‘चिकित्सा जनशक्ति उत्पादनमा स्वास्थ्य विज्ञान संस्थानको योगदान सराहनीय’
काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्माले मुलुकको स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले पुर्याउँदै आएको योगदान सराहनीय रहेको बताएका छन् । संस्थानको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले मुलुकको स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति तयार गर्न सहयोग पुर्याउने उद्देश्यका साथ संस्थानको स्थापना गरिएको उल्लेख गरे । प्रधानसेनापति शर्माले संस्थानले विद्यमान कानुनको परिधिभित्र रहेर दक्ष एवम् उत्कृष्ट व्यावसायिक चिकित्सक र चिकित्सा क्षेत्रसँग सम्बन्धित जनशक्ति उत्पादन गर्दै आएको बताए। उनले चिकित्सा शिक्षा र जनशक्तिको राष्ट्रिय आवश्यकता पूरा गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले आफ्नो गरिमा र गुणस्तर कायम राख्नुपर्ने बताए । संस्थानले पछिल्लो युगमा विकास भएका प्रविधिसँगै गुणस्तर...
Read More


























