Author: Himalaya Post

वीरगञ्ज महानगरद्वारा पुँजीगत खर्चमा सामान्य सुधार

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा चालु र पुँजीगत खर्च गरेर रु एक अर्ब ७४ करोड खर्च गरेको छ । गत आवको तुलनामा पुँजीगत खर्चमा सामान्य सुधार भएको छ । महानगरले चालु आवको १० महिनाको अवधिमा चालु र पुँजीगत गरेर कुल विनियोजित बजेटको ५२ दशमलव सात प्रतिशत खर्च भएको जनाएको छ । महानगरको गत पुसमा भएको नगरसभाले गत असारमा विनियोजित बजेटमा रु २५ करोड थपेर तीन अर्ब ४६ करोड पुर्याएको थियो । गत असारमा महानगरले चालु आवको लागि रु तीन अर्ब २१ करोडको बजेट सार्वजनिक गरेको थियो । महानगरले चालु आवको १० महिनाको अवधिमा चालु खर्चतर्फ रु दुई अर्ब ३८ करोड ५५ लाख बजेट विनियोजन गरेकामा यो अवधिमा चालु खर्चतर्फ रु एक अर्ब ३४ करोड खर्च गरेको छ । महानगरले चालु आवमा पुँजीगत खर्चतर्फ भने रु ८८ करोड ३९ लाख बजेट विनियोजन गरेकामा रु ३९ करोड २२ लाख खर्च गरेको जनाएको छ । “महानगरको गत पुसमा भएको नगरसभाले रु २५ करोड बजेट थप गर्ने निर्णय ग¥यौं तर यो आवमा अपेक्षाकृत रुपमा राजस्व सङ्कलन हुन सकेन,’’ वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले भने ,‘‘सङ्घीय तथा प्रदेश सरकारबाट आउने समानीकरण बजेट पनि २५ प्रतिशत रोक्का हुँदा विकास निर्माणका काम प्रभावित भएका छन् । यद्यपि पुँजीगत खर्चमा सामान्य सुधार भएको छ । ’’ यसैबीच, वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रकम राजस्व सङ्कलन गरेको छ...

Read More

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान

काठमाडौँ – नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेकी छन् । वसन्त ऋतुको जारी सगरमाथा आरोहणमा गोरखाकी फुञ्जोले आज बिहान ६ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेर सगरमाथाको सबैभन्दा छिटो महिला आरोहीको कीर्तिमान बनाएकी हुन् । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार बुधबार दिउँसो ३ः५२ मा आधार शिविरबाट आरोहण सुरू गरी आज बिहान ६ः२३ बजे आरोही फुञ्जोले सगरमाथाको चुचुरोमा पाइला टेकेकी थिइन् । उनले १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेकी जनाइएको छ । यसअघि सन् २०१८ मा फुञ्जोले ३९ घण्टा ६ मिनेटमा सगरमाथाको शिखरमा पुगेर रेकर्ड बनाएकी थिइन् । पछि सन् २०२१ मा हङकङकी स्याङ यिन हङले २५ घण्टा ५० मिनेटमा सगरमाथा आरोहण गरेर बनाएको कस्सतमान फुञ्जोले तोडेकी हुन् । यसअघि दोलखाका पेम्बादोर्जे शेर्पाले आठघण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने पुरुषको रूपमा गिनिजबुकमा रेकर्ड कायम गरेका थिए । विसं २०४३ मा गोरखाको छेकाम्बर बुर्जी गाउँ (चुम भ्याली) मा सामान्य परिवारमा जन्मेकी फुञ्जोको सानै उमेरदेखि हिमाल आरोहणमा रुचि थियो । अमेरिकाको ‘डेनाली’ हिमाल आरोहण गरेर आरोहण यात्रा प्रारम्भ गरेकी फुञ्जोले चोयु, अमाडब्लम, लापुछे, मनास्लुजस्ता हिमाल चढिसकेकी छन् । उनले फ्रान्सको ‘मोमलङ’ हिमाल पनि आरोहण गरिसकेकी छन् । सगरमाथा आरोही सङ्घका महासचिव नेपाल पर्वतारोहण सङ्घका सचिव शिवबहादुर सापकोटाका अनुसार आरोही फुञ्जोले २४ घण्टा २४ मिनेटमा सगरमाथाको आधार शिविरबाट चुचुरोसम्म र सगरमाथाको चुचुरोबाट आधार शिविरसम्म आरोहण सकेर नयाँ...

