Author: Himalaya Post

सिटिजन्स बैंक र स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलबीच छुटसम्बन्धी सम्झौता

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सा स्थित स्पर्श मल्टिस्पेसियालिटी हस्पिटल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलका सेवाहरुमा २५% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु संचालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको...

Read More

जीवनका कथैकथा जोडिएका ‘यादहरु’

नारायण ढुङ्गाना, काठमाडौं – डुङ्गाको अस्तित्व पानी र त्यसको बहावसँग जोडिएको हुन्छ तर त्यही डुङ्गालाई विम्ब बनाएर जमिनसँग नाता जोड्ने प्रयत्नमा लागेका छन् कलाकार रवीन्द्र श्रेष्ठ । नयाँ सोच र अवधारणालाई कलामार्फत प्रस्तुत गर्ने खुबी उनमा देखिन्छ । गत वर्षको राष्ट्रिय कला प्रदर्शनीमा ‘डुङ्गा चियाघर’ शीर्षकमा आफ्नो सृजना प्रस्तुत गरेर वाहवाही कमाएका श्रेष्ठले यस वर्ष पनि डुङ्गालाई नै आधार बनाएर फरक स्वरुपमा नौलो अनुभूति पस्किएका छन्। नारायणी, राप्ती, कोशीजस्ता ठूला नदीमा मानिस बोकेर बग्दाको स्मरण अनि काठमाडौंकै ठूला पोखरीमा तैरिँदाको स्मृति त्यो डुङ्गासँग हुन्छ । तर यहाँ आउँदाको स्मृति भने त्योभन्दा निकै फरक छ । राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानको...

Read More

जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खप्तड एयरलाईन्सको विमान दुर्घटनामा पर्यो…

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना सम्बन्धी अभ्यास गरिएको छ । हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्दारसंग सम्बन्ध विभिन्न निकायहरुको सहभागितामा विमानस्थल संकटकालीन योजना अनुसार गरिने विभिन्न अभ्यासमध्ये सोमबार अलर्ट ९.३.१ अर्थात बिमानस्थल क्षेत्रमा विमान दुर्घटनासम्बन्धी पूर्णकालीन अभ्यास गरिएको हो । सो क्रममा एउटा खप्तड एयरलाईन्सको एउटा काल्पनिक विमान दुर्घटना भएको थियो । त्यस लगतै विमानस्थलमा रहेका वारुणयन्त्रहरुले विमानमा लागेको आगो नियन्त्रणमा लिदै सुरक्षाकर्मीहरुले घाइतेहरुको उद्दार गरेका थिए । सङ्कटको अवस्थामा सहभागी हुने विभिन्न निकायहरुबीचको आपसी समन्वय, भूमिका तथा जिम्मेवारीको मूल्याङ्कन गरी सम्बद्ध पक्षको क्षमतामा अभिवृद्धि गराइ यस्तो दुर्घटनाको अवस्थामा जनधनको क्षति न्यून गराउने र विमानस्थलको...

Read More

सीजीद्वारा क्यानलाई ६० लाख रुपैयाँ सहयोग, वाईवाईको ‘क्रिकेट स्पेशल प्याकेट’ सार्वजनिक

काठमाडौं– टी२० क्रिकेट टोलीलाई प्रोत्साहन स्वरुप सीजी फुड्स नेपाल लिमिटेडले ‘वाईवाई क्रिकेट स्पेशल एडिसन प्याकेट’ बजारमा ल्याएको छ । सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै सीजीले नेपाल दोस्रो पटक आइसीसी पुरुष टी–२० विश्वकपमा सहभागि हुन सफल भएकोमा नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन गर्नको लागि उक्त प्याकेट बजारमा ल्याएको जानकारी दिइयो । टी२० विश्वकपमा नेपाली राष्ट्रिय टिमका साथ रमाइरहेका नेपाली दर्शकहरूका लागि वाइवाइको नयाँ प्याकेट विशेष हुने अपेक्षासहित नयाँ प्याकेट बजारमा ल्याइएको कम्पनीले जनाएको छ । पत्रकार सम्मेलनमा चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीको उपस्थितिमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र सीजी फुड्सका सिइओ प्रदीप पुडासैनीले सम्झौता...

Read More

जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वन क्षेत्रको दिगो व्यवस्थापन जरुरी : उपराष्ट्रपति

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वन क्षेत्रको दिगो व्यवस्थापन जरुरी रहेको बताएका छन् । सोमबार काठमाडौंमा पारिवारिक निजी वन संघ, नेपालको तेश्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उपराष्ट्रपति यादवले जलवायु परिवर्तनका कारण हुनसक्ने प्राकृतिक प्रकोपलाई न्युनकरण गर्न वन क्षेत्रको दिगो व्यवस्थापन जरुरी रहेको बताएका हुन् । जैविक विविधताका क्षेत्र वरपर बढ्दो अव्यवस्थित शहरीकरण, जनताको पूर्वाधार विकासप्रतिको तीव्र चाहनाका कारण निम्तिन सक्ने चुनौतीप्रति गम्भीर हुनुपर्ने उनले बताए । उनले वन पैदावरको सहज आपूर्तिको व्यवस्था गर्नसके देशको आर्थिक समृद्धि र विकासमा टेवा पुग्न सक्ने भएकाले निजी वनको दिगो व्यवस्थापन आवश्यक रहेको धारणा राखे । उपराष्ट्रपति यादवले वनको...

Read More