्डर तय भएको छ...

Read More

मोरङका खोलामा भेटियो माछाको नयाँ प्रजाति

मोरङ– मोरङको बेलबारी र धनपालथानमा माछाको एक गैरदेशीय प्रजाति फेला परेको छ । दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने टेरिगोप्लिक्थिस डिसजन्किटिभस वैज्ञानिक नाम रहेको उक्त माछा नेपालमा पहिलो पटक बेलबारीस्थित नदीमा चार वर्षअघि देखापरेको थियो । नयाँ प्रजातिको माछा भन्ने शङ्का लागेर त्यही समयदेखि स्थानीय अनुसन्धानकर्ताहरु जसहाङ लिम्बू, दीपक राजवंशी, अस्मित सुब्बा र लक्ष्मण खनाल यसलाई पछ्याउन थालेका थिए । पछि दुई चाइनिज अनुसन्धानकर्ताहरु जिनक्वान याङ र चेनहोङ लिको सहयोगमा उनीहरुले यो अतिमिचाहा स्वभाव भएको र नेपालका लागि नयाँ प्रजाति हो भन्ने पुष्टि गरे। यो माछाको बासस्थान, शारीरिक र आणुवंशिक बनोट तथा आनीबानी र नेपालमा पहिलो पटक भेटिएको भन्ने पुष्टि...

Read More

आजदेखि बजेटमाथि छलफल शुरु, यस्तोे छ असार ७ गतेसम्मको कार्यसूची

काठमाडौँ– प्रतिनिधिसभा बैठकमा मंगलबारबाट विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकमाथि छलफल सुरु भएको छ । सरकारले असार ७ गते बजेट पारित गर्ने तयारीका साथ आजदेखि बजेटमाथि छलफल थालेको छ । आज प्रतिनिधि सभामा चार वटा मन्त्रालय अन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । जसमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय रहेका छन् । बुधबार सहरी विकास, रक्षा, महिला, बालबालिका तथा जेष्ठ नागरिक र कानुन न्याय तथा तथा संसदीय मामिला मन्त्रालयको बजेटमाथि छलफल हुनेछ । बिहीबार अर्थात् जेठ ३१ गते उद्योग, वाणिज्य तथा...

Read More