सरकारले सामान्य माग समेत सम्धोन नगर्दा संसद अवरोध भयो : कृष्ण सिटौला
काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले सामान्य कुरालाई लिएर संसद अवरोध हुन पुगेको बताएका छन् । गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिटौलाले गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउनुपर्ने सामान्य मागका कारण संसद अवरोध हुन पुगेको बताएका हुन् । उनले विगतमा पनि विभिन्न प्रकरणमा मुछिएका मन्त्रिहरुमाथि छानविनका लागि संसदमा आवाज उठ्ने गरेकाले यसलाई सामान्य रुपमा लिनुपर्ने धारणा राखे । त्यस्तै उनले कैलाश सिरोहियाको पक्राउ गर्ने तरिका कानुनको कपटपूर्ण प्रयोग भएको टिप्पणी गरे । उनले सहकारी ठगीको विषयमा तर्साउनका लागि सिरोहियालाई पक्राउ गरिएको दाबी गरे...
Read More



























