Author: Himalaya Post

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई ढकालको आग्रह

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायु वित्तीय व्यवस्थापन र दिगो विकासका पहलहरूमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने स्पष्ट गरेका छन् । काठमाडौँको चन्द्रागिरिमा बुधबारदेखि सुरु भएको ‘हिमाल, मानिस र जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विशेषज्ञ संवादलाई नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले प्रतिकूलता न्यूनीकरण, जोखिम न्यूनीकरण र दिगो अर्थतन्त्रका लागि जलवायु वित्तीय व्यवस्थापन महत्वपूर्ण रहेकामा जोड दिए । उनले नेपालको जलवायुमैत्री लगानीमा नेपालले गरेका पहलहरूका बारेमा प्रस्तुत गर्दै नेपालको प्राकृतिक सम्पदालाई दिगो विकासका लागि उपयोग गर्न नेपाल सरकार तथा निजी क्षेत्र प्रतिबद्ध रहेको बताए । विशेष गरी ग्लोबल आइएमई बैङ्क र ग्लोबल क्लाइमेट पार्टनरशिप फन्ड बीचको २५ मिलियन अमेरिकी डलर सम्झौताले कार्बन उत्सर्जन र ऊर्जा माग घटाउने उद्देश्य राखेका परियोजनालाई वित्तीय सहायता प्रदान गर्ने अध्यक्ष ढकालले जानकारी दिए । यसबाट नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता परियोजनालाई बलियो बनाउनुका साथै लघु, साना तथा मझौला उद्योगलाई लाभ पुर्‍याइ नेपालको जलवायु प्रतिरोध क्षमता बढाउने उनले स्पष्ट पारे। अध्यक्ष ढकालले निजी क्षेत्रले नेपालमा जलवायु मैत्री लगानी विस्तार गरेको तथा जलविद्युत, सौर्य ऊर्जा, कृषि, पर्यटन, तथा अन्य क्षेत्रमा उल्लेख्य मात्रामा लगानी गरेको जानकारी पनि सो अवसरमा दिए । उनले भने– “जलविद्युतमा निजी लगानीले एक हजार ७४४ मेगावाट विद्युत् उत्पादन गरेका छन् । विशेष गरी ग्रामीण क्षेत्रमा सौर्य ऊर्जा परियोजनाहरू बढ्दै गइरहेका छन् र यसले गैर–नवीकरणीय स्रोतहरूप्रति निर्भरता घटाउँदैछ ।” विद्युतीय सवारी साधनमा कम भन्सार शुल्क जस्ता सरकारी नीतिहरूले नवीकरणीय ऊर्जातर्फको परिवर्तनलाई थप समर्थन गरिरहेको र विद्युतीय सवारी प्रवर्धनमा निजी...

Read More

कार्यदलको बैठक निष्कर्षविहीन, काँग्रेसको अडान कायमै

काठमाडौँ – सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्षविहीन भएको छ । सिंहदरबारमा बिहीबार बसेको कार्यदल बैठकमा कांग्रेसले रवि लामिछानेको नाम राख्नुपर्ने अडान राखेको छ भने सत्तारुढ दलले भने सहकारीको नाम राखेर छानविन गर्न सक्ने जवाफ दिएको छ । बैठकपछि कार्यदल सदस्य तथा कांग्रेस सहमहामन्त्री जीवन परियारले समिति गठनमा गृहमन्त्रीको नाम राख्नुपर्नेमा कांग्रेसको अडान कायमै रहेको बताबताए । उनले अहिले नै बैठकमा कुनै सहमति नभएको जिकिर गरे । यता एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने बैठक सहमति नजिक पुगेको दाबी गरे । सहकारीको छानबिनका लागि बन्ने संसदीय समितिमा गृहमन्त्री रवि लामिछानेको नाम नराख्न कांग्रेस लचक भएको र यस बिषयमा पार्टीमा छलफल गर्ने जवाफ दिएको उनले बताए । बर्तौलाले गृहमन्त्री मन्त्रीको नाम भन्दा सहकारीको नाम राख्ने विषयमा सहमति जुटाउने प्रयास भइरहेको उल्लेख गरे । त्यस्तै रास्वपा सांसद शिशिर खनालले बैठक सकारात्मक भन्दै सहकारी पीडितको बचत फिर्ताको सुनिश्चितता गराउन र सम्पूर्ण सहकारीमा देखिएको समस्या समाधान गराउन एकमत रहेको धारणा राखे । सहकारी प्रकरणमा संसदीय छानविन गठनका लागि कार्यदेश टुंग्याउन कार्यदल गठन गरिएको थियो । कार्यदलको बैठक पटक पटक बसेपनि सहमति भने हुन सकेको छैन भने कांग्रेसले सदनका साथै सडक संघर्ष गर्ने निर्णय नै गरिसकेको छ...

Read More

सहकारी प्रकरणमा गृहमन्त्रीले घुमाउरो रुपमा स्वीकार गरिसक्नुभो : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माले सहकारी प्रकरणमा गृहमन्त्रीले घुमाउरो स्वीकारोक्ती प्रकट गरेको बताएका छन् । बिहीबार काठमाडौंमा नेविसंघ झापा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा शर्माले संसदमा अरुमाथि आरोप लगाएर गृहमन्त्रीले आफूमाथि लागेको आरोपको पनि घुमाउरो तरिकाले स्वीकारोक्ती प्रकट गरेको बताएका छन् । कांग्रेसको सांसद, सभापति, दाजु भाउजु लगाएतमाथि नामै लेखेर छानविन गर्न उनले चुनौती दिए । शर्माले जो माथि छानविन भएर दोषी देखिन्छ उही नै जेल जाने भएकाले अरुलाई मुछ्न नहुने धारणा राखे । रवि लामिछानेलाई कांग्रेसले दोषी नभनेको स्पष्ट पार्दै उनले छानविन समितिले निकाल्ने निष्कर्षलाई भने स्वीकार गर्न सक्नुपर्ने बताए । उनले संसदीय छानविन समिति गठनमा सत्तापक्षले सवैलाई एकमुष्ट छानविन गर्नुपर्छ भन्दा सहमति हुन नसकेको जानकारी दिए । उनले विदेशीलाई सूचना बेच्ने गृहमन्त्रीको अभिव्यक्तलाई संसदको रेकर्डबाट हटाउनुपर्ने बताए...

Read More

गणतन्त्रमा गल्ती गर्ने कसैलाई पनि छुट हुँदैन भन्ने भाष्य स्थापित भयो : सञ्चारमन्त्री शर्मा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गणतन्त्रमा गल्ती गर्ने कसैलाई पनि छुट नहुने जबरजस्त भाष्य स्थापित गर्न सफल भएको बताएकी छन् । गणतन्त्र दिवस–२०८१ का उपलक्ष्यमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा बिहीबार काठमाडौंमा आयोजित तस्बिर प्रदर्शनीको उद्घाटन गर्दै शर्माले निकै मेहनत गरेर प्राप्त गरेको गणतन्त्रलाइ सुदृढ बनाउदै सुशासन कायमका साथै गल्ति गर्ने कसैलाई पनि छुट नहुने जवरजस्त भाष्य स्थापीत गर्न सफल भएको बताइन् । अहिले संविधान र कानूनभन्दा माथि कोही हुदैन भन्ने पुष्टि हुदै गएको उनले बताइन् । मन्त्री शर्माले मुलुक बिकासको बाटोमा तीव्र रुपमा अघि बढेको र जलविधुतको क्षेत्रमा विक्रि गर्ने अवस्थासम्म आइपुग्नु सामान्य कुरा नभएको धारणा राखिन् । उनले तीनै तहको सरकारको पहलका कारण देशभर सडक संरचनाको निर्माण विस्तार भएको बताइन् । यद्धपी मुलुकमा देखिएको राजनीतिक अस्थीरताका कारण सोचेजस्तो विकास कार्यलाई अघि बढाउन नसकिएको उनको भनाइ छ । राससले गणतन्त्र दिवसका सन्दर्भमा ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकमा उक्त तस्बिर प्रदर्शनी आयोजना गरेको हो । सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९० तस्बिर प्रदर्शनीमा समेटिएका छन्...

Read More

गण्डकी प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने

गण्डकी – गण्डकी प्रदेशसभाको शुक्रबार बस्ने बैठकमा नेपाली कांग्रेस सहभागी नहुने भएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलले प्रदेशसभाको उक्त बैठकमा सहभागी नहुने जनाएको छ । कांग्रेस संसदीय दल, गण्डकी प्रदेशले आज विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने क्रममा असंवैधानिक तवरबाट बहुुमत प्राप्त गरेको घोषणा प्रक्रियाविरुद्ध कांग्रेस संसदीय दलले सर्वोच्च अदातलमा दायर गरेको रिटको अन्तिम सुनुवाइ नहुँदासम्म गण्डकी प्रदेशसभाको बैठक एवं प्रदेश सरकारका काममा पार्टीको सहभागिता नहुने जनाएको छ । “अदालतको आदेशको अवहेलना हुने गरी कामचलाउ प्रदेश सरकारले यही जेठ ११ गते दिउँसो ३ बजे प्रदेशसभा बैठक आह्वान गरी आगामी बजेटका सन्दर्भमा पूर्व छलफल...

Read More