Read More

बेलायतमा जुलाई ४ मा आमनिर्वाचन हुने

काठमाडौँ – बेलायतका प्रधानमन्त्री ऋषि सुनकले जुलाई ४ मा आम निर्वाचन हुने घोषणा गरेका छन् । “आज बिहान मैले संसद् विघटन गर्न अनुरोध गर्न राजासँग कुरा गरेँ । उहाँले यो अनुरोध स्वीकार गर्नुभएको छ र जुलाई ४ मा आम निर्वाचन हुनेछ,” बुधबार साँझ डाउनिङ स्ट्रिटमा गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री सुनकले भने । नयाँ तथ्याङ्कले देशमा मुद्रास्फीति तीव्र रूपमा (दुई दशमलव तीन प्रतिशतमा) झरेको देखाएको केही घण्टापछि प्रधानमन्त्रीको यो घोषणा आएको हो । करिब तीन वर्षमा यो तथ्याङ्क सबैभन्दा कम हो । सत्तारुढ कन्जर्भेटिभ पार्टीले यसलाई एउटा उत्साहजनक उपलब्धि मानेका छन् । सन् २०२३ जनवरीमा प्रधानमन्त्रीको पाँचवटा प्रतिज्ञामध्ये मुद्रास्फीति न्यूनीकरण...

Read More

कूटनीतिक सीप र दक्ष जनशक्ति आवश्यक छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले परिवर्तित विश्व प्रविधिको तीव्र विकासबाट उत्पन्न अवसर र चुनौतीको सामना गर्नसक्ने कूटनीतिक सीप र दक्ष जनशक्ति अहिलेको आवश्यकता भएको बताएका छन् । बिहीबार नेपाल परराष्ट्र सेवा दिवस २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले परिवर्तित विश्वमा भएको प्रविधि र तीव्र विकासबाट उत्पन्न अवसर र चुनौतीको सामना गर्न ज्ञानमा आधारित अध्ययन, अनुसन्धान र विश्लेषण क्षमता भएको जनशक्ति मुलुकको लागि आवश्यक रहेको बताए । मन्त्री श्रेष्ठले नेपालको परराष्ट्र सेवामा भएको तीन सय भन्दा कम संख्याको जनशक्तिबाट ३२ देशमा अवस्थित ४० नेपाली कूटनीतिक नियोगबाट नेपालको प्रतिनिधित्व प्रमुख विश्व तथा क्षेत्रीय मञ्चमा नेपालको बलियो उपस्थिति जनाउनु आफैँमा चुनौतिपूर्ण रहेको बताए । उनले नेपालले पाएका अन्तर्राष्ट्रिय जिम्मेवारी अतिकम विकसित मुलुकको ग्लोबल ब्युरोको अध्यक्षता, आर्थिक तथा सामाजिक परिषद्को सदस्य, संयुक्त राष्ट्र संघको आह्वानमा विश्व शान्ति स्थापनामा संलग्नता लगायतमा थप सक्षम, सुदृढ, व्यवसायीक र बलियो परराष्ट्र सेवाको आवश्यक रहेको उल्लेख गरे। उनले परराष्ट्र सेवालाई कानुनी रुपमा अझ संस्थागत गर्न, समय सान्दर्भिक बनाउन निरन्तर सुधार र आवश्य स्रोत साधनको थप प्रवद्र्धन मिलाउनुपर्ने आवश्यकता देखिएको बताए । उनले परराष्ट्र सेवाका जनशक्तिको गुणात्मक र कार्यात्मक क्षमतामा जोड दिनुपर्ने देखिएको बताए। उनले संगठन संरचनालाई चुस्त र प्रभावकारी बनाउनुका साथै राइट साइजिङ नीति अङ्गिकार गरिने जानकारी दिए। उनले प्रविधिको प्रयोग तथा पारदर्शिता र जवाफदेहीको सम्मिश्रण गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रयास गरिने उल्लेख गरे । उनले सरकार तथा मुलुकमा समग्र राजनीतिक नेतृत्व परराष्ट्र सम्बन्धका आधारभूत विषयमा सहमति कायम...

Read More

मधेश प्रदेश : १० महिनामा करिब १९ प्रतिशत खर्च

काठमाडौँ – मधेश प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा १८ दशमलव आठ प्रतिशतमात्र खर्च भएको छ । मधेश प्रदेश लेखा नियन्त्रणको कार्यालय जनकपुरधामले मधेश प्रदेश सरकारको कूल बजेट रु ४४ अर्ब ११ करोड ४० लाख ३२ हजारमध्ये उक्त अवधिमा १८ दशमलव आठ प्रतिशतमात्र खर्च भएको जनाएको हो । उक्त अवधिमा चालु खर्च तर्फ २४ दशमलव ६४ प्रतिशत अर्थात रु चार अर्ब ४६ करोड ७४ लाख ६८ हजार तथा पुँजीगत तर्फ १४ दशमलव ४४ प्रतिशत अर्थात रु तीन अर्ब ६९ करोड २१ लाख ८० हजार बजेट खर्च भएको कार्यालयका लेखा अधिकृत मनोज झाले जानकारी दिए । मधेश प्रदेशको वर्तमान सरकारमा...

Read More