Author: Himalaya Post

भारतका राष्ट्रपति र प्रधानमन्त्री दाहालबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ– भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग आज भेट गरेका हुन् । सो अवसरमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री दाहालबीच नेपाल–भारतबीच सदियौँदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । त्यसैगरी, उनीहरूबीच दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ...

Read More

शपथ ग्रहणपछि प्रचण्ड भेट्दै मोदीले भने– ‘भारत नेपालसंगको छिमेकी नीतिप्रति प्रतिबद्व छ’

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग भेटवार्ता गरेका छन् । मोदीले आफ्नो शपथ ग्रहण कार्यक्रमपछि नेपाल लगायतका भ्रमणमा रहेका नेताहरुसँग भेटघाट गरेका हुन् । सो क्रममा मोदीले प्रचण्डसंग भारत नेपालसंगको पहिलो छिमेकी नीतिप्रति प्रतिबद्व रहेको बताएको उनको सचिवालयले जनाएको छ । उक्त अवसरमा उनले सबैप्रति आभार समेत प्रकट गरेका छन् ।...

Read More

बागमती नदी महोत्सवको २४ औं संस्करण आयोजना गरिने

काठमाडौँ– बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि बागमती नदी महोत्सवको २४ औं संस्करण आयोजना गरिने भएको छ । नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लवको आयोजनामा बिभिन्न निजि , सरकारी तथा सामाजिक संघसंस्थाहरुको सहकार्यमा बागमती नदी महोत्सव मनाउन लागिएको हो । नेवार समूदायले मनाउने सिथी नखः पर्वको दिन उद्घाटन हुने अभियान अन्तर्गत साढे दुई महिनासम्म हरेक साता नदि सरसफाइ, पर्यावरणीय संरक्षण लगाएतका काम गरिने नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले जानकारी दिए । भाद्रको पहिलो शनिबार सांस्कृतिक तथा सांगितिक कार्यक्रमका साथै बाग्मती र्याफ्टीङको आयोजना गरि महोत्सवको समापन गरिने उनले बताए । नेपाल सरकारले आगामी आर्थिक वर्षक ा...

Read More

वेस्ट इन्डिज पुगेर धन्यवाद दिदैँ सन्दिपले भने– ‘क्यानविरूद्धको प्रपोगाण्डामा विश्वास नगरौँ’

काठमाडौँ– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न वेस्ट इन्डिज पुगेका सन्दीप लामिछानेले सबैलाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जालमार्फत विश्वकपमा सहभागी गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले लेखेका छन्, ‘मेरो यात्रालाई सम्भव बनाउनका लागि हाम्रा अध्यक्ष चतुरबहादुर चन्द सर, सचिव तथा मेरा प्यारा भाइ पारस खड्का दाई, मेरा वकिल सरोज के घिमिरे दाई, विनोद दास दाई, प्रबल गौतम दाई र प्रिय बालकृष्ण लामिछाने दाईलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’ उनले विश्वकप क्रिकेटमा सहभागितालाई सम्भव बनाउन क्यान अध्यक्ष चतुर बहादुर चन्द, क्यानका सचिव पारस खड्का, वकिल सरोज घिमिरे, विनोद दास लगायतलाई धन्यवाद दिएका छन् । साथै उनले आफ्नो भिसाको सन्दर्भमा...

Read More

भोजपुरको प्याउलीमा अरुण आँखा उपचार केन्द्र स्थापना

भोजपुर– नेपाल नेत्र ज्योति सङ्घ भोजपुर र अरुण गाउँपालिकाको संयुक्त सहकार्यमा प्याउलीमा अरुण आँखा उपचार सेवा केन्द्र स्थापना गरिएको छ । जिल्लाको पूर्वी क्षेत्रका नागरिकलाई आँखा उपचार सेवा दिने उद्देश्यका साथ अरुण गाउँपालिकाको केन्द्रप्याउलीमा आँखा उपचार सेवा केन्द्र सञ्चालनमा ल्याएको सङ्घका सभापति तेज मोक्तानले जानकारी दिए । नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय महासचिव भरत चन्द र अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले संयुक्तरुपमा उपचार केन्द्रको शुभारम्भ गरे । सो अवसरमा अध्यक्ष खत्रीले आँखा उपचारको सेवाका लागि अन्यत्र जानुपर्ने अवस्थालाई अन्त्य गर्न सेवा केन्द्र स्थापना गरिएको बताए । आफ्नै पालिकामा आँखा उपचार केन्द्र स्थापना भएर सञ्चालनमा आएपछि स्थानीयमा समेत खुसियाली छाएको गाउँपालिका...

Read More