Author: Himalaya Post

सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

काठमाडौँ – भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटवार्ता भएको छ । उनीहरूबीच भएको छलफल भारत–नेपाल विकास साझेदारी तथा जनस्तरका सम्बन्धहरूमा केन्द्रित रहेको र यी सम्बन्धहरूले विकास र समृद्धिलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ । नयाँ दिल्लीमा आज रास्वपाका सभापति लामिछाने तथा उनको प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लागेको भारतका विदेशमन्त्री जयशङ्करले सामाजिक सञ्जालमार्र्फत उल्लेख गरेका छन् । सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भाजपाको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गरेको हो । सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी निकिता पौडेल, रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य...

Read More

सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ता : राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल

काठमाडौँ -राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनबीच राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिका र सम्भावनाबारे छलफल भएको छ । भाजपा मुख्यालयमा आज उनीहरुबीच भएको भेटवार्तामा विशेषगरी लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणमा युवा पुस्ताले खेल्न सक्ने भूमिकामाथि विचार आदानप्रदान भएको भाजपाले जनाएको छ । भारत भ्रमणमा रहेका सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी भाजपा मुख्यालयमा भाजपा राष्ट्रिय अध्यक्ष नवीनलगायत वरिष्ठ नेताहरूसँग भेटवार्ता गरेका छन् । भेटघाटका क्रममा रास्वपा प्रतिनिधिमण्डललाई स्वागत गर्दै भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले साझा सभ्यताको सम्पदा, सांस्कृतिक बन्धन र बलियो जनस्तरको...

Read More

सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिमा प्रधानमन्त्रीबाटै जवाफ आउछ : कविन्द्र बुर्लाकोटी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले सीमाका बिषयमा दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीबाटै यसको जवाफ आउने बताएको छ । मंगलबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री बुर्लाकोटीले बिपक्षी दलहरुले राखेका बिषयमा प्रधानमन्त्री बालेन्द्र शाहले यथोचित समयमा यसको जवाफ दिने बताएका हुन् । बिपक्षी दलसंगको छलफलमा पनि आफुले यसबारे जानकारी गराएको तर सदनको विरोध नहटाउने जवाफ बिपक्षीबाट आएपछि एक साताका लागि सदन स्थगित भएको उनले बताए । उनले यसबीचमा राजनीतिक छलफल र सम्वाद हुने भन्दै जेठ २५ गते बस्ने बैठकमा अवरोध हट्ने दावी गरे । महामन्त्री बुर्लाकोटीले दसगजा क्षेत्रमा दुवै तर्फबाट भूउपयोग भएको देखिएकाले सीमा विवादलाई कूटनीतिक तवरबाट...

Read More

एन.आई .सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

काठमाडौं- एन .आई .सी एशिया बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवालज्यू नियुक्त भएका छन् । मिति २०८३/२/१८ गते सम्पन्न २८औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै सञ्चालक समितिले उनलाई आगामी चार वर्षको लागि अध्यक्ष पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष अशोक कुमार अग्रवालले सोही दिन नेपाल राष्ट्र बैंकका गर्भनर श्री प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ लिएका छन्। अध्यक्ष  अशोक कुमार अग्रवालले नेपालको बैंक तथा वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुको साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्याएका छन् । उच्च नेतृत्वदायी...

Read More

नेपाल बैंक लिमिटेड र मेधर्म क्लिनिक्स् प्रा.लि. बिच सम्झौता

काठमाडौं – नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई काठमाण्डौं दरवारमार्गमा रहेको मेधर्म क्लिनिक्स् प्रा.लि. मा उपचार गर्दा लाग्ने शुल्कमा नेपाल बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई मेधर्म क्लिनिक्स्द्वारा तोकिएको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको १५% छुट हुने व्यवस्था गरिएको छ । सम्झौता पत्रमा नेपाल बैक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख  निर्मल सुवेदी र मेधर्म क्लिनिक्स् प्रा.लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. अनुप सुवेदीले हस्ताक्षर गरेका छन् । यसबाट नेपाल बैंक...

Read More