Author: Himalaya Post

अब बिहान ७ देखि राति १० बजेसम्म सेवा: एक्सप्रेस–टीको बालकुमारी सर्भिस सेन्टर १५ घण्टा सञ्चालनमा

काठमाडौं – ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै कम्पनीले बालकुमारीस्थित आफ्नो डेडिकेटेड सर्भिस सेन्टरको सञ्चालन समय उल्लेखनीय रूपमा विस्तार गरेको छ। अब उक्त सर्भिस सेन्टर बिहान ७ बजेदेखि राति १० बजेसम्म, अर्थात् दैनिक १५ घण्टा खुला रहनेछ। यसअघि बिहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म मात्र सञ्चालन हुने सर्भिस सेन्टरको समय बढाइएपछि काठमाडौं उपत्यकाका अधिकांश ट्याक्सी चालकले आफ्नो व्यस्त कार्यतालिकाबीच सहज रूपमा सर्भिसिङ तथा मर्मत सेवा लिन सक्ने कम्पनीले जनाएको छ। विस्तारित समयले सवारी सञ्चालनमा न्यून अवरोध ल्याउँदै छिटो, सहज र भरपर्दो सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ। कम्पनीका अनुसार बालकुमारीपछि गोंगबु र भक्तपुरस्थित डेडिकेटेड सर्भिस सेन्टरहरूमा समेत यही समय तालिका चाँडै...

Read More

अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा

म्याग्दी – अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेको आज ७६ वर्ष पूरा भएको हो । यो हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । आठ हजार मिटरभन्दा अग्लो यस हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो । नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई...

Read More

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक यही जेठ २१ गते बिहीबार बस्ने भएको छ । समितिका सचिव दिनेश थापामगरले विज्ञप्ति जारी गर्दै बिहीबारका लागि बैठक आह्वान गरिएको जानकारी दिएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्नेछ । बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको छ । बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ...

Read More

प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुक नै अप्ठेरोमा पर्न सक्ने ; नेकपा एमाले सांसद गुरु बराल

काठमाडौं – नेकपा (एमाले) का सांसद गुरु बरालले आफुहरु प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतिक्षामा रहेको बताएका छन्। मंगलबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद बरालले सीमासम्बन्धी बिषयमा प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुक नै अप्ठेरोमा पर्न सक्ने भएकाले प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतिक्षामा रहेको बताएका हुन्। सीमाका बिषयमा गलत सूचना दिएर देशलाई भ्रमित पार्ने र देशको अस्मितामाथि नै प्रश्न उठ्ने अवस्था आउन दिन नहुने उनको भनाइ छ । त्यस्तै सांसद बरालले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा रहेका बेला जबरजस्त सदन चलाउने सभामुखको कदम उचित नभएको उल्लेख गरेका छन् । उनले सदन सञ्चालनका लागि जिम्मेवार बन्न सभामुखलाई सुझाव समेत दिएका छन् । बिपक्षीलाई पेलेर जवरजस्ती सदन चलाउन...

Read More

भारतलाई रिझाउने हिसाबले प्रधानमन्त्रीले अभिव्यक्ति दिएको हुनसक्ने शंका; श्रम संस्कृति पार्टीअध्यक्ष हर्क साम्पाङ

काठमाडौं -श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले आफ्नो भनाइलाई सच्याउँदै माफी माग्नुपर्ने बताएका छन् । मंगलबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष साम्पाङले सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्ति सरासर गलत रहेको भन्दै आफ्नो भनाइलाई सच्याउँदै माफी माग्नुपर्ने बताएका छन् । उनले राष्ट्रियता भन्दा ठूलो बिषय बजेट नभएकाले पहिले सीमाका बिषयमा सरकारले स्पष्ट पारेमात्रै सदन अघि बढ्न सक्ने बताएका छन् । उनले सीमा बिषयमा आएका बिषयमा प्रधानमन्त्रीले नै स्पष्ट पार्नुपर्ने उल्लेख व्यक्त गरेका छन् । साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्ति सीमामा भारतीय सुरक्षाकर्मीको हस्तक्षेप देखिएकाले गम्भीर हुन सरकारलाई सुझाव दिएका छन्...

Read